ट्रेंडिंग:

>> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने >> निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो । — वरिष्ठ उपाध्यक्ष लामा >> कटहरिया नगरपालिकामा पुनः तालाबन्दी >> आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने ! >> प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण >> नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार >> भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट छ- गृहमन्त्री लेखक

बस नपस्ने ‘परासी बसपार्क’

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

नवलपरासी, १० कार्तिक ।
जिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क एक बर्ष पहिला नै सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिकाले ल्याउन सकेको छैन । बसपार्क हस्तान्तरण नभएको हुँदा बसपार्क सञ्चालनमा नल्याईएको नगरपालिका बताउँछ ।

लामो समयदेखि सदरमुकाम परासीमा बसपार्क निर्माण हुनुपर्ने माग हुँदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको थियो । बसपार्कको हस्तानान्तरण नहुनुका साथै बसपार्कमा अहिले पनि पहुँच मार्ग निर्माण भई नसकेको अवस्था, सुरक्षार्थ प्रहरी विट लगायत अन्य पूर्वाधार निर्माण अपुग रहेकोले सञ्चालन गर्न नसकिएको नगरपालिकाले दाबी गर्दै आएको छ । भवन कार्यालयका प्राविधिकहरूसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भइसकेको जानकारी गराउँदै पुरै पूर्वाधार निर्माण नभएका कारण सञ्चालनमा समस्या भएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए ।

बसपार्कमा अझै पनि केही काम गर्न बाकी देखिएका छन्,उनले भने,ति पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउँदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रकृयाहरू पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाकी रहेको जानकारी गराए । बसपार्क निर्माण भई सकेको हुँदा जति सक्दो छिटो सञ्चालनमा ल्याउने नगरपालिकाले काम गरिरहेको छ । छिट्टै नै सञ्चालन होस भन्ने चाहना नगरपालिकाको रहेको छ । तर केही प्राािवधिक कठिनाईहरू पनि छन् । अन्य स्थानको बसपार्क सञ्चालनबारे प्रकृयाको अध्ययन गर्ने काम पनि भइरहेका छन् ।

रामग्राम नगरपालिका वडा नं.४ केरवानी स्थित झरहीखोला किनारमा ५ करोड भन्दा बढि रकम खर्चेर निर्माण भई सकेको बसपार्कको र केही निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराएका थिए । डेढ बर्ष पहिला नै बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको दाबी गरिएको थियो । एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने दाबी पूर्वाधार कार्यालयले गरेको थियो, तर पूर्वाधार नबनेको हुँदा बसपार्क सञ्चालनमा समस्या देखिन थालेको छ । बसपार्कमा बस राख्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउण्ड, उद्यान, प्रवेशद्वार, सुरक्षा गार्ड कक्ष लगायतका पूर्वाधार बनिसकेको छ । सबै पूर्वाधारहरूको रंगरोदन समेत भई सकेको अवस्था छ । शहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ ।

बसपार्क सञ्चालन गर्नका लागि अतिआवश्यक पूर्वाधारको निर्माण गरि डेढ बर्ष पहिला नै कार्यालयले हस्तानान्तरण पत्रमा हस्ताक्षर गरि कार्यालयले रामग्राम नगरपालिकालाई बुझाई सकेको कार्यालयबाट नवलपरासीको साइट हेर्ने सब इन्जिनियर विरेन्द्र मण्डलले जानकारी गराएका थिए । अन्य पूर्वाधार विस्तारै बनाउदै जाने प्रतिवद्धता समेत कार्यालयको थियो, उनले भने, तर नगरपालिकाले चाँसो लिएर बसपार्क सञ्चालन गर्न पथ्र्यो, तर पूर्ण पूर्वाधार नबनेको र हस्तान्तरण भएको भन्दै सञ्चालन प्रकृयाबाट नगरपालिका पन्छिन खोजेको समेत उनको भनाइ थियो । उनका अनुसार एउटा पूर्वाधार हस्तान्तरणको जिम्मेवारी नलिँदा नगरपालिकाको अर्को परियोजनालाई असर पार्न सक्छ, उनले भने, हस्तानान्तरण लिएको स्वीकार नगर्नु भन्दा ति आयोजना निरन्तरता भई रहेको बुझिन्छ, जस्ले गर्दा आर्को आयोजना थप्नलाई प्राविधिक कठिनाई हुन्छ, बसपार्क हस्तानान्तरण नलिई सञ्चालनमा नल्याउनु नगरपालिकाकै लागि पूर्वाधार आयोजना घाटा पनि हो । त्यसले गर्दा यस प्रति विचार पु¥याएर छिट्टो बसपार्क सञ्चालनमा ल्याउनु पर्छ ।

अब स्थानीय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्धमा लाग्नु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत पाँच बर्ष देखी काम भइरहेको थियो । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरू सडक छेउमै उभ्याउने गरिएको छ, । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । अहिले पनि सडकको एक लैन बस तथा यातायातका साधनले नै ओक्टेर बस्दा सो सडकमा आउजाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन् । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसकेको छ ।

स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्छ । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पुर्वाधार थपिएको छ । झण्डै पाँच करोड लगानीमा बनेको उक्त बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहदैन् । एक आर्कालाई दोषारोपण गर्दै बसपार्क सञ्चालनमा नल्याउने कुरा दुखद भएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । दुबै कार्यालय मिलेर कुरा टुगँयाउनु पर्छ, अन्य सरोकारवाला निकाय मिलेर बसपार्क छिट्टो सञ्चालन गर्नु पर्छ, उनले भने, बसपार्क निर्माण जनताको करबाट संकलिन राजस्व खर्चेर बनेको छ,त्यसको जनताका लागि सदुपयोगमा ल्याउनु सरोकारवाला कार्यालयहरूको साझा दायित्व पनि हो ।

परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौ, बुटवल जाने सवारीसाधनहरू छुट्टने गर्छ ।
बसपार्कबाटै अब ति रुटमा चल्ने सवारीसधानहरू छुट्ने हुदा बजारको चोक चोकमा जम्मा भई रहेका सवारीसाधन त्यहाँ रुक्न पाउदैथ्यो । बसपार्कबाट सवारीसाधन छुट्ने र अआफ्नो रुटमा जाने हुदा धेरै जसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुने थियो । बाहिरबाट आएका सवारी साधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या हट्ने थियो । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?