ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मुआव्जा हात पार्न भूमाफियासँग जनप्रतिनिधिको मिलेमतो : नक्कली नाता र नामसारी सिफारिश

४ बैशाख २०८०, सोमबार
४ बैशाख २०८०, सोमबार

बुटवल, ४ बैशाख ।  जग्गाको मुआव्जा हात पार्न जनप्रतिनिधिले भू–माफियासँग मिलेर नक्कली नाता प्रमाणित र जग्गा नामसारीको सिफारिश गरेको पाइएको छ ।

सम्बन्धित वडा कार्यालयबाट दिइएको मृत्यु दर्तामा दुई वटा मिति र स्वार्थसहितका नाम उल्लेख छन् ।

२०६९/२/१४ को मृत्यु दर्तामा मृतक जेठु भरको मृत्यु दर्ता प्रमाणपत्रमा ससुराको नाम नलेखी बनाइएको छ भने २०७७/१२/३ मा ससुराको नाम ईश्वर भर बनाइएको छ । पीडित परिवार यो विषयमा अख्तियारमा पुगे पनि अख्तियारका कर्मचारीले यो मिलेर जाने विषय भएको भन्दै फोन गरेपछि थप शंका लागेको पीडित परिवारका सदस्य राजु भरले बताए ।

रुपन्देही ठुटिपिपलका टुफेल खानले वारेसनामा बनाएर आफ्नो खातामा विमानस्थलबाट करिब डेढ करोड रकम लिइसकेको आफूहरुलाई सूचना आएको राजुले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलले अधिग्रहण गरेको ४ कट्ठा ४ धुर जग्गा नामसारीका लागि नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी समेत मिलेर किर्ते नाता प्रमाणित र जग्गा नामसारी सिफारिश गरिदिएका हुन् ।

जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न जनप्रतिनिधि भूमाफियासँग मिलेको पाइएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्रअन्तर्गतको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य खुलेको हो ।

जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भरिन र कान्छी फुलादेवी भरिन) रहेकोमा दुवैजनाको मृत्यु भइसकेको र उनीहरुबाट कुनै सन्तान नभएको मौका छोपी उक्त जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारीसमेत गरिएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कि ७० वर्षीया तीर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजु नाता कायम गराई नामसारी गरेको पाइएको हो । हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका वडा नम्बर १७ मा बस्दै आएका छन् ।

तिर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको भन्दै वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआब्जाबापतको करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताए । ‘यसमा ७ जनाको संलग्नता छ ।

७ जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपैयाँको कपाली तमसुकसमेत गराएका छन्,’ उनले भने, ‘तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।’ तिर्थी भरिनको परिवार ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

साविक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुनबमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानुपर्नेमा करिब ४ करोड रुपैयाँ हात पर्न यस्तो खेल खेलिएको उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपियाँ मुआव्जा निर्धारण गरेको थियो । उक्त मूल्य अनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआब्जा रकम ३ करोड ७८ लाख रुपियाँ हुन आउँछ ।

नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको तिर्थी भरिनका नाती गौतम भरले बताए । यस्तो किर्ते काम गर्नेहरुमाथि छानबिन गरी कारबाही गर्न उनले माग गरे ।

वडाअध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ । कार्यबाहक वडाअध्यक्ष साहनीको अवैध सिफारिसको आधारमा मालपोत कार्यालय रुपन्देहीले तिर्थी भरिनको नाममा जग्गा नामसारी गरेको पाइएको छ ।

तिर्थी भरिनका छोरा राजुले ती सातैजनाका विरुद्ध छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । तर, कार्यबाहक वडाअध्यक्ष सहानीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन् । ‘सार्वजनिक सुनुवाई गरी प्रमाण पु¥याएर पाँचजनाले देवर भाउजुको रुपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ,’ उनले भनिन् ।

तर, पाल्हीनन्दन गाउँपालिकाका वडा नं. ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादवले भने किर्ते काम नगरेको दावी गरे । ‘नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेर मात्र गरिएको हो, छानविन गरेर गलत भएको भए कावाही भोग्न तयार छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?