ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

परिणाम देखिने गरी काम गर्न मुख्यमन्त्री गिरीको निर्देशन

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

दाङ, १४ चैत ।

लुम्बिनी प्रदेशको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम जारी रहेको छ । सोमबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मंगलबार पनि मन्त्रालयगत समीक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री लिला गिरीले परिणाम देखिने गरी कार्य सम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरुको प्रयोगबाट प्रदेशको समृद्धिको मार्ग कोर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले प्रकृति नबिग्रने गरी स्रोत साधनको प्रयोग गर्नतर्फ लाग्नुपर्ने बताए । ‘प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरु हाम्रा सम्पत्ती हुन् । स्रोत साधनको प्रयोग नगर्दा त्यतिकै खेर गइरहेका छन् । यस्तो अवस्थामा सरकारले प्रकृति नबिग्रने गरी स्रोतसाधनको प्रयोग गर्ने नीति बनाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘धेरै प्राकृतिक स्रोतसाधनमा हाम्रो ध्यान पुगेको छैन । ढोरपाटन आरक्षको अधिकांश क्षेत्र हाम्रो प्रदेशमा पर्छ । हाम्रो ध्यान नपुग्दा गण्डकी प्रदेशले एक्लै त्यसको प्रयोग गरिरहेको छ । नदीजन्य, वनजन्य, खानीजन्य स्रोत परिचालनका लागि आवश्यक ऐन निर्माण गरेर अगाडि बढ्नुपर्दछ ।’

प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष सम्बोधन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हामीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्दछ । कृषिका लागि मल उद्योग सञ्चालन गर्ने योजना अगाडि बढाउनुपर्दछ । त्यस्तै कागज उद्योग, कृषिमा आधारित उद्योगहरु सञ्चालन गर्ने योजना बजेटमा समावेश गर्नुपर्दछ । यसले कच्चा पदार्थको खपत र रोजगारी सिर्जना गर्दछ ।’

चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमका बारेमा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । दोस्रो दिन वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रगति विवरण प्रस्तुत गरेका छन् ।

समीक्षा कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले मन्त्रालयको प्रगति विवरण पेश गरेका छन् । चालु आर्थिक वर्षमा २ अर्ब २१ करोड ७ लाख बजेट विनियोजन गरिएको भन्दै सचिव घिमिरेले फागुन मसान्तसम्म ६७ करोड ४९ लाख ९६ हजार रुपैया मात्र खर्च भएको जानकारी दिए । उनका अनुसार वन तथा वातावरण मन्त्रालयको वित्तिय प्रगति ३३.३९ प्रतिशत मात्र रहेको छ ।

समीक्षा कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयले हालसम्म २९.८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको जानकारी दिए । उनका अनुसार १० करोड ७३ लाख ८४ हजार रुपैया बजेट विनियोजन गरेको मन्त्रालयले ३ करोड २० लाख १८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

त्यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामहरि ज्ञवालीले प्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार मन्त्रालयले हालसम्म २४.६९ प्रतिशत वित्तिय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा ६८ करोड १८ लाख ७९ हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव ज्ञवालीले १६ करोड ८४ लाख ११ हजार रुपैयाँ खर्च भएको बताए ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २०.५१ प्रतिशत मात्र वित्तिय प्रगति गरेको सचिव यामनारायण देवकोटाले जानकारी दिए । चालु आर्थिक वर्षमा २ अर्ब ४७ करोड ९५ लाख ७ रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव देवकोटाले हालसम्म ५० करोड ८७ लाख ३७ हजार रुपैया मात्र खर्च भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?