ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

होटलमा अस्वस्थकर खाना खुलेयाम बिक्री

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

भगवती जात्रा अवलोकनका लागि रामपुरदेखि तानसेन आएका विनोद रानाले तानसेनको एक होटलमा खाना खाए । खाना खाएको केही समयमै उनलाई नराम्रोसँग पेट काट्यो त्यस बापत उनले झण्डै दुई सय रूपैयाँको औषधी खानु परेको बताए । स्वास्थ्य उपचारका क्रममा पत्ता लाग्यो खानामै गड्बडी भएको । राना त एक प्रतिनिधि पात्र मात्र हुन् । तानसेनका अधिकांस होटलहरूमा बासी खाना, तरकारी र मासु जस्ता खाद्य वस्तु विक्रि हुनु, भने नयाँ र नौलो विषय होइन । विनोद जस्ता दैनिक सयौं व्यक्ति यसरी अस्वस्थ खानामा ठगिएका छन् ।
नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु कार्यालय, खाद्य तथा गुण प्रविधि कार्यालय सम्मिलित प्रतिनिधि, उपभोक्ता मञ्च सहितको टोलीले होटल तथा रेष्टुरेण्टको अनुगमन गर्नुपर्ने भएपनि त्यसो हुन नसक्दा होटल व्यवसायीले आमउपभोक्ताको स्वास्थ्य माथी खेलवाड गरेका हुन् ।
तानसेनमा बिक्रीका लागि राखिएका खाद्य पदार्थ एक दिनमा बिक्री नभए बाँकी रहेका खाद्यवस्तु फ्रिजमा राख्ने र अर्को दिन विक्रि गर्ने चलन रहेको छ । तर पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा फ्रिजमा राखिएका वस्तु सड्ने अवस्थामा पुग्दछन् । सडेका वस्तु होटल व्यवसायीले फ्याँक्नुको सट्टामा यसरी अर्को दिन ग्राहकलाई विक्रि गर्ने गर्दछन् । यसरी विक्रि गर्ने होटल तता रेष्टुरेन्टहरू स–साना मात्र होइनन् ? ठूला लगानीमा सञ्चालित र राजनैतिक, प्रशासनिक, उच्च पदस्त व्यक्तिले खाजा, खाना, र बास बस्ने होटल तथा रेष्टुरेन्टमा समेत बासी खाने कुरा बिक्री हुँदै आएको छ । यसअघि सञ्चार माध्यमहरूमा बजार अनुगमन नहुँदा उपभोक्ता मर्कामा शिर्षकका समाचार आएपछि केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमन कर्मकाण्डी रूपमा पसलहरूको मात्रा अनुगमन गरिएको थियो । नियमित रूपमा अनुगमन नभएका कारण होटल तथा रेष्टुरेन्टहरूमा मात्र नभई मासु पसलहरूमा समेत व्यवसायीहरूले उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गरिरहेको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ । स्थानीय जनताको गुनासो र दबाबका कारण बजार अनुगमन गर्ने त्यो पनि प्रमुख पर्वहरू नजिकिएको अवस्थामा मात्र पसलहरू अनुगमन हुने गर्दछन् । तर बजार क्षेत्रमा होटल रेष्टुरेन्टको अनुगमन भने विगत ४ वर्ष यता नभएको एक होटल व्यवसायीले स्विकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?