ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

तीजमा हराउँदै मौलिकता

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

तीज आउन दुई हप्ता बाँकी रहँदा यतिबेला बजार तथा गाउँमा तीज गीत गुन्जीन थालेका छन् । यातायातका साधन होउन वा सञ्चारमाध्यम तथा होटल लजहरूमा तीज गीत नबज्ने ठाउँ कहीँ छैन । तर ती गीतहरूमा मौलिकता भने देखिँदैन । मौलिकता हराएका गीतप्रति अघिल्लो पुस्ता भने चिन्तित देखिन्छ ।  गीतहरूमा भाका र मौलिकता नभएको लमही नगरपालिका–९ अमिलिया निवासी ५० वर्षीया देवीमाया थापा बताउँछिन् । गीतहरू त निक्कै बज्ने गरेका छन तर पनि पप झ्याउरे भाकामा आएका गीतमा तीजको लय भाका छैन । उनलाई पछिल्लो समयमा पर्व मनाउने तौरतरिकाले निक्कै चिन्तित बनाएको बताइन् ।
उनी मात्र होइन अग्रज महिलाहरू हराउँदै गएको संस्कृति प्रति निक्कै चिन्तित छन् । गीतका बोलहरू समय अनुसार परिवर्तन हुनु स्वभाविकै हो तर भाका लयहरू नै हराउनेगरी आउनु गलत भएको बताउँछिन् लमहीकी ४५ बर्षीया हिरा थापा । उनले गीत सुन्दा चाड पर्वको मौलिकता नै हराएको जस्तो लागेको बताइन् । एकातिर क्रिश्चियनहरूले हाम्रो संस्कृति समाप्त पारिरहेका छन् भने हिन्दु भित्रकै आयातित संस्कृतिको हावी भएको उनको भनाइ छ । यस्ता बिकृतीले नेपाली संस्कृतिमा असर पुग्ने उनले बताइन । हाम्रा नयाँ पुस्ताहरू पनि लहलहैमा लाग्ने प्रचलन बढेको उनको बुझाई छ ।
परम्परागत रूपमा महिलाहरूले आफू माथि एक वर्ष सम्म गरिएको शोषण, दमन, विभेद, पीडाहरूलाई तीज गीतका भाका मार्फत सुनाउने गर्ने गरिन्थ्यो । अर्कोतिर धार्मिक रूपमा पनि निक्कै महŒव मानिन्छ । पार्वतीले तीजको निराहार वर्त बसेर महादेव पति पाएको, धर्म र आफना गुनासोको सेरोफेरोमा रहेर गितहरू समेत गाउने गरेको थापाले वताइन । समाजमा महिलाहरू बीच अत्यन्तै सहानुभूति, मेलमिलाप थियो ।साँझ परेपछि चौतारा तथा ठूलो आँगनमा भेला हुने आफ्नै मौलिकताका गीत गाउने गरेको स्मरण गर्दै उनीहरू भन्छन्–‘अब त रेडियो, टिभिमा मात्र मायाजालका मात्र गीत बज्छन् ।
यो पनि कुनै तीज भाकामा होइन ¥याप र पपमा । यस्तै हो भने तीज गितका भाका र मौलिकता समाप्त हुने भन्ने चिन्ताले सताएको छ । उनीहरू जस्तै धेरै प्रौढ महिलाहरू पनि अत्यन्तै चिन्तित हुन थालेका छन् । उनीहरू भन्छन समय परिवर्तन भएको छ । अब पीडा, विभेद र अन्याएका गित गाउन त पर्दैन तर पनि समाजका भएका विकृति, विसंगती हटाउने, तथा समानताका गितहरूलाई पनि तिज भाकामा गाउन सकिन्छ । के माया जाललाई मात्र तिज भाकामा गाउनु गर्ने हुन्छ । अझ धर्मको नाममा पनि माहादेव र पार्वतीलाई जोडर माया पिरतीका गित मात्र बनाउनु पर्ने हँुदैन । साउनको पहिलो साता देखिनै टोल टोलमा गाइने तीज गितका भाका तथा सञ्चार माध्यमहरूमा सुनिने गितहरू सुन्दा आफूहरूलाई परम्परा नै मेटिने हो की भन्ने चिन्ता लागेको अगुवा महिलाहरू बताउँछन् ।
तीज महिलाहरूले स्वतन्त्र पर्वको रूपमा पनि लिने गर्दछन । वर्षभरिमा भएका समाजका विकृति, समृद्धि र अधिकारहरूलाई, धर्मसंस्कृतिहरूलाई समेत जोडेर तीज गीत बनाउन सकिने महिला अधिकार कर्मी सिता पौडेल बताउँछिन् । photo sourse: Google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?