ट्रेंडिंग:

>> सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार >> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

काठमाडौं 

नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ।

एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन्। ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ।

लुम्बिनी प्रदेशमा कार्यरत् रहेका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन्।

अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे अन्योल छ। शक्तिकेन्द्रसँग ‘तालमेल’ नमिलेका कारण दुईमध्ये को एआइजी हुने भन्नेमा ‘रस्साकस्सी’ चलिरहेको छ। प्रधानमन्त्रीको जोडमा भट्टराईलाई छ भने  गृहमन्त्री केसीलाई एआइजी बनाउन लागिपरेका छन्।

कुँवरले आफ्ना ब्याचमेट कडायतलाई भागबन्डामा एआइजी बनाउने रणनीतिअनुसार तम्तयार राखेका थिए।

यसअघि त्यही रणनीतिअनुसार किरण राणा, केदार ढकाल, भरतबहादुर बोहरा र दुर्गा सिंहलाई एआइजी बनाइसकेका छन्। राणा, ढकाल र बोहरा अवकाशमा गइसकेका छन्।

ढकाललाई बढुवा गर्दा वरियतामा अगाडि रहे पनि कडायतले आपत्ति जनाएका थिएनन्। यदि, ढकाल बढुवा भएका थिएनन् भने डिआइजीमै अवकाशमा जान्थे। एआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाने तथा बढुवा हुने शृंखला अहिले चलिरहेको छ।

आफू अगाडि नै रहे पनि महानिरीक्षक कुँवरले सबैलाई एआइजी बनाइदिने बचन दिएका कारण कडायतले ढकाललाई बढुवाबाट रोकेका थिएनन्।

कुँवर चैतमा अवकाशमा जान्छन्। उनीसँगै अहिले बढुवा हुने एआइजीहरू पनि अवकाशमा जान्छन्। सुदीप गिरी, दीपक थापा र टेकप्रसाद तामाङबाहेक सबै एआइजी अवकाशमा जाने भएका कारण कुँवरले आफ्ना ब्याचमेट अधिकृतहरू ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ रणनीति अख्तियार गरेका छन्।

कुँवरमाथि शक्तिकेन्द्र रिझाएर आलोपालो एआइजी पदको गरिमा नै घटाइदिएको आरोप लाग्ने गरेको छ। उनले पाँच दिन, एक महिनाका लागि भए पनि आफ्ना ब्याचमेटलाई एआइजी बनाएरै छाडेका छन्।

अहिले अवकाशमा गएकी बज्राचार्य सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा विवादमा आएकी थिइन्। सुनकान्डको अनुसन्धानमा ‘मोलाहिजा’ गरेको आरोपमा उनलाई कारबाही सिफारिस नै गरिएको थियो। तर, कुँवरले बज्राचार्यलाई जोगाएका थिए।

बज्राचार्य गत मंसिर १७ गते नै अवकाशमा जान लागेकी थिइन्। तर, उनको पद लम्बिनुमा कागजात मुख्य थियो। उनले कागजातमा उमेर देखाएर एक महिना बढी पद कायम गराएको आरोप छ।

स्मरण रहोस्, यिनै महानिरीक्षक कुँवर, यिनै गृहमन्त्री रमेश लेखकले पोषराज पोखरेल एआइजी बढुवा सिफारिस भए पनि उनलाई फुली लगाउन बञ्चित गराएका थिए।

बढुवा सिफारिस भएर पनि फुली नपाएपछि पोखरेल डिआइजीबाटै अवकाशमा गएका थिए।

पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भएका थिए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए। सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि  बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।

गृहमन्त्री लेखक, महानिरीक्षक कुँवरले त्यो सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल  अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।

२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाएका थिए।

लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।

त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना भएको थियो।

यी दुई वटा घटनापछि छोटो समयका लागि एआइजी बढुवाको ‘सिजन’ कुँवरको अवकाशउन्मुख समयमा क्रमिक रूपमा चलिरहेको छ।

अहिले अवकाशमा गएका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य, बोहरासहित भीम ढकाल, केदार ढकाल र भरत बहादुर बोहरालाई मंगलबार एकैपटक बिदाई गरिएको छ। केदार ढकाल मंसिर २२ र भीम ढकाल मंसिर २७ गते अवकाशमा गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%