ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

जेष्ठ नागरिकप्रति माया र सम्मान कहिले ?

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । हरेक वर्षको अक्टोबर १ तारिखको दिन अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विश्वभरी नै मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस जेष्ठ नागरिक मैत्री समाज निर्माण गरौं भन्ने नाराका साथ आज विविध कार्यक्रमको आयोजना गरि मनाईदैछ । दिवस मनाउँदै गर्दा भन्नैपर्दछ– जेष्ठ नागरिकहरूप्रति अवहेलना र दुव्र्यवहार बढ्दै गएको छ । आफ्नै घर परिवारबाट जेष्ठ नागरिकहरू तिरस्कृत हुँदै आएका छन् । घरैका लागि घाँडो भएपछि जेष्ठ नागरिकहरूको सहारा आश्रम र बृद्धाश्रम बन्दै गएका छन् । उनीहरूको सहारा छोरा छोरी होइन, बृद्धाश्रम हुने गरेको छ । जेष्ठ नागरिकहरू आफ्नै घर परिवारबाट तिरस्कृत हुनु अत्यन्त गंभीर एवं चिन्ताको कुरा हो । बुढ्यौली एक दिन सवैले भोग्नुपर्ने छ तर त्यसको कुनै परवाह नगरि अहिले जेष्ठ नागरिकप्रति दुव्र्यवहार गर्नेक्रम बढ्दो छ । जेष्ठ नागरिकलाई सरकारले समेत तिरस्कृत गर्दै आएको छ । जेष्ठ नागरिक मञ्चले सरकारलाई बुझाएको स्मरण पत्र सरकारले रद्दीको टोकरीमा मिल्काएको छ । मञ्चले धेरैपटक जेष्ठ नागरिकको समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो तर कुनैपनि प्रधानमन्त्रीले जेष्ठ नागरिक सञ्चले उठाएको समस्या समाधानमा चासो दिएनन् । बृद्धहरू ज्ञानका खानी हुन । उनीहरूको सीप भावी पुस्ताका लागि प्रेरणाको श्रोत हो ।

उनीहरूप्रतिको सम्मानले नै संस्कारजन्य समाजको निर्माण हुन सक्छ । तर हामीले जेष्ठ नागरिकको ज्ञान र शिक्षा कहिल्यै ग्रहण गर्न सकेनौं । ज्येष्ठ नागरिक हाम्रा समाजका उपल्लो दर्जाका आदर्श हुन । आजको पुस्ताले बृद्धहरूबाट परम्परागत सीपको संरक्षण र अनुसरण गर्नु आवश्यक छ । हाम्रा पूर्वज असंख्य ज्ञान र सीपका खानी हुन । तिनको ज्ञान र सीप हामी र हामी सन्ततीको जीवन अघि बढाउन महत्वपूर्ण छन ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ को तथ्याँक अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या करिव १२ प्रतिशत अर्थात करिव २५ लाखको हाराहारीमा रहेको अनुमान छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६ करोड छन् । यसमध्ये कैयौं जेष्ठ नागरिक पारिवारिक कलहबाट ग्रसित तथा सहाराविहीन छन् । रोग, भोक र शोकमा डुबेर अनि पारिवारिक बुहार्तन सहेर बाँचीरहेका छन । यो तथ्याँकले समयक्रमसंगै बढ्दो गरिबी र पश्चिमी सभ्यताको प्रभावले नेपाली सामाजिक संस्कारहरूमा क्रमशः विचलन आउंदै गरेको देखाउँदैछ । जसको प्रभावको प्रत्यक्ष असर बृद्धबृद्धाहरूप्रति गरिने कर्तव्यमा क्रमशः विमुखता हुंदैछ । जेष्ठ नागरिकहरू घरमा सम्मानित भएर होइन, बृद्ध आश्रममा मृत्यु पर्खेर बस्न विवस छन । वृद्धहरू क्रमशः उपेक्षित जीवनयापन गर्नुपर्ने स्थिति पनि देखिंदैछ । नेपाली सामाजिक मूल्य, मान्यता र धार्मिक आस्थामा पनि बृद्धहरूलाई आदर, सम्मान र सेवा गर्नुपर्ने तथ्य प्रचलित छन् तर, आजको हाम्रो समाज र संस्कार बिचलित र उद्वेलित बन्दै गएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईरहँदा बृद्धहरू अनेक रोगको शिकार भैरहेका छन । उनीहरूले भरपर्दो स्वास्थ्य सेवा पाउनै सकेका छैनन् । सरकारले समेत जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको सुविधाबाट बञ्चित गरेको छ । इतिहास विर्सने हाम्रो बानी र विगतबाट पाठ नसिक्ने हाम्रो समाजलाई संस्कार दिन अव सरकारको ध्यान जानु जरुरी छ । दिवस मनाएरमात्र जेष्ठ नागरिकप्रतिको कर्तव्य पूरा हुँदैन । उनीहरूलाई माया र सम्मानको उत्तिकै खाँचो छ । सरकारले पनि जेष्ठ नागरिक सम्मानको वातावरण बनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission