ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

नाकामा राजश्व टोलीको छापा

तस्करी गरी स्थानीय गाउँमा भण्डारण गरि राखिएको करिब ६ गाडी (पिकअप) चिनियाँ लसुन स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिई पछि कागजपत्र मात्रै अनुसन्धान कार्यालयले बुझेर लगेको हो ।
२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

नवलपरासी, २५ भदौ ।
जिल्लाको सिमावर्ति क्षेत्रमा अहिले चोरी तस्करी बढ्दै गएपछि राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेको छ । तस्करी गरि स्थानीय गाउँमा भण्डारण गरि राखिएको करिब ६ गाडी (पिकअप) चिनियाँ लसुन स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिई पछि कागजपत्र मात्रै अनुसन्धान कार्यालयले बुझेर लगेको हो ।
सिमा क्षेत्रमा भन्सार कर्मचारी र स्थानीय प्रहरीको मिलोमतोमा सिमाक्षेत्रमा तस्करी मौलाउँदै गएको स्थानीयले गुनासो गर्दै आएका थिए । सोमबार विहान राजश्व अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा कागजपत्र मात्रै लिएर गएको प्रति अहिले बरामद गरिएका लसुन नियन्त्रणमा किन नराखी कागजपत्र मात्रै लगेको होलान ? भनेर पनि स्थानीय झन राजश्व अनुसन्धानको टोली प्रति पनि मिलोमतो भएको हुन सक्ने आशँका समेत ब्यतm गर्न थालेको एक स्थानीयले बताए । भारतीय बजार सितलापुर पठाउने गरि तयारीमा राखिएको लसुनलाई स्थानीय बर्डर अब्र्जवेसन फोस (विओपी) र प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले रातभरी गस्ति गरेर राखेको तर राजश्वको टोली आएर कागजपत्र मात्रै लगे पछि ब्यापारीहरूले ति लसुन अ आफ्नै घरमा लगेको एक प्रहरी जवानले सुनाए । हामीले माथिल्लो निकायको आदेश पालना गर्ने हो हजुर, रोक भने पछि रोक्ने हो, छाड भने पछि छाडिदिइने हो, उनले भने, रातीको बेला सिमावारी पारीका बजार र दशगजामा तस्करको मेला लाग्ने गरेको हुन्छ ।

चिनिया लसुन नेपालमा भित्रिने र भारतमा पुर्याए वापत मूल्यमा प्रति केजी ५० रुपियाँ नाफा हुने गरेको छ । ति लसुन भारतको निचलौलबाट राती तस्करहरूले पिकअप लिएर आउने र खरिद गरि रातारात लिएर जाने गरेको सिमावती भारतिय गाउँ सितलापुरकी एक स्थानिय महिलाले बताईन् । सिमाक्षेत्रमा रातीमा रमझम हुन्छ, उनले भनिन्,के नेपालको शसस्त्र र नेपाल प्रहरी के भारतको सिमाशुरक्षा प्रहरी (एसएसबी) सबै जना जुट्ने र तस्करी गराउनमा सघाउने गरेका छन् । तस्करहरूले आफ्नै गाडी समेत एसएबबी जवानलाई आउन जान दिइने गर्छन्, उनले भनिन्,सर्वसाधारणको बोल्ने हैसियत हुदैन् । बोलुन पनि कसरी जहाँ जनताको रक्षक नै तस्करको रक्षक बनेका छन्, उनको अगाडी जनता बोले उनीहरूकै भक्षक भईदिन्छन् । सेटिगँ भन्ने कुरा फरक नै हुदो रहेछ । भारतबाट अहिले चिनी र चामल नेपाल जाने गरेको छ । नेपालबाट लसुन र मटर भारत जाने गरेको छ । बाटोको त कुरै गर्न भएन्, धान र उखुबारी जहाँबाट साईकल र मोटरसाईकल सजिलै जानसक्छ, ति सबै नाका बनेका छन् । मुलनाकामा त सर्वसाधारण दिउँसो मात्रै हिड्छन्,उनले भनिन्, तर मुलनाकाको वरिपरि गएर हेर्नुस उखुबारी र धान खेतमा जहाँ तही मान्छे हिलोमा हिडेको छाप देखिन्छ । ति सबै तस्करी गर्ने बाटो हो ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाहरू परिचालन गरि तस्करीलाई लाईन मिलाउने कार्यमा सक्रिय रहेको बसहियाका एक स्थानीयले बताएका थिए । तस्करीका लागि मोटरसाईकलमा लोड गरि नेपालको विभिन्न बजारमा ल्याउने र भण्डारण गरिने गरिएको छ । भण्डारण गरिएका ति समाग्रि पछि कुनै ब्यवसायिक फर्मको नाममा बिल काटेर नेपालको नारायणघाट हुँदै विभिन्न बजार पुर्याउने गरिएको उनको भनाई थियो । बसहिया नाका मात्रै नभई अहिले भुजहवा,बिसुनपुरा नाकामा पनि तस्करी कार्य फस्टाउदो क्रममा रहेको स्थानियले बताएका छन् । स साना मोटरसाईकलबाट मालसमान ओसार्ने कार्य त डियुटी सेटिगँमा हुन्छ, तर राती १ बजे देखी ४ बजेसम्म ठूलै गाडी छिराउने गरिएको छ । केही सिमा क्षेत्रबाट तस्करी गरि ल्याइएको मालसमान पूर्वपश्चिम राजमार्गसम्म प्राय स साना गाडीमा पु¥याउने र राजमार्गबाट ठूलै गाडीमा लोड गरि नेपालको विभिन्न नाकामा पठाउने गरिएको छ ।

शसस्त्र प्रहरीको गस्ति टोली फेरिने समयमा यस्ता समाग्रि भित्रयाउने समय मिलाईन्छ, उनले थपे, जनताको आँखा छल्न प्रहरीले सेटिड्ड मिलाएको हुन्छ, सिमाक्षेत्रमा विभिन्न चोरबाटोहरूमा शसस्त्र प्रहरीको दुई चार जना प्रहरी बस्ने गर्छन्, सो टोलीको डियुटी परिवर्तन गर्दा आर्को टोली अलि ढिलो जान लगाईन्छ,सोही बेला मालबस्तुहरू मोटरसाइकल र पिकअपमा भित्राइन्छ । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?