ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मुटु दिवसलाई औपचारिक नबनाऔं

१४ आश्विन २०८१, सोमबार
१४ आश्विन २०८१, सोमबार

मुटुलाई सक्रिय बनाऔं भन्ने नाराका साथ विश्व मुटु दिवस आईतवार विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै मनाईएको छ । मुुटुको जोखिम बढ्दै गैरहेको सन्दर्भमा हरेक बर्षको सेप्टेम्वर २९ लाई विश्व मुटु दिवसको रूपमा मनाउन विश्व स्वास्थ्य संगठनले केही बर्षयता अभियान नै चलाएको छ । पछिल्लो समय मुटु रोग भयावह र गम्भीर समस्याका रूपमा देखापरिरहेको छ । मुटु रोगले आफ्नो जालो विस्तारै बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले वर्षेनी ३० लाख मानिसको मुटु रोगकै कारण मृत्यु हुने गरेको छ । नेपालमा पनि १५ लाख व्यक्ति कुनै न कुनै रूपमा मुटु रोगको बिरामी रहेको तथ्याँक सार्वजनिक भएको छ । मुटु रोग जटिल स्वास्थ्य समस्याका रूपमा देखापरिरहेकोले मुटु रोगबाट वच्न पूर्व सतर्कता अपनाउने दिशामा हामी सवैको ध्यानाकर्षण हुनु अत्यन्त जरुरी भैसकेको छ । मुटु सवैका लागि चुनौति बन्दै गएपछि पछिल्लोसमय चिकित्सकहरूले मुटुको सुरक्षामा जोड दिएका छन ।

निश्चित रूपमा मुटु मानव शरीरको अति संवेदनशील अंग हो र यसको संरक्षण गर्न ढिलाई गर्नु भनेको मुटुको जोखिमलाई अझै बढाउनु हो । नेपालमा प्रत्येक वर्ष मुटु रोगीहरूको संख्या अप्रत्यासित रूपमा बढ्दै गएको छ । खानपानमा असन्तुलन, अनियमितता, मद्यपान, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ र धुमपानको प्रयोग मुटु रोग निम्त्याउने प्रमुख कारण हुन् । त्यसमाथि खाद्यान्न र तरकारीमा पछिल्लोसमय बढिरहेको बिषादीको प्रयोगले मुटु रोगको चुनौति बढ्दोक्रममा छ । नेपालमा अहिले अनेक विषादीयुक्त खाद्य पदार्थको प्रयोग बढिरहेको छ । कुनैपनि वस्तु उत्पादन गर्दा विभिन्न रासायनिक पदार्थ प्रयोग गर्ने क्रम पनि बढिरहेको छ । जसका कारण मुटु रोग लाग्ने क्रम बढेको हो । यो रोगवाट बच्ने उपाय भनेको खानामा सन्तुलन नै हो । अनेक विषादीयुक्त खानाका वीचमा पनि स्वास्थ्यमा सन्तुलन अत्यन्त आवश्यक छ । अतः अव ढिलो नगरि मुटु जोगाउनेतर्फ हामी सवैको ध्यान जानु आवश्यक भैसकेको छ । मुटु दिवसकै अवसरमा आईतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । यस प्रकारका कार्यक्रमले आम मानिसमा मुटुको सुरक्षा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ । तसर्थ अवको दिनमा मुटु जोगाउनेतर्फ हामी सवैको ध्यान गयो भने जोखिम मानिएको यो रोगवाट बच्न सकिन्छ । व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैलीका कारण आज हामी सबैजना हृदय रोगको सम्भावित जोखिममा छौँ ।

दैनिक व्यायामको अभाव, खेलकुदमा कम रुची, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले मुटु रोगको जोखिम बढाईरहेका छौँ । मुटु रोगलाई रोक्न सकिदैन् तर यसको जोखिम घटाउन सकिन्छ । चिकित्सकहरूले उच्च फाइबरयुक्त खाना, ताजा फलफूल, सागसब्जी, कम तौलको प्रोटिन र कम फ्याटयुक्त खानाको प्रयोग बढाएमा मुटु रोगको जोखिम कम हुने बताएका छन । तसर्थ अवको दिनमा मुटु रोग नियन्त्रणका लागि साझा पहल जरुरी छ । आफ्नो मुटुको सुरक्षा गर्ने जिम्मेवारी र दायित्व आफ्नै हो । तसर्थ हरेक व्यक्तिले मुटु रोगबाट बच्न सावधानी अपनाउनेतर्फ पहल गर्नुपर्दछ । मुटुलाई असर गर्ने खानपानबाट बच्न सकियो भनेमात्रै पनि मुटुको जोखिमलाई धेरै घटाउन सकिन्छ । तसर्थ आईतवार मुटु दिवस मनाउँदै गर्दा मुटुको बिषयमा सहरमा मात्रै होइन दूरदराजको बस्तीसम्म यसको बिषयमा सचेतनामूलक कार्यक्रम गर्न सकेको भए मुटु दिवस मनाउनुको औचित्य पुष्टी हुने थियो । यो बिषयमा न त सरकारले ध्यान दिएको छ न त सम्वन्धित संघ संस्थाले नै चासो दिएका छन । यद्यपि यो बर्षको मुटु दिवसको औपचारिकता सकिएको छ । अव अर्को बर्ष सहरदेखि गाउँसम्मै मुटु जोगाउँ भन्ने सन्देश सहितको जागरण अभियान सञ्चालन गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?