© २०२३
नवलपुर, ११ कात्तिक ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीयता कार्यान्वयको क्रममा निर्माण भएको तीन तहको सरकारका ऐन, कानुन बाझिदा उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताएका छन् ।
नवलपुर जिल्लाका उद्योगी, व्यापारी र होटल तथा पर्यटन व्यवसायी लगायत सरोकारवालासंग सम्वन्धित व्यवसायीसँग छलफल तथा अन्तत्र्रिmया कार्यक्रममा मन्त्री बस्यालले उक्त कुरा बताएका हुन् ।
मन्त्री बस्यालले कोभिड र भुकम्पबाट चलायमान हुन नसकेको व्यवसायलाई चलायमान बनाउन र पर्यटन व्यवसायीको समस्या बुझ्न मन्त्रालयले जिल्ला जिल्लामा रहेका उद्योगी व्यापारीसँग छलफल गर्न लागिएको बताए ।
वर्तमान सरकार स्थायी सरकार भएकोले छलफलमा व्यवसायीले उठाएका समस्या समाधान गर्ने कुरामा विश्वस्त हुन उनले आग्रह गरेका छन् । प्रदेश सरकारले तीन तहको सरकार सँग बाझिएका ऐन कानुनलाई संशोधन गर्न पहल गर्ने मन्त्री बस्यालले बताए ।
उनले भोलिका दिनमा एकजना व्यवसायीले २÷३ स्थानमा व्यवसाय दर्ता तथा नविकरण र राजश्व बुझाउनु पर्ने समस्या ऐन, कानुन संशोधन मार्फत सहजिकरण गर्ने बताए ।
कार्यक्रम बोल्दै उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमान सिंह गुरुङले उद्योगी, व्यवसायीको समस्या बुझ्न मन्त्रालयले गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्रम आयोजना गरिदै जाने बताए ।
सचिव गुरुङले लोकाहा खोला औद्योगिक क्षेत्रको काम सुस्त गतिमा अघि बढेको स्विकार गर्दै मन्त्रालय हाल औद्योगिक क्षेत्र संचालन ऐन निर्माणको अवस्थामा रहेको र ऐन अन्तिम चरणमा पुगेको बताए ।