© २०२३
सुनवल, १५ मंसिर ।
पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको वुद्धकालिन पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुरको उत्खनन् सुरु भएको छ । रामग्राम नगरपालिकाको सहजिकरणमा पुरातत्व विभागको विज्ञ टोलीले शनिबारबाट उत्खनन् सुरु गरेको हो । वुद्धको मावली दाबी गरिएको उक्त स्थलमा ठुलो क्षेत्रमा जमिनमुनि संरचनाहरु फेला परेको छ ।
जियोफिजिक्स सर्भेका क्रममा ३२ विगाहा क्षेत्रमा जमिनमुनि ईटाका पर्खाल सहितका संरचना फैलिएको पाइएकाले यो वर्ष देखि उत्खनन् सुरु गरिएको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए । उक्त स्थलमा भेटिएका संरचनाको बेलायतमा गरिएको परीक्षणका क्रममा ईसापुर्व छैठाँै शाताब्दीका संरचना भएको पुष्टि भएकाले थप महत्व थप बढेर गएको ज्ञवालीले बताए ।
पुरातत्व विभागको विज्ञ टोलीले तीन हप्ता लगाएर दुई स्थानमा उत्खनन्को काम गर्ने जनाइएको छ । ६० विगाहा क्षेत्रफलमा फैलिएको पण्डितपुरमा चक्र आकारमा जमिनमुनि वौद्धकालिन शहरको संरचना रहेको छ ।
अहिले त्यहाँ स्थानीयले खेतिपाती गर्दै आएका छन्, उक्त स्थलको संरक्षणका लागि जग्गाअधिग्रहण गर्नुपर्नेमा पुरातत्व विभागले जोड दिएको छ । शनिवार आयोजित उत्खनन् शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री ध्रुवबहादुर प्रधानले लुम्बिनीको मात्रै विकास गरेर वुद्धस्थलको विकास हुन नसक्ने बताए ।
तिनै तहका सरकारबिचको समन्वयले काम गर्नुपर्नेमा उनको जोड छ । पुर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेतले प्रदेश सरकारले पण्डितपुरको संरक्षण र प्रवद्र्धनका लागि १५ लाख बजेट विनियोजन गरेको जानकारी गराउँदै नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए ।
मन्दिरमा बजेट विनियोजन गर्ने तर अन्य आवश्यक कामका लागि बजेट विनियोजन नगर्ने प्रवृत्ति देखिएको बताउँदै बस्नेतले भोटको लागि मात्र राजनीति नगर्न आग्रह गरे । प्रदेश सभा सदस्य वैजनाथ कलवारले रामग्राम र पण्डितपुरको विकासमा ढिलाई भएको उल्लेख गरे ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले ठाउँको महत्व बुझेर स्थानीयलाई पनि बुझाई संरक्षण गर्नुपर्ने बताए । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नगरपालिकाले रामग्राम स्तुप र पण्डितपुरको संरक्षण र प्रर्वद्धनका लागी सक्दो प्रयास गरिरहेको उल्लेख गरे ।
अहिले पनि ४० लाख बजेट विनियोजन गरेर काम गर्न खोजेपनि लुम्बिनी विकास कोष, पुरातत्व विभाग लगायत संघिय सरकार मातहतका कार्यालयका कारण सोचेअनुरुप काम गर्न नपाएको बताउदै प्रदेश तथा संघीय तहका जनप्रतिनिधिहरु पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले वुद्ध स्थलको विकासमा स्थानीयको साथ सहयोग आवश्यक भएको बताइन् । स्थानीय संरक्षण समितिकी शोभा चौधरीले समितिलाई प्रभावकारी बनाएर काम गर्नुपर्ने बतार्ईन् ।
पण्डितपुर कोलीय गणराज्यको राजधानी शहर मानिन्छ भने वुद्धको मावली भएको दाबी गरिदै आएको छ । उक्त स्थलमा स्थानीयको अपनत्व वृद्धि गर्दै संरक्षणमा टेवा पुर्याउन नगरपालिकाले गत वर्ष नै पण्डितपुर संरक्षण प्रवद्र्धन तथा विकास समिति गठन गरेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी