ट्रेंडिंग:

>> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य
१३३ वर्ष पुरानो भेरी अस्पताल

पूर्वाधार थपियो,जनशक्ति थपिएन

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

बाँके, जेठ ।
१ सय ३३ वर्ष पुरानो नेपालगन्जस्थित भेरी अस्पतालमा भौतिक पूर्वाधार थपिए पनि जनशक्तिको अभाव भने टार्न सकिएको छैन । पश्चिम नेपालको प्रमुख ‘रेफरल’ अस्पतालका रुपमा रहेको भेरीको स्थापना बिक्रम सम्वत १९४७ मा भएको थियो ।
पूर्वाधार थपिनेक्रममा बुधवारदेखि अत्याधुनिक सुविधा सम्पन्न आपत्तकालिन कक्ष सञ्चालनमा आएको अस्पताल प्रमुख डा बद्री चापागाईले जानकारी दिएका छन् । उनका अनुसार, १५ शैयाको आपत्तकालिन कक्ष रहेकोमा अब फराकिलो बिरामीको अवस्था अनुसार रातो, पहेलो र हरियो चिन्ह देखिने कक्ष सहितको आपत्तकालिनकक्ष सन्चालनमा आएको छ । संघीय आयोजना कार्यान्वयन इकाई मार्फत रु ३३ करोड लागतमा नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार थपिदै गएपनि अस्पतालले भने जनशक्ति अभाव झेलिरहेको छ । पर्याप्त मात्रामा जनशक्ति नहुँदा सेवा प्रभावकारी नभएको मात्र नभई भएकै जनशक्तिलाई समेत अधिक काम गर्नुपर्ने अवस्था रहेको तीन वर्षे कार्यकाल सकेर बुधवार बिदाई भएका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
‘अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय पूर्वाधार निर्माणकोकाम राम्रै भएको छ । तर सोही अनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यक मैले महसुस गरे ।’–निर्वतमान अस्पताल विकास समितिका अध्यक्ष धितालले भने । अस्पतालमाा बिरामीको चाप बढेको बढेयै छ । गत आर्थिक वर्षमा मात्र ९५ हजारले ओपिडी सेवा लिएका थिए ।
आवश्यक जनशक्तिको सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा जनशक्तिको माग गरिएकोअस्पताल विकास समितिका निर्वतमान सदस्य धनिराम ओली बताउँछन् । तर त्यो स्वीकृत हुन सकेको छैन । १ हजार ३ सय ७६ चिकित्सक कर्मचारी आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा पठाइएको तर स्वीकृत नभएको बताउँदै ओलीले भने,–‘यदि प्रतिबेदन अनुसारको दरबन्दी कायम हुने हो भने पक्कै पनि सेवा अझ प्रभावकारी हुन्छ ।’
भेरीमा लुम्बिनी प्रदेशको सावित भेरी र राप्ती अन्चल, कर्णाली एवं सुदुरपश्चिम प्रदेशका बिरामीहरु एपचारका लागि आउने गरेका छन् । सेवाले सामाजिक सुरक्षा लक्षित गरेर बनाएका छुट सुविधाका कार्यक्रम समेत लागु गरेकाकारण अस्पतालमा बिरामीको चाप बढेको हो । बिरामीको चाप बढे अनुसारको जनशक्ति नथप्दा सेवा प्रभावकारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?