ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तानसेन खानेपानी उपभोक्ता समिति खारेज

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

पाल्पा, १३ असार ।

तानसेनका उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । बुधबार पूर्णमाया महर्जनको अध्यक्षतामा तानसेन नगरपालिकामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरीकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो ।

भेलाले तानसेन नगरपालिकाको प्रत्यक्ष संलग्नता र निगरानीमा नगर कार्यपालिकाको बैठकबाट अर्को निर्वाचन नभएसम्मको लागि तदर्थ समिति गठन गरी सञ्चालन गराउन तानसेन नगरपालिकालाई अख्तियारी प्रदान गर्ने बताएको छ । उसले तदर्थ समितिले बढीमा ६ महिनाभित्र, तानसेन नगरपालिकाले मिति २०८०÷०१÷२८ मा दिइएको ३ महलिय, १८ बुँदे विधान संशोधन सम्बन्धी लिखित सुझावका साथै अन्य आवश्यक सुझावहरु समावेश गरी विधानलाई नियमनकारी निकायबाट प्रमाणिकरण गराई संशोधित विधान बमोजिम निर्वाचन सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने अधिकार दिने समेत निर्णय गरेको छ ।

साविक उपभोक्ता समितिले सञ्चालन गरेको बैंक खाताहरु कार्यपालिकाले निर्माण गर्ने तदर्थ समितिको मातहतमा नआएसम्म रोक्का गर्ने, नगरपालिका र सम्बन्धित बैंकलाई अनुरोध गर्ने पनि भेलाले निर्णय गरेको छ । निर्वाचनको माध्ययमबाट नयाँ उपभोक्ता समितिले कार्यभार ग्रहण नगर्दासम्म तानसेन खानेपानीको सञ्चालन रेखदेख, नियन्त्रण, कर्मचारी व्यवस्थापन लगायतका सम्पूर्ण कार्यहरु तानसेन नगरपालिकाको प्रत्यक्ष निगरानीमा गठित तदर्थ समितिबाट गर्ने गराउने गरी अख्तियारी दिने समेत भेलाले निर्णय गरेको छ ।

नगर प्रमुख सन्तोष लाल श्रेष्ठले नगर सरकार नियमन गर्ने निकाय भएको भन्दै उपभोक्ताहरुबाट आएको सुुझावलाई आत्मसाथ गर्ने बताए । उनले भने ‘खानेपानी खुवाउने दायित्व नगर सरकारको हो, तर यसको प्रक्रिया हुन्छ, सोही प्रक्रिया अनुुसार नगर सरकारले काम गर्ने छ ।’ नगरपालिकाले एउटा समिति बाउने र त्यसबाट स्पष्ट धारणा बनाउने समेत उनले बताए । उनले समिति बनाएर नगरवासीलाई सहज र शुुलभ रुपमा पानी खुुवाउने प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?