ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

संरक्षणमा बेहाल:महाभारतकालीन ताल

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

बर्षाैंदेखि ओझेलमा रहेको जिल्लाको ऐतिहासिक नन्दन तालमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण समितिले संरक्षणका लागि चासो देखाएको छ । पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका क्षेत्रमा फैलिएको करिब ४५ विघा क्षेत्रफलको उतm ताल संरक्षण अभावमा अतिक्रमित हँुदै खेतमा परिणत हुँदै गइरहेको अवस्थामा अहिले उतm समितिले चासो देखाउँदै सोमबार तालको स्थलगत अवलोकन गरेको हो ।
समितिले गर्दै आएको सीमसार संरक्षण अन्तर्गत नै नन्दनतालको संरक्षणका लागि चासो लिएको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले बताए । जिसससँग समन्वय गरि समितिको तर्फबाट ४ जना विज्ञ टोलीले ताल भएकै स्थानमा गई स्थलगत अवलोकन गरेको रायले जनाए । उनका अनुसार विगत बर्षमा पनि तालबारे विभिन्न सरोकारवालाले संरक्षणको आवश्यकता दर्शाउँदै आएका थिए । महाभारत काल देखि नै तालको इतिहास रहेको मान्यता छ । तत्कालिन भगवान कृष्णको नारायणी सेनाले तालको निर्माण गरेको दन्त्यकथा छ । त्यसै गरि बुद्धकालमा पनि भगवान गौतम बुद्धका अग्रश्रावक समेत रहेका उनका भाई भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिने गरिन्छ ।
केही ब्यतिmले ताल अतिक्रमण गरि जग्गाधनी पूर्जा बनाउने प्रयास गरे पनि सो बारे मुद्दा परेपछि सर्बोच्च अदालतले तालको जग्गालाई पूर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण अहिले ताल जोगिएको छ ।
केही ब्यतिmले खेतीपाती गर्ने गरेका छन् । तर उनीहरूसंग पुर्जा छैन्, तालको अवलोकन गराउँदै पाल्हीनन्दन गाउँपालिका ६ का वडा अध्यक्ष किसन यादवले बताए । ताल संरक्षणका लागि गाउँपालिकाले पनि आफ्नो कार्यक्रममा राखेको छ, उनले चुरे समितिका पदाधिकारी र विज्ञहरूसंग कुरा गर्दै भने, सबैको सहयोग भयो भने पुनः तालको स्वरूपमा फर्काउन सकिन्छ ।
ताल संरक्षणमा खासै लागनी पनि गर्न नपर्ने जनाउँदै वडा अध्यक्ष यादवले भने–‘अहिले तालको जग्गा खाली गराउन सहमति गराई सकेका छौ । ताल खाली गरेनन भने उनीहरू मुद्दा पनि हाल्छौ ।’ अहिलेको नयाँ संहिता कानुन अनुसार प्राकृतिक सम्पदामा हानी नोक्सानी गर्नेलाई दश बर्ष कैद सजाय समेत रहेको छ । त्यसबारे स्थानियलाई पनि थाहा भई सकेको छ । अब जबरजस्ती ताल कब्जा गर्ने दुस्साहस गरे जेल जानु पर्ने अवस्था पनि आउन सक्छ । यसले गर्दा ताल अतिक्रमण खाली गराएर तालको संरक्षण गर्न सक्ने वातावरण सहज भएको यादवको भनाई थियो । तालबाट बग्ने कुलोको पानी बग्ने मुहान(आउटलेट) मा रेगुलेटर बनाएर पानी बाह्रै महिना रोक्न मिल्ने उनले जनाए । पानी बगीरहेको स्थान देखाउँदै वडा अध्यक्ष यादवले भने, यही बनाउनका लागि आर्थिक लगानी आवश्यक छ । चुरे समितिले सहयोग गरेमा एक बर्ष भित्रै ताल हेर्न लायक हुने छ । अहिले बर्षा मौसम छ, ताल जस्तै देखिएको छ,तर हिउँदमा तालको पानी बगेर ताल सुके पछि खेत जस्तो हुन्छ । त्यही भएर पनि तालको अतिक्रमण बढेको उनले बताए ।
तलको पानी बग्ने स्थानमा रेगुलेटर सहितको ड्याम(बाँध) बनाईदिए सहज तरिकाले पानी जम्मा हुने र तालका जलचर,चरा पंक्षीहरूको संरक्षण हुनुका साथै सिमसारको अवस्था बन्ने र त्यसले जमिनलाई पानी सोस्ने गरि (रिचार्ज) गरिरहने छ । संकटको बेला पनि यस ताललाई पानी आपूर्ति गर्न सक्ने पनि अवस्था यादवले विज्ञ टोलीलाई देखाए । नेपाल गण्डक पश्चिमी सिंचाई नहर प्रणालीसंग जोडिएको उतm तालमा पानी कम भए गण्डक नहरबाट पनि पानी भरेर सधै जल भरिभराउ राख्न सकिन्छ । तर यसका लागि प्रमुख कार्य तालबाट बग्ने पानीको मुहानलाई थुन्ने लगानी चाहियो । तालको संरक्षण अतिआवश्यक भइसकेको विज्ञ टोलीले जानकारी गराए । यो बर्षलाई ४० देखी ५० लाख रुपियाँ लगानी गर्ने जानकारी समेत गराएको थियो ।
तालको अवस्था देखेर हर्षित टोलीले ताल देखियो, अब यसका लागि बजेट समेत विनियोजन गरिएको छ । मंसिर देखी तालको सर्वेक्षण गर्ने, सिमाँकन र रेखाँकन गरेर तालको गुरुयोजना समेत बनाई दिइने र अति आवश्यक पुर्वाधार समेत निर्माण गरिने जानकारी गराएको जिसस प्रमुख रायले जानकारी दिए । यसले अब तालको संरक्षण हुनेमा हामी विश्वत भएका छौ, प्रमुख रायले भने, ताल संरक्षणमा सरकारको ध्यान पुगेको छ,अब स्थानिय जनता,जनप्रतिनिधि र स्थानिय तहले समेत हातेमालो गरेर अगाडी बढनु पर्ने आवश्यकता छ । सधै जस्तो समस्या देखाएर मात्र हुदैन, उनले थपे, अहिले अवसर आएको छ, यसको भरपुर उपयोग गरिनु पर्छ । ताल संरक्षणले प्राकृतिक सौन्दर्यता मात्रै नभई स्थानीय स्तरमा पर्यटकीय गन्तब्य बन्ने र स्थानियबासीलाई रोजगार समेत सृजना गर्ने रायले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?