ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
निर्वाचन विशेष

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

दाङ, १ मंसिर ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको चुनावी सभा सम्मेलन अन्तिम चारणमा पुगेको छ । गत असोज २३ गते उम्मेदवारी दर्ता गरेदेखि जनताको नजिक पुगेका उम्मेदवारको प्रतिक्षाको घडी समाप्त हुँदै छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं १ बाट गठवन्धनका तर्फबाट शहरी बिकास मन्त्री मेटमणी चौधरी र नेकपा एमालेका तर्फबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरु दुबैजना २०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सभाषद भएका थिए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली काँग्रेस विपीबाट अशोक खड्का, नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी (सत्गौवा) प्रतिष्पर्धामा छन् । चौधरी २०७४ को निर्वाचनमा नेकपा एमालेको समानुपातिक सभाषद भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट शोभाराम बुढा र स्वतन्त्रबाट चन्द्रमणि न्यौपाने चुनावी मैदानमा छन् ।

निर्वाचन क्षेत्र नं १ को (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट गंगाराम भट्टराई, नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारु बीचमा कडा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्का, (उनी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काका छोरा हुन् ) नेकपा एमालेबाट कुलबहादुर खत्री क्षेत्री बीच कडा प्रतिष्पर्धा रहेको छ ।

दाङ क्षेत्र नं. १ मा देउखुरीका राप्ती, गढवा राजपुर गाँउपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिकाको १,२,३ र ५ नम्वर वडा पर्दछन् । दाङ निर्वाचन क्षेत्र न १ को (१) मा ७० हजार २६७ र (२) मा ६४ हजार ४६६ जना मतदाता रहेको कार्यालयले जानाएको छ । दाङमा क्षेत्र नम्बर १ को (१) मा २४ वटा मतदान स्थल र ७८ वटा मतदान केन्द्र कायम गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को (२) मा २७ मतदान स्थल, ७४ मतदान केन्द्र रहेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत मानवहादुर विस्टले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट पार्टीका महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । आफ्ना अपुरा भएका कामलाई संघीय सरकार मार्फत पुरा गराउने र दंगाली जानताको चाहना अनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । २०७४ को निर्वाचनमा दाङ २ (१) बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।

संघीय सरकारको सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मालाई प्रतिपष्र्धीको रुपमा छन् । दाङकी छोरी भएकाले यस क्षेत्रमा विकास गर्ने लक्ष्य लिएर मैदानमा आएको शर्माको भनाई छ । २०६४ र २०७४ को निर्वाचनमा समानुपातिक सभासद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् ।

नेपाली कांग्रेस वीपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मंगोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी छन् । यसैगरी यमलाल जिसी, भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी पनि चुनावी प्रतिष्पर्धामा छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि नेकपा एमालेबाट बलिभद्र राना र नेपाली कांग्रेसबाट राजु खनाल बीचमा प्रतिष्पर्धा रहेको छ । यसैगरी निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि नेकपा एमालेका गिरिराज केसी, नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ ।

क्षेत्र न २ को (१) मा ६३ हजार ३२२ मतदाता छन् भने (२) मा ७० हजार ४२६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नम्बर २ को (१) मा २५ मतदान स्थल र ६८ मतदान केन्द्र, क्षेत्र नम्बर २ को (२) मा २३ मतदान स्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङ क्षेत्र न २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १६, १७, १८ र १९ वडा र वंगलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् ।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । वंगलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी बीचमा प्रतिष्पर्धा रहेको छ । कोमल वली २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् । दीपक गिरी पूर्व सिँचाइ मन्त्री छन् । दुवैजना आ–आफ्नो पक्षमा मतदाता रहेको दाबी गर्छन् ।

यस्तै प्रदेशसभातर्फ ३ (१)मा नेकपा एमालेका तर्फबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा रहेको छ । यसैगरी निर्वाचन क्षेत्र नं. ३ (२)मा नेकपा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीको बीचमा कडा प्रतिष्पर्धा रहेको छ । त्यसैगरी क्षेत्र नम्बर ३ को १ मा २१ मतदान स्थल, ७४ मतदान केन्द्र, क्षेत्र नम्बर ३ को २ मा ३३ मतदान स्थल र ९३ वटा मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालय दाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ४ लाख १९ हजार ९ सय २४ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार १५३ मतदान स्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?