© २०२३
नवलपुर, ३१ भदौ ।
पूर्वी नवलपरासीमा दाजुभाइ ग्रुप अफ कावासोतीले बोनम्यारो पीडित मेनुका पोख्रेललाई उपचारका लागि रकम हस्तान्तरण गरेको छ । कावासोती ८ निवासी ३३ वर्षीय मेनुका पोख्रेल केही समय देखि “ल्युकेमिया र बोन म्यारो” को समस्यासँग लड्दै आएकी छन् । मेनुकाको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले सहयोगार्थ दाजुभाइ ग्रुप कावासोतीले सोमबार नब्बे हजार रकम हस्तान्तरण गरेको हो ।
जिल्लाभरिका युवा साथीभाइबीच एकताको सन्देश दिदै दाजुभाइ ग्रुप अफ कावासोतीले आयोजना गरेको मित्रमिलन तथा बनभोज कार्यक्रम बाट प्राप्त भएको रहेको उहाको भाइ लाइ हस्तान्तण गरेको ग्रुपका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
आफू पनि आगामी दिनहरुमा सहयोगार्थ कार्यमा हरपल तत्पर रहेको दाजुभाइ ग्रुप अफ कावासोतीका सदस्य राजन सुवेदीले बताए । सहयोगी हातहरु सबैलाई धन्यवाद दिदै आगामी दिनमा समाजका लागि अझ रचनात्मक कार्यमा दाजुभाइ ग्रुप अफ अगाडि बढ्ने यसै ग्रुपका सदस्य कृष्ण राना मगरले जानकारी दिए ।
मेनुकाको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले आवश्यक रकम सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।
चिकित्सकका अनुसार पोख्रेलको बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने र उपचारको प्रक्रिया, अस्पतालको बसाई, औषधि र पछि गर्नुपर्ने हेरचाहका खर्च जुटाउनु पर्ने हुँदा रकमको समस्या भएका कारण आर्थिक सहयोग जुटाउनको लागि देश तथा विदेशमा रहेका सम्पूर्णमा सहयोगको अपिल गरिएको उनको परिवारले जनाएको छ । अहिले मेनुकाको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।