ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

कहिले बन्छ तीनमुखे पुल ?

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

रुरु क्षेत्र धाम रीडिमा तीन वटा जिल्ला आवतजावत गर्न मिल्ने गरी निर्माण थालिएको तीनमुखे पुल अलपत्र बनेको छ । २०७४ असार महिनामै पुल निर्माण कार्य पुरा भई सर्वसाधारणको लागी आवत जावत गर्न खुला गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता सकिएको १ बर्ष वितिसक्दा पनी पुल बन्ने नवन्ने अनिश्चित भएको छ । तीन मुखेपुलको अहिले सम्म मुख्य पिलरको केही भागमात्र निर्माण गरी अलपत्र अवस्थामा छाडिएको छ ।
हिन्दुहरूको चार धामको रूपमा परिचित रुरु क्षेत्र रुरु धाममा पाल्पा, गुल्मी र स्याङ्जा जिल्ला जोड्ने तीनमुखे पुल शिलन्यास भएको ४ बर्ष २ महिना पुरा हुदा सम्म पुल निर्माणको कामले गति लिन सकेको छैन । तत्कालीन मुख्य सचिव लिलामणी पौडेल र गुल्मी जिल्लाका पुर्व सांसद चन्द्र भण्डारीले शिलन्यास गरेको तिनमुखे पुलमा ४ बर्षको अवधीमा २० प्रतिशत मात्र काम भएको छ । कालीगण्डकी र रिडि खोलाको संगम स्थल रुरु क्षेत्रमा तिन जिल्ला जोड्ने नेपालकै नमुना झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । नयाँ बाटो, रुविना मना जेवी निर्माण कम्पनी तनहुँले २०७१ साल अषाढमा १० गते सम्झौता गरी २०७४ अषाढ ९ गते सम्पन्न गरी संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागसंग सम्झौता गरी काम शुरु गरेको हो । पुल निर्माणको लागी सस्पेन्सन बृज डिभिजनले १४ करोड ३६ लाख १२ हजार ५ सय २३ रूपैयाँको सूचना प्रकाशित गरेपनि प्रतिष्पर्धाको आधारमा निर्माण कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रूपैयाँमा कामको ठेक्का लिएको थियो ।
रुरु क्षेत्र धाममा आउने भक्तजन, तिर्थालुहरूले जुनसुकै समयमा पनि पुल बाट तिन वटै जिल्लाका विभिन्न धार्मिक तिर्थ स्थलहरूको अवलोकन गर्न सकुन र धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रको विकास गर्न सकियोस् भनी भन्ने मुख्य उद्देश्यले पुल निर्माण शुरु गरिएको हो । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन बृज डिभिजन कार्यक्रम अन्तर्गत तीनमुखे पुललाई नेपालमै नमुना पुलको रूपमा निर्माण शुरु गरिएको हो । पुल निर्माणको क्रममा पाल्पा, गुल्मी र स्याङ्जा तिन तिरबाट १७७.४ मिटर लम्वाईको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य मागमा तिनवटै पुललाई जोड्ने ४२ मिटर अग्लो पिलर खम्वा राखि पुल निर्माण गर्ने डिजाईन अनुसार काम शुरु भएको छ । पुल निर्माण नहँुदा स्थानीयबासीलाई बर्षातको समयमा समेत आवतजावत गर्न कठिनाई हँुदै आएको छ । पुलको शिलन्यास हँुदा खुसिको सिमा रहेन तर ४ बर्ष पुरा हुँदासम्म पुल निर्माणको ठोस प्रगति नहँुदा पुल नबन्ने होकि भन्ने चिन्ता बढेको स्थानीयबासी तानसेन नगरपालिका १४ का पर्शुराम भट्टराईले बताए । पुल निर्माणको विषयमा पटक पटक मन्त्रालय, विभाग पुगे, धेरै पटक ठेकेदारलाई फोन गरे, केहि दिन अघि मात्र पुल विभागका प्रमुख दिनेश शर्मा संग भेटेर काम सम्पन्न नहुने भए अर्काे निर्माण कम्पनी खोजेर भएपनी काम गर्न आग्रह गरेको स्थानीयवासी भट्टराईले बताए । पटक पटक ताकेता गरेका छौ, स्थानीय तह बाट दिनहँुजसो दवाव दिएका छौ मन्त्रालय तथा विभागका प्रमुखहरूलाई फोन बाट बारम्बार जोड दिएका छौं, ठेकेदार आउँछ स्थानीयवासी संग छलफल गरेको नाटक गर्छन अनी ६ महिना हराउने गरेको रुरु गाउँपालिका वडा नंं १ का वडा अध्यक्ष रामलाल वि.क.ले बताए ।
पटक पटक सार्वजनिक सुचना निकालेर, विभागमै बोलाएर निर्माण कम्पनीका जिम्मेवार व्यक्ति महेन्द्र अधिकारी लाई पुल निर्माणको लागी ताकेता गर्दै आएको पुल निर्माणका डिभिजन प्रमुख दिनेश शर्माले बताए । पटक पटक सार्वजनिक सूचना प्रकाशित गरी बैकलाई पत्र लेखेर निर्माण कम्पनीलाई कामको लागी ताकेता गर्दै आएको डिभिजन प्रमुख शर्माले बताए । तिनमुखे पुलको मुख्य काम पिलर बनाउने काम भएको छ जमिनबाट १६ मिटर तल धसाएर पिलर निर्माण भएको र अव बाहिर भाग निर्माणको काम बाँकी रहेको डिभिजन प्रमुख शर्माले बताए ।
सरकारीस्तर बाट शुरु भएका भौतिक पुर्वाधार निर्माणका ९८ प्रतिशत काम समय अवधीमा सकिएको छैन, अधिकांश निर्माण व्यबसायीहरूले विचैमा काम छाड्ने, योजना बर्षाै सम्म अलपत्र पार्ने, विभिन्न बहानामा रकम बढाउने, जस्ता विकृतीको अन्त्य गर्न बर्तमान सरकार तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय गंभिर भएर लाग्नु पर्ने देखिन्छ । काममा सक्रियता नदेखाउने कर्मचारी, ढिलासुस्ती गर्ने निर्माण व्यबसायीलाई कानुनी दायरामा ल्याई कारवाहीको व्यबस्था गर्नुपर्ने कडा कानुनको व्यबस्था जरुरी देखिएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?