ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
नमस्ते एकेडेमीमा सिर्जनात्मक महोत्सव

बालबालिकाले देखाए थरिथरि प्रतिभा

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

बुटवल, ४ पुस ।

रुपन्देहीको तिलोत्तमा–७ स्थित नमस्ते एकेडेमीमा एकदिने क्रियटिभ फेस्टिभल सम्पन्न भएको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विद्यालय प्रांगणमा भएको फेस्टिभलमा विद्यार्थीहरुले थरिथरिका प्रतिभा प्रदर्शन गरेका छन् ।

‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ अवधारणालाई आत्मसात गरी पाँच वर्षदेखि सञ्चालित नमस्ते एकेडेमीमा विद्यार्थीमा अन्तरनिहित सिर्जनशील प्रतिभाहरु प्रष्फुटनका लागि क्रियटिभ फेस्टिभल आयोजना गरिएको हो । नमस्ते एकेडेमी केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त द ब्रिटिस कलेजसंगको सहकार्यमा सञ्चालित हुँदै आएको छ ।

विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकको प्रत्यक्ष संयोजनमा सञ्चालित फेस्टिभलको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री रानाले सरकारले गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि निजी विद्यालयबाट सरकारले सिक्नुपर्ने बताए । नमस्ते एकेडेमीले विद्यार्थीकेन्द्रित र व्यावहारिक तथा जीवनउपयोगी शिक्षालाई प्राथमिकता दिएकोमा सराहना गर्दै मन्त्री रानाले अब परम्परागत ढर्राको पढाईले बदलिंदो युगमा प्रतिस्पर्धा गर्न नसकिने बताए ।

ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्र कंडेल, नमस्ते एकेडेमीका निर्देशक डिल्लिनारायण पाण्डेय, प्राचार्य जिग्मे शेर्पाले एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उनीहरुकै रुचि र क्षमता अनुसार सहभागी गराउँंदै आएको बताए । कक्षा १२ की छात्रा दिपिका न्यौपानेले यो कार्यक्रम विद्यार्थीको नेतृत्वमा भएको बताइन् ।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका चार सय बढी विद्यार्थीले गायन, नृत्य, नाटक , आर्ट, क्राफ्ट ,पेन्टिङ्, कम्प्युटर गेम, खेलकुद प्रतियोगिता, फुड मेलाको प्रदर्शनी गरेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यार्थीकै अग्रसरतामा यस्तो फेस्टिभल पहिलोपटक आयोजना भएको र यसले विद्यार्थीलाई थप सिर्जनशील र खुशी बनाएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताए । विद्यार्थीको थरिथरिका प्रतिभा र क्षमता देखेर आफूहरु निकै खुशी भएको बुटवलका एक अभिभावक कृष्ण रिमालले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?