ट्रेंडिंग:

>> नवलपरासीमा यात्रु सहायता कक्षको स्थापना >> संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक >> स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं >> कोरोनाको नयाँ भेरियन्ट र सावधानी >> चाडपर्वमा हजार प्रहरी परिचालन >> व्यवसायीबाट ‘सम्झौता बिना भाडा अशुली’ >> दशैंले सीमा पारी चहलपहल >> नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो >> देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा >> आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै >> घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह  >> भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा >> आयोजक झरना फाईनलमा >> दीर्घकालीन सहकारीको आफ्नै भवन >> तेजस्वी सहकारीको साधारणा सभा >> नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता >> उत्तर बेलवास टोलबिकास संस्थाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम >> माटो खन्दा ढुङ्गाले च्यापेर महिलाको मृत्यु >> दशैंको मुखमा बजार अनुगमन, सडेका र म्याद नाघेका अखाद्य बस्तु फेला >> अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब >> झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत >> एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य ! >> लुगाघरमा दशै कम्बो प्याक >> सुदूरपश्चिममा फाइजर खोप अभियान सुरु >> प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच ऊर्जा सहकार्यको बारेमा छलफल >>  लिस्नु फाईनलमा >>  बाढी र पहिरोबाट १७,१२० जनाको सुरक्षित उद्धार >> आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी रहने >> हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज >> लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए >> बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा >> झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो >> लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता >> राप्ती सोनारी गाउँ बाख्रा पालनमा >> तीन महिनादेखि महासंघको कार्यालयमा ताला >> दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी >> ‘अनिश्चितताबाट सम्भावनातर्फको यात्रा’ >> शिक्षा सुधारका मुद्दा र समाधानका उपायहरू >> ‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’ >> नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौता हुने >> पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने >> रीलमा दशैँहा थारू गीत >> नगदेबाली मार्फत जलवायु परिवर्तनको सामना >> रोल्पाले बेच्यो २२ करोडको खसीबोका >> प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना >> बडादसैँ सुरु, आज घटस्थापना >> टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित >> आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै >> इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी >> रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

राजस्व मिलाउन लसुन तस्करको दौडधुप

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

नवलपरासी, २७ भदौ ।
जिल्ला भित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पछि तस्करहरू छुटाउन दौडधुपमा लागेका छन् । कागजपत्र छुटाउन र लसुनको बिक्री वितरण खुल्ला गराउन तस्करहरूको टोली र केही ब्यवसायीहरू राजस्व कार्यालय बुटवलमा दौडधुपमा लागेको हुन् ।
स्थानीय गाउँमा भण्डारण गरि राखिएको करिब ६ गाडी (पिकअप) चिनियाँ लसुन स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि कागजपत्र मात्रै अनुसन्धान कार्यालयले बुझेर लगेको थियो । राजस्व टोलीलाई पनि मिलाउनमा तस्करी टोली लागि परेको छ, कार्यालय निकटका स्रोतले बताए अनुसार,कुरा मिल्यो भन्ने छाड्ने कानुनी आधार पनि छ, मिलेन भन्ने गैर कानुनी ठहर गर्न सक्ने तर्क पनि छ । हेर्दै जाऔ के हुन्छ ? राजस्व कार्यालय प्रभावमा प¥यो भन्ने सक्कली बिल बिजकमा दर्तावाला संस्थाले लसुनको खरिद गरेको देखाई दिन सक्छ, होईन भने यतिको धेरै लसुन खपत गर्ने बजार वा कस्लाई बिक्रि गरिएको हो ? जस्ता प्रश्न तेर्साएर अनुसन्धान नै लम्ब्याउन सक्छ । जस्ले गर्दा लसुन उम्रिएर नष्ट हुने अवस्था आउन सक्छ । लाखौंको नोक्सानी भन्दा केही अंश राजस्व कार्यालयलाई बुझाएर भए पनि लसुन फुकुवा गराउने पक्षमा तस्कर देखिएका छन् । त्यसैका लागि दौडधुप भइरहेको उनको भनाइ थियो ।

राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएकोे छ । सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराए । उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए । तर बुटवलमा लसुन कारोबार गर्ने कारोबारीहरू दैनिक दौडधुप भई रहेको स्थानियले बताएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन् ।

सिमा क्षेत्रमा भन्सार कर्मचारी र स्थानिय प्रहरीको मिलोमतोमा सिमाक्षेत्रमा तस्करी मौलाउदै गएको स्थानियले गुनासो गर्दै आएको थिए । भारतीय बजार सितलापुर पठाउने गरि तयारीमा राखिएको लसुनलाई स्थानिय बर्डर अब्र्जवेसन फोस (विओपी) र प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले रातभरी गस्ति गरेर राखेको तर राजश्वको टोली आएर कागजपत्र मात्रै लगे पछि ब्यपारीहरूले ति लसुन आआफ्नै घरमा लगेको एक प्रहरी जवानले सुनाए । हामीले माथिल्लो निकायको आदेश पालना गर्ने हो हजुर,रोक भने पछि रोक्ने हो, छाड भने पछि छाडिदिइने हो, उनले भने, रातीको बेला सिमावारी पारीका बजार र दशगजामा तस्करको मेला लाग्ने गरेको हुन्छ ।

ति लसुन भारतको निचलौलबाट राती तस्करहरूले पिकअप लिएर आउने र खरिद गरि रातारात लिएर जाने गरेको सिमावती भारतिय गाउ सितलापुरकी एक स्थानिय महिलाले बताएकी थिईन । उनका अनुसार सिमाक्षेत्रमा रातीमा रमझम हुन्छ, के नेपालको शसस्त्र र नेपाल प्रहरी के भारतको सिमाशुरक्षा प्रहरी(एसएसबी) सबै जना जुट्ने र तस्करी गराउनमा सघाउने गरेका छन् । तस्करहरूले आफ्नै गाडी समेत एसएबबी जवानलाई आउन जान दिइने गर्छन्, । सर्वसाधारणको बोल्ने हैसियत हुदैन् । बोलुन पनि कसरी जहाँ जनताको रक्षक नै तस्करको रक्षक बनेका छन्,उनको अगाडी जनता बोले उनीहरूकै भक्षक भईदिन्छन् । सेटिगँ भन्ने कुरा फरक नै हदो रहेछ । भारतबाट अहिले चिनी र चामल नेपाल जाने गरेको छ । नेपालबाट लसुन र मटर भारत जाने गरेको छ । बाटोको त कुरै गर्न भएन्,धान र उखुबारी जहाँबाट साईकल र मोटरसाईकल सजिलै जानसक्छ,ति सबै नाका बनेका छन् । मुलनाकामा त सर्वसाधारण दिउँसो मात्रै हिड्छन्, । तर मुलनाकाको वरिपरि गएर हेर्नुस उखुबारी र धान खेतमा जहाँ तही मान्छे हिलोमा हिडेको छाप देखिन्छ । ति सबै तस्करी गर्ने बाटो हो ।

शसस्त्र प्रहरीको गस्ति टोली फेरिने समयमा यस्ता समाग्रि भित्रयाउने समय मिलाईन्छ । जनताको आँखा छल्न प्रहरीले सेटिगँ मिलाएको हुन्छ, सिमाक्षेत्रमा विभिन्न चोरबाटोहरूमा शसस्त्र प्रहरीको दुई चार जना प्रहरी बस्ने गर्छन्, सो टोलीको डियुटी परिवर्तन गर्दा आर्को टोली अलि ढिलो जान लगाईन्छ,सोही बेला मालबस्तुहरू मोटरसाइकल र पिकअपमा भित्राइन्छ । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?