ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सल्यानमा घट्यो धान रोप्ने खेत

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

सल्यान, १५ असार ।  असार १५ सम्म आइपुग्दा यस वर्ष सल्यानमा करिव ४५ प्रतिशत मात्रै धान रोपाई भएको छ । गत वर्ष भने यो समयसम्म ५५ प्रतिशत बढी क्षेत्रमा धान रोपाई सकिएको थियो । कृषि विकास कार्यालय सल्यानका अनुसार ढिलो गरी वर्षा सुरु भएका कारण धान रोपाई कम भएको हो । निमित्त कार्यालय प्रमुख रेशम कुमार वस्नेतका अनुसार सल्यानमा धान खेती हुने क्षेत्र मध्ये हाल सम्म करिव ४५ प्रतिशत क्षेत्रमा मात्रै किसानले धान रोपेका छन् । जिल्लाभर सात हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९।८० मा सात हजार ६६ हेक्टर क्षेत्रफलमा खेती भएको थियो ।
यस पटक धानखेती हुने क्षेत्र बढ्ने सम्भावना नरहेको कृषि विकास कार्यालयले जनाएको छ । आकाशे पानीको भरमा खेती हहुने गरेकाले समयमा झरी नहुनु, धान खेतमा किसानले तरकारी खेती गर्नु र कतीपय जमिन घर घडेरीमा परिणत हुनु जस्ता कारणले गर्दा पनि धान खेती हुने क्षेत्र बढ्ने सम्भावना नरहेको निमित्त कार्यालय प्रमुख वस्नेतले जानकारि दिए ।
जिल्लामा शारदा नदिको तिरमा विशेष गरी धान खेती हुने गरेको छ । शारदा नदिको क्षेत्र बागचौर नगरपालिका, शारदा नगरपालिका, सिद्ध कुमाख, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकामा धान खेती हुने गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिका, दार्मा र कुमाख गाउँपालिकामा पनि धान खेती हुनेगर्छ भने तुलनात्मक रुपमा कपुरकोट गाउँपालिकामा कम खेती हुनेगरेको कार्यालयले जनाएको छ ।
जिल्लामा केही पालिकामा चैते धान खेती पनि हुने गरेको छ । कालिमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान खेती गरेको र कतिपयले चैते धान भित्राइसकेको तथा कतीपय किसान भित्राउने तयारिमा जुटेको वस्नेतले जानकारि दिए । कुमाखमा यस वर्ष परिक्षणको रुपमा चैते धान खेती गरिएको हो ।
बर्खे धानको खेती मात्रै गर्दै आएका कृषकहरुलाई चैते धानको खेतीमा आकर्षित गर्दै उत्पादन बढाउने उद्देश्यका साथ कुमाख गाउँपालिकाको रागेचौरस्थित मर्मखोला किनारमा रहेका खेतमा चैते धानको परीक्षण खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९।०८० मा सल्यानमा ३० हजार ५ सय ६३ मेट्रिक टन धान उत्पादन भएको थियो । तर अघिल्लो वर्ष भने धान भित्राउने समयमा बेमौसमी पानी पर्दा पाकेको धान कुहिँदा उत्पादन घटेको थियो । विगत झै यस वर्ष पनि किसानले रासायनिक मल अभाव झेलिरहेका छन् ।
यसैविच सल्यानमा धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ । शुक्रबार जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने नाराको साथमा श्रीनगर स्थित धानखेतमा रोपाई महोत्सव आयोजना गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कृषि विकास कार्यालयसंगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, शारदा नगरपालिका तथा शिवजन माध्यमिक विद्यालय श्रीनगरको संयुक्त सहकार्यमा धान दिवस मनाउन लागिएको हो । कृषि विकास कार्यालयका निमित्त प्रमुख वस्नेतका अनुसार शिवजन माध्यमिक विद्यालयको खेतमा प्रविधिको प्रयोग गर्दै परिक्षणको रुपमा मेसिनबाट धान रोप्ने तयारी गरिएको छ । धान रोपाइको लागि खेतमा जानु अघि र्याली सहित श्रीनगर बजार परिक्रमा गर्ने कार्यक्रम छ । जिल्लाका स्थानीय तहले पनि आआफ्नो पालिकामा धान दिवस मनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?