ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

पहाडी हावापानीमा लटरम्म किवी

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कार्तिक ।
सल्यानको छत्रेश्वरी–२ बुंरासे टाकुरीका किसान तेज बहादुर योगीले किवि खेतीबाट आर्थिक सफलता हासिल गरेका छन् । २०६५ सालदेखि १०० बोटबाट किवी खेती सुरु गरेका उनको मेहनतले नतिजा दिन थालेको छ । किवी विक्रिबाट उनले वार्षिक १५ देखि २० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । तेज बहादुर मात्रै नभई बुंरासे टाकुरीमा करिब ८०/९० घरधुरी किवि खेतीमा संलग्न छन् । जसले यो क्षेत्रमा किवि खेतीको सम्भावनालाई उजागर गरिदिएको छ ।

सल्यान, भू–आकृति, माटो, र जलवायुको हिसाबले किवि उत्पादनको लागि राम्रो सम्भावनायुक्त क्षेत्र हो । जसले गर्दा यहाँका किसानहरूले परिश्रम र सीपको सदुपयोग गरी राम्रो आर्थिक उपार्जन गर्दै आएका छन् । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको तेज बहादुरको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि बिस्तारै व्यवसायिक खेतीमा लागेको किसानहरू बताउँछन् ।

यहाँका धेरै किसानहरूको जीवनशैली नै किवि खेतीमा आधारित भएको छ । बिहान ३ बजेदेखि नै काम सुरु हुन्छ, तेज बहादुर भन्छन्, राती अबेरसम्म किवी खेतिका लागि मिहेनत गर्नुपर्छ । किवि खेतीको मेहनत भनेको केवल रोप्ने र फल्ने पर्खाई मात्र नभएर खेतीमा प्रतिदिनको ध्यान र मिहिनेतको आवश्यकता पर्ने किसानहरूको भनाई छ । गाउँमा समूह, सहकारी तथा फर्म मार्फत किसानहरूले व्यवसायिक किवी खेती गरिरहेका छन् ।

बुंरासे टाकुरीको भूगोल, माटोको गुणस्तर र अनुकूल जलवायु किवि उत्पादनको लागि अनुकूल रहेको छ ।
यसले गर्दा यहाँका किसानहरूले ठूलो परिमाणमा किवि उत्पादन गर्दै आएका छन् । यहाँ किसानहरूले लालिगुरास लघु उद्यम कृषक समूहमा आवद्ध भएर पनि किवि खेती गरिरहेका छन् । यसका माध्यमबाट किसानहरूले सामुहिक रूपमा वार्षिक करिब ३ करोड रूपैयाँको आम्दानी गर्दै आएका छन् । यो परिणाम स्थानीय अर्थतन्त्रको सशक्तीकरणको लागि समेत महत्वपूर्ण मानिएको छ ।

तेज बहादुर लगायत बुरासे टाकुरीका चित्र बहादुर केसी, हिरालाल योगी, डिल्ली बहादुर केसी, चुडामणी बस्नेत लगाएतका किसानले किवि उत्पादनको दायरा फराकिलो बनाउँदै लगेका छन् । सबैभन्दा पहिले विवि खेती सुरु गरेका तेज बहादुर भन्छन्, ‘मैले अहिले ३५ रोपनी जमिनमा किवी खेति गरिरहेको छु । एक हजार ५० बोट मेरो बगैचामा छन् । यो वर्षको हालसम्म मैले १४० क्विन्टल विक्रि गरिसकेको छु ।’ उनले शिवशक्ति बहुउद्देश्यीय कृषि नर्सरी फर्ममार्फत किवि खेति गरिरहेका छन् ।

व्यापारीहरू किवि खरिदका लागि बारीमै आउनेगरेको किसानहरू बताउँछन् । प्रतिकिलो सरदर १०० रूपैयाँ देखि १५० रूपैयाँ सम्ममा विबि विक्रि हुनेगरेको छ । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका धेरैजसो घरधुरीले किवी खेती सुरु गरेको अर्का किसान चुडामणी बस्नेत बताउँछन् । ‘थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि हामीहरू यतातर्फ अग्रसर भएका हौँ,’ उनले भने, ‘मैले पनि १२ रोपनीमा खेति गरिरहेको छु । गत वर्षमात्रै किविका नयाँ १०० बोट रोपेको छु ।’ आफ्नो बगैचामा जम्मा २०० बोट रहेको र १०० बोटले फल दिइरहेको भन्दै चुडामणीले वार्षिक ३० क्वीन्टल विक्रि गर्नेगरेको र यसबाट करिव ४ लाख रूपैयाँ आम्दानी हुनेगरेको जनाए ।

किवी खेतीलाई प्रवद्र्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार जिल्लाको छत्रेश्वरी २ र बागचौर नगरपालिकाको वडा नं ९ मा किवि पकेट क्षेत्र बनाएर काम भइरहेको छ । दुई क्षेत्रमा गरेर ५११ रोपनी जमिनमा किवि खेती भइरहेको भए पनि अहिले उत्पादनशिल क्षेत्र २९५ रोपनी रहेको उनको भनाई छ । कार्यालयले किवि खेती विस्तार तथा प्रवद्र्धनका लागि थ्याक्रा तथा किवि पोल बनाउन, बेर्ना लगाउन, सिंचाइको व्यवस्था गर्न गएका वर्षहरूमा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेता पनि यो वर्ष कुनै कार्यक्रम छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?