ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
समाचार प्रभाव

दाङमा इन्धन दुरुपयोग गर्ने पत्रकारको नामावली सार्वजनिक, केन्द्रीय अध्यक्ष समेत मुछिए

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल, २७ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले इन्धन लैजाने पत्रकारहरुको नामावली सार्वजनिक गरेको छ । इन्धनको दुरुपयोग भएको समाचार न्युज बुटवल टुडेले प्रकाशित गरेपछि उपमहानगरको चौतर्फी आलोचना भएको थियो ।

इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको र उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित पत्रकारलाई इन्धन दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पाइएको थियो ।

महालेखा परीक्षण प्रतिवेदनले कार्यक्षेत्र भन्दा बाहिरका पत्रकारहरुलाई समेत इन्धन बाँडेको कुरा अनियमितता भएको भनी सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । पत्रकारहरुले लिएको इन्धनलाई ‘पत्रकार महासंघ तर्फ’ भनेर महालेखा परीक्षण प्रतिवेदनमा लेखिएपछि सोही शीर्षकमा इन्धन लिएका पत्रकारहरु छानबिन गरी नेपाल पत्रकार महासंघ दाङले नामावली नै सार्वजनिक गरेको छ ।

जसमा पत्रकार वसन्त पौडेलले ६० लिटर,  जितसागत जीएमले स्वतन्त्र पत्रकार महासंघको कार्यक्रमका लािग भनेर ८० लिटर लिएका छन् । त्यस्तै तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेका प्रेस संयोजक ओपेन्द्र बस्नेतले एक पटक ५० लिटर, एक पटक ३० लिटर र एक पटक ४६ लिटर इन्धन लिएका छन् । त्यस्तै प्रेस सेन्टरले ५० लिटर, प्रेस चौतारी दाङले १ सय लिटर, प्रेस चौतारी लुम्बिनी प्रदेशले १ सय लिटर, अबिरल राष्ट्रिय पोष्टले ६० लिटर इन्धन लिएको खुलेको हो ।

बुटवल टुडेमा समाचार प्रकाशित भएपछि त्यसको प्रभाव स्वरुप महासंघले इन्धन लिने पत्रकारहरुबो पहिचान गरेको हो । यो आर्थिक बर्ष २०७७÷०७८ को हो ।

त्यस्तै आर्थिक बर्ष २०७८÷०७९ मा पत्रकार नारायण खड्काले प्रेस युनियनको नाममा १ सय लिटर इन्धन लिएको खुलेको छ ।

त्यस्तै राकेश बस्नेतले तीन पटक १०÷१० लिटर गरी ३० लिटर पेट्रोल लिएको खुलेको छ ।  त्यस्तै गिद्ध संरक्षण अभियानका अभियन्ता डिल्लीबहादुर रावतले पनि पटक–पटक गरी ३० लिटर लिएका छन् । त्यस्तै पत्रकार वसन्त पौडेलले भैलो खेल्न भन्दै थप ४० लिटर, ओपेन्द्र बस्नेतले २५ लिटर, शरद रेग्मीले ३० लिटर, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले २५ लिटर लिएको खुलेको छ ।

त्यस्तै पत्रकार यज्ञ बहादुर बुढाले पटक–पटक गरी ४० लिटर, दिपक बोहरा, गणेश आचार्यले १०÷१० लिटर, निराजन डाँगीले २७ लिटर, महेन्द्र महराले १५ लिटर, श्यामलाल राणाले २० लिटर लिएको खुलेको छ । त्यस्तै सुमन केसीले पटक–पटक गरी २० लिटर, प्रेमबहादुर राम्जाले १० लिटर लिएको खुलेको छ ।दिपक बोहोरा  अहिले लुम्बिनी प्रदेशका अर्थमन्त्रीका प्रेस सल्लाहकार समते हुन् । उनीसंग सवारी साधन छैन् । तर उनले पनि इन्धन लगेको उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?