© २०२३
लुम्बिनी १४ अषार । ईन्डष्ट्रियल एण्ड कर्मशियल बैंक र बैंक आफ एशिया संग मर्ज भए पश्चात एन.आई.सि. बैंकको नामबाट बुद्धजन्म स्थल लुम्बिनीमा शाखा बिस्तार गरेको छ ।
बैंक पनि साथी पनि भन्ने मूल नाराका साथ सो बैंकले अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा बित्तीय सेवा निरन्तरताका लागि पहिलो पटक २२४औं शाखाको स्थापना गरेको हो ।
शान्तिद्वी प्रजवलन गरि बैंकलाई उदघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले बुद्धजन्म स्थल लुम्बिनी बिश्व सम्पदा सूचीमा सूचीकृत भए पनि वरिपरि मधेशी र मुश्लिम बाहुल्य जनता बढी कृषिमा निर्भर रहेको हुदा कृषिलाई आधुनिकता तिर उन्मुख गराउन सर्बसुलभ ढंगबाट बैंकले लगानी गर्नुपर्ने बताए ।
उनले लुम्बिनीबासी किसानहरु सँग सिचाई,कृषियन्त्र उन्नतबीउबिजन तथा मलखाद खरीद गर्न लगानी नहुदा कृषिउब्जनीबाट सन्तोषजनक फाईदा लिन नसक्दा त्यस तर्फलगानी गर्न चासो लिनुपर्ने सुझाव समेत दिए । सो अवसरमा बैंक प्रबन्धक बर्षा खनालले एकखर्ब ४३ अर्ब निक्षेप रहेको बैंकले सबैखाले अत्याधुनिक बैकिङ्ग सेवासुबिधा पुरयाउने लक्ष्य राखि शाखा खोलेको बताईन ।