© २०२३
काठमाडौँ ।
देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व पहिलोपटक महिलाको हातमा परेको छ।
शुक्रबार भएको मतदानको अन्तिम परिणाम आइतबार राति अबेर मात्र सार्वजनिक भएको हो।
अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मत पाएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत पाए।
शुक्रबार सम्पन्न मतदानमा देशभरका ९ हजारभन्दा बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका छन्।
२०१२ सालमा स्थापित पत्रकार संघको उत्तराधिकारी संस्था नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा नाम लेखाएकी शर्मा कास्कीको पोखरामा जन्मिएकी हुन्। उनले आईएडसम्मको अध्ययन पोखरामा गरेकी थिइन्।
०५२ सालमा ‘श्री सगरमाथा दैनिक’ बाट पत्रकारिता थालेकी शर्माले रेडियो नेपाल र रेडियो सगरमाथामा पनि काम गरिन्। रेडियो कान्तिपुर र उज्यालो एफएम नेटवर्कमा पनि कार्यक्रम चलाएको अनुभव उनीसँग छ।
पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘समकोण’की प्रस्तोता रहेकी उनले नेपाली पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको नेतृत्वसमेत गरिसकेकी छन्।
नेपाल पत्रकार महासंघमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएर एक कार्यकाल अनुभव सँगालिसकेकी उनी अघिल्लोपटक (२०७७ सालमा) पनि अध्यक्षकी प्रत्यासी थिइन्। त्यतिखेर उनी विपुल पोखरेलसँग पराजित भइन्।
यसपालिको निर्वाचनमा शर्मालाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साथ थियो। युनियन र चौतारीले संयुक्त प्यानल घोषणा गरेकामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा यसै प्यानलको वर्चस्व कायम भएको छ।
यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला) मा नितु पण्डित, उपाध्यक्ष (समावेशी) उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्।
शर्माका निकटतम प्रतिद्वन्द्वी विष्ट निवर्तमान उपाध्यक्ष हुन्। उनले युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका थिए। उनलाई प्रेस सेन्टरलगायत ६ वटा संगठनको साथ थियो।
कोषाध्यक्षमा भने विष्ट नेतृत्वको प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा ४ हजार २३० मत पाएर दीपक आचार्य निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत पाए।
उपाध्यक्ष (महिला) मा ४ हजार ७०५ मत पाएर नितु पण्डित निर्वाचित भइन्। उनकी निकटम प्रतिद्वन्द्वी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन्।
उपाध्यक्ष (समावेशी) मा उमिद बागचन्द ४ हजार २९२ मत पाएर विजयी भए। उनका निकटतम प्रतद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत पाए।
महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले ४ हजार ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत पाए।
खुला सचिवमा रमेश खतिवडा ३ हजार ४०० मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उत्तरसिंह विष्टका पक्षमा २ हजार ६७ मत परेको छ।
सचिव (महिला) मा सोनी शर्मा ४ हजार ३४७ मत पाएर विजयी भएकी छन्। प्रतिस्पर्धी सरिता बराइलीले २ हजार ८२३ मत पाइन्।
सचिव (आदिवासी जनजाति) मा सविन प्रियासन विजयी भएका छन्। उनले ३ हजार ५३५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी भिसन राईले २ हजार ४५७ मत पाए।
यस्तै सचिव (मधेसी अशोककुमार तिवारी ३ हजार ८५८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रीजन झाका पक्षमा २ हजार २४३ मत परेको छ।
सचिव (दलित) बाट प्रकाश धौलाकोटी निर्वाचित भएका छन्। उनले उनले ४ हजार ११० मत पाउँदा निकटतम प्रतिस्पर्धी वसन्त विकले १ हजार ८ सय ९२ मत पाए।
सचिव (एसोसिएट) मा वैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत पाएर जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विकास कार्कीले २ हजार ७३५ मत पाए।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। उनले ३ हजार ८४७ मत पाउँदा प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६४ मत पाए।
सदस्यहरूमा खुलातर्फ छविलाल तिवारी, भुपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना विजयी भएका छन्।
कोसी प्रदेशबाट कमल रिसाल र शंकर खरेल निर्वाचित भएका छन्। मधेसबाट राजु विश्वकर्मा र राजेशकुमार कर्ण विजयी भएका छन्। उपत्यकाबाहेक बाग्मती प्रदेशबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी सदस्य चुनिएका छन्।
गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना विजयी भएका छन् भने लुम्बिनीबाट रामराज पोख्रेल र विकास बन्जाडेले जितेका छन्।
कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट योगेन्द्रबहादुर बलायर र सुरेश पन्त केन्द्रीय सदस्य चुनिएका छन्।
उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, एसोसिएटबाट पवित्रा मुडभरी र मनुका कुँवर निर्वाचित भएका छन्।
प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली र सविता शर्मा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
मधेसी महिलाबाट रूबीकुमारी रौनियार, आदिवासी जनजाति महिलाबाट माला पालुङवा, खस आर्य महिलाबाट लीला शाह योगी, दलित महिला रीता बुढाथोकी (निर्विरोध) केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी