ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

प्रदेश मन्त्री गुप्ताको चेतावनी : कोषको सम्पर्क कार्यालय काठमाडौँ नलैजाऊ

निर्णय फिर्ता नभए कोष घेराउ र चरणवद्ध आन्दोलनको चेतावनी
२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले नवनियुक्त उपाध्यक्ष लामाको स्वार्थमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न खोजिनु गलत भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।
शनिबार लुम्बिनीमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री गुप्ताले उक्त निर्णय फिर्ता नभए स्थानीय बासिन्दा कोषको कार्यालय घेराउदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
विगतमा काठमाडौंमा रहेको सम्पर्क कार्यालय बन्द गरेको स्मरण गर्दै अहिले फेरि स्थापना गर्न खोज्नुमा जालझेलको आशंका गरे ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलको पालामा काठमाडौंमा रहेको कोषको सम्पर्क कार्यालय हटाइएको थियो ।
मन्त्री गुप्ताले विभागीय मन्त्रालयबाटै सम्पर्क कार्यालयको काम हुन सक्ने भन्दै छुट्टै कार्यालय आवश्यक नभएको बताए ।
मन्त्री गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने माग समेत गरेका छन् । लामा विवादित व्यक्ति भएकाले नियुक्ति रद्द हुनुपर्ने र लामालाई सिफारिस गर्ने विभागीय मन्त्रीले माफी माग्नुपर्ने मन्त्री गुप्ताले बताए ।
लुम्बिनी जस्तो पवित्र थलोमा थुप्रै आपराधिक र गैरकानुनी गतिविधिमा मुछिएका व्यक्तिलाई नियुक्त गरिनु सरकारको ठूलो गल्ती भएको टिप्पणी गरे ।
लुम्बिनी क्षेत्रबाटै प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री गुप्ताले उक्त प्रस्तावको स्थानिय स्तरमा समेत तिव्र विरोध भएको छ ।
कोषका नवनियुक्त उपाध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले समेत सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्न प्रकृया अघि बढाउने निर्णयमा हस्ताषर गरेका छन् ।
लुम्बिनी होटल संघ, लुम्बिनी बचाउ संघर्ष समिति, लुम्बिनी विकास मञ्चले पनि लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय पुनः काठमाडौमा स्थापना गर्ने कार्य गलत हुने भन्दै त्यसविरुद्ध स्थानीय आन्दोलित हुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?