ट्रेंडिंग:

>> राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन- ट्रम्प >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> किन फ्लप भयो नेपालको ब्याटिंग ? >> परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता >> इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु >> एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण >> अल्टिमाको दशैं अफरःउपहार र छुट >> बाणगंगाबाट बालिका सम्पर्कविहीन >> कृषिमा उत्पादकत्व वृद्धिको बाटो >> रोजगार सिर्जनाको सवाल >> चालिस बर्षपछि तम्घासमा भैरव नाँच >> परदेशबाट फर्किदै दशैं >> राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते >> विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै >> मनसुन फेरि सक्रिय, यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> होटल व्यवसायीलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम >> लुम्बिनी प्रादेशिक अस्पतालको ७ करोडको नदीजन्य पदार्थ झ्वाम् पार्ने दाउ >> गुल्मीमा सुख्खा पहिरो जाँदा एक महिला बेपत्ता >> चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना >> सञ्चार माध्यमको संरक्षण र विकासका लागि सरकारले उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री आचार्य >> जेजेएफसी विजयी हुदै अन्तिम आठमा >> साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित >> दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ? >> छबिलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति >> कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित >> सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा प्रर्दशन >> कार्यदलले बुझायो प्रदेश सरकारलाई प्रतिवेदनः समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न सुझाव (पूर्ण पाठसहित) >> नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार >> दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से >> हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने >> अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ >> दुर्गा प्रसाई अस्पताल भर्ना >> भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा >> जिल्लास्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम >> प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान >> फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ >> काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत >> स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म >> सुनको मुल्यमा नयाँ किर्तिमान >> श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ >> श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई >> दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक >> विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित >> गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान >> भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु >> भेरी अस्पतालमा लाईभ शल्यक्रिया >> कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप >> लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा >> युवा देशप्रति निराशा किन ?

परदेशबाट फर्किदै दशैं

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

बाँके, ०८ असोज ।
कर्णाली प्रदेश सल्यान जिल्ला शंखमुलका जितबहादुर क्षेत्री चाडपर्व मनाउन भारत सिमलाबाट घर फर्किएका छन् । नेपालगन्ज नाका भएर उनी साथीभाईहरू संग घर फर्किएका हुन । चाडपर्व मनाउन भारतबाट घर फर्किएको उनको लागि नयाँ होईन ।

एक दशकदेखि मजदुरी गर्न भारत आउजाउ गर्दै आएको क्षेत्री बताउँछन् । ‘कोरोनाको महामारी सुरु भएपछि घर फर्किएको थिए, गाउँघरमा काम नपाएपछि कोरोनाको महामारीमै फेरि भारतमा काम गर्न गइयो,’ उनले भने,‘खेतिपाती गर्न र चाडपर्व मनाउन घर फर्किन्छौँ। दसैं तिहार मनाएर फेरि काम गर्न भारत नै जाने हो ।’ उनका अनुसार गाउँका सय बढी युवाहरू आफूजस्तै कामका लागि भारत जाने गरेका छन् ।
दैलेख दुल्लु ५ का नबिन खत्री सोमबार नेपालगन्ज नाका भएर घर फर्किएका छन् । उनी कोरोनाको महामारीकै बेला काम खोज्दै भारत छिरेका थिए । पछिल्लो ८ महिना भारतको चण्डीगढमा मजदुरी गरेर घर फर्किन पाएको उनी निकै खुसी देखिन्थे । ‘परिवारसँग बस्ने रमाउने मौका भनेकै हाम्रो लागि चाडपर्व त हो नि । अरूबेला त काम गर्नै परयो,’ उनले भने,‘आफ्नै गाउँठाउँमा काम पाईदैन त्यसैले भारतमा काम गर्न जानु पर्छ ।’ नबिनसंगै नेपालगन्ज हुँर्द डोल्पा त्रिबेणी ६ का बिक्रम केसी, विनय थापालगायत सयौँ नेपालीहरू चाडपर्व मनाउन घर फर्किएका छन् । घर फर्किने नेपालीहरूको सीमामा लर्को छ । भारत जान राहदानी आवश्यक नपर्ने र लागत नलाग्ने गरेका कारण नेपाली मजदुरको गन्तब्य भारतका विभिन्न शहरहरू बन्दै गएको छ ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम, रोल्पा, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौ युवाहरू काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका हुन । घर फर्किएका अधिकांश युवाहरूले चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने बताउँछन् ।
भारतको दिल्ली, गुजरात, राजिस्थान, मुम्बै, भूपाल, सिमला, कालापहाड, लगायतका स्थानमा रोजगारीका लागि नेपालीहरू हरेक वर्ष पुग्ने गरेका छन् । खेतीपाती र चाडपर्वका बेला उनीहरू घर फर्किने र फेरि भारत फर्किन्छन् । ‘चार-पाँच महिना घर बसिन्छ । होईन भने फुर्सद भएपछि काम गर्न भारत गैहाल्छौँ,’ डोल्पाका बिनय भन्छन्,‘भारतमा सहजै काम पाइहालिन्छ ।’ बेरोजगारी बढेसँगै हजारौ युवा र बालबालिकाहरू कामको खोजिमा भारत पस्ने परम्पराजस्तै बनिसकेको छ ।

सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पूर्णं खत्रीले दसैंको मुखमा भारतबाट दैनिक दुई हजार बढी नेपालीहरू घर फर्किरहेको बताए । उनले सीमामा लुटपाटका घटना हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीहरूसंग समन्वय गरिरहेको जनाए । ‘नेपालीहरू घर फर्किने बढेसंगै सीमामा निकै भिडभाड हुने गरेको छ । सहजरूपमा नेपालीहरूलाई आउन दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

नेपालगन्ज नाकामा भिड बढेसंगै त्यहाँको अवस्था अस्तव्यस्त देखिन्छ । सवारी साधन भारत लैजान नपाएपछि फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गरिएको अवस्था छ । भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरू नेपाल भित्रिने गरेको छ । ती मालबाहक ट्रक पनि भन्सार गराउनका लागि फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?