ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस

२४ आश्विन २०८१, बिहीबार
२४ आश्विन २०८१, बिहीबार

आज विश्व दृष्टि दिवस । दृष्टि अर्थात आँखा मानव जीवनको सर्वाधिक महत्वपूर्ण अंग हो । मानव जीवनको संसार भनेकै दृष्टि नै हो । दृष्टि नै छैन भने सारा संसार अन्धकारमय हुन्छ । तसर्थ आँखाको सुरक्षा सवैभन्दा महत्वपूर्ण छ । दृष्टि गुमाउनेहरूलाई थाहा छ– दृष्टिको महत्व कति छ भन्ने । तसर्थ आँखाको सुरक्षा सर्वाधिक महŒवपूर्ण छ र यो चुनौतिको बिषय पनि हो । खासगरि कामको दौरानमा आफ्नो आँखाको सुरक्षा गर्नु महत्वपूर्ण छ । विश्वमा अहिले करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसंख्याको ९० प्रतिशत बढी जनसंख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् । विश्वभरि दृष्टिविहीन जनसंख्यामध्ये बालबालिकाको संख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ उपचार आजको विश्वका लागि ठूलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाउने गरिएको छ । दृष्टि दिवसकै अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । ती कार्यक्रमको प्रभावकारीतामा जोड दिनु जरुरी छ ।

आजै मानसिक स्वास्थ्य दिवस पनि हो । दृष्टि दिवस जस्तै मानसिक स्वास्थ्य दिवसको पनि मानव जीवनमा महत्वपूर्ण भूमिका छ । अहिले मानसिक स्वास्थ्य समस्याका कारण मानव जीवन आक्रान्त छ । तनाव, विभिन्न समस्या, पारिवारीक उल्झन लगायतका कारण मानसिक स्वास्थ्यमाथि चुनौति थपिएको छ । मानसिक स्वास्थ्यमा समस्या आउँदा मानिसमा बिचलन, आत्महत्याका घटना बढ्दै गएका छन । दृष्टि दिवस र मानसिक स्वास्थ्य दिवस मानव जीवनका लागि उत्तिकै महत्वपूर्ण छन् । त्यसो त नेपालमा पनि दृष्टिविहीन र मानसिकरूपमा स्वास्थ्य समस्या भएकाहरूको हकहितका लागि विभिन्न संघ संस्थाहरूले काम गर्दै आएका छन । यति हुँदापनि नेपाली गाउँघरमा आफ्नो दृष्टिको हेरविचार गर्न पर्याप्त जानकारीहरू दिन सकेको अवस्था छैन भने आँखाको उपचारका लागि तुलनात्मक रूपमा सर्वसुलभ अस्पतालहरू त्यति छैनन् । त्यसैगरी मानसिक रूपमा स्वास्थ्य समस्या भएकाहरूको लागि नेपालमा राम्रो अस्पतालको व्यवस्था छैन । अझैपनि मानसिक समस्या भएकाहरूलाई भारतको राँची लैजानुपर्छ भन्ने चलन कायमै छ । मोफसलका अस्पतालहरू विशेषज्ञता अनि प्रविधिगत हिसाबले कमजोर नै छन् । यिनको प्रभावकारितामा नै नेपाली दृष्टिको दिर्घायू लुकेको छ । अचाक्ली धुलो–धुवाँले गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौँ लगायतका सहरमा दैनिक हिँड्ने मानिसहरूले सबैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुवाँले आँखा मात्र नभई चर्म अनि श्वास प्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ । तसर्थ आँखाको सुरक्षामा ध्यान दिनु जरुरी छ । नेपाल आँखा उपचारमा दक्षिण एसियाकै नमूना देश हो । अवको दिनमा आँखाको सुरक्षा र हेरचाहमा ध्यान दिनु जरुरी छ । त्यसैगरि मानसिक स्वास्थ्य समस्या निराकरणमा पनि सरकारले उत्तिकै ध्यान दिनु जरुरी छ । नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा छ । तसर्थ दिवसकै अवसरमा मानसिक स्वास्थ्य समस्या नियन्त्रणमा ध्यान दिनु जरुरी छ । खासगरि सरकार, विभिन्न सामाजिक संघ संस्था, समाज र परिवारले यो समस्या निराकरणमा ध्यान दिन सकेको अवस्थामा समस्या न्यूनीकरणमा सहयोग पुग्छ । यसतर्फ सम्बद्ध सबैको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?