Butwal Today

सम्झौताको १ करोड ३८ लाख रुपियाँ नदिएपछि व्यापार संघविरुद्ध अदालतमा मुद्दा

२० भाद्र २०८१, बिहीबार
अ+
अ-

बुटवल, २० भदौ ।
सम्झौता बमोजिमको एक करोड ३८ लाख रुपियाँ नदिएपछि रूपन्देही व्यापार संघविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बायोमेड इन्टरनेशनल काठमाडौंले संघविरुद्ध एक करोड ३८ लाख रुपियाँ सम्झौता बमोजिमको रकम पाउनुपर्ने माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यता, व्यापार संघले भने उक्त मुद्दा काठमाडौंमा नचल्ने भन्दै माग दावी गरेको थियो । तर संघको दावी अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले मुद्दा चल्ने बताएको छ । रूपन्देही व्यापार संघले २०७८ साउन २६ गते लुम्बिनी प्रादेशिक अस्पतालसँग ब्लड बैंक स्थापनाका लागि सम्झौता गरेको थियो । रूपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा अस्पतालमा ब्लड बैंक स्थापनाको सम्झौता भएको थियो ।

सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट तत्कालीन अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र तत्कालीन मेसु डा. राजेन्द्र खनाल तथा रूपन्देही ब्यापार संघका तर्फबाट तत्कालीन अध्यक्ष यमलाल लोहनी, महासचिव दयानिधी भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ब्लड बैंकका लागि आवश्यकपर्ने लगानी व्यापार संघले गर्ने उल्लेख थियो ।

सोही अनुसार व्यापार संघले सामान आपूर्तिको लागि बायोमेड इन्टरनेशनल काठमाडौंसँग १ करोड ५८ लाख रुपियाँको सम्झौता ग¥यो । सम्झौता अनुसार संघले बायोमेड इन्टरनेशनलसँग ब्लड बैंकका लागि आवश्यक उपकरण खरीद ग¥यो । ती उपकरण अस्पतालमा स्थापना समेत गरिएको बायोमेड इन्टरनेशनलका कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए । “ती उपकरण अस्पतालमा इन्स्टलेशन पनि भयो, इन्स्टलेशन रिपोर्टमा हस्ताक्षर पनि भयों, तर पछि सम्झौता कार्यान्वयनमा नआएपछि उपकरण के कसो भए, थाहा भएन”–नाम नबताउने शर्तमा ती अधिकारीले भने । उपकरण खरीद बापत संघले २० लाख मात्र रकम दिएर बाँकी रकम दिन बेबास्ता गरेपछि सप्लायर्शले अदालत गुहारेको हो ।

यता, खरीद गरिएका उपकरण संघले हालसम्म अस्पतालमा हस्तान्तरण समेत नगरेको अस्पताल स्रोतले बतायो । व्यापार संघले यसका लागि लगानी जुटाउने क्रममा लुम्बिनी प्रदेश सरकारबाट १५ लाख र बुटवल उपमहानगरपालिकाबाट १० लाख रुपियाँ ल्यायो । दुई ठाउँबाट ल्याएको २५ लाख मध्ये २० लाख रुपियाँ संघले सप्लायर्शलाई दिएको थियो । यता, अस्पतालमा भएको नेतृत्व फेरबदलसँगै उक्त सम्झौता अलपत्र प¥यो । राजेन्द्र खनालपछि डा. इन्द्र ढकाल, सुदर्शन थापा हुँदै अहिले फेरि डा. इन्द्र ढकाल मेडिकल सुपरिटेण्डेन्ट भए । अस्पतालको नेतृत्वले उक्त सम्झौतामा त्रुटी देखाउँदै कार्यान्वयन गर्न नसकिने निष्कर्षसहित सम्झौता कार्यान्वयन अगाडि बढाउन चाहेन । “सम्झौतामा ब्लड बैंकका लागि कर्मचारी भर्ना समेत व्यापार संघले गर्ने उल्लेख थियो, त्यस्तै ब्लड बैंक अस्पतालका कर्मचारीले सञ्चालन गर्न सकिने अवस्था पनि थिएन, देशभरका अस्पतालमा कहीं कतै ब्लड बैंक स्थापना गरिएको छैन”–अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले भने ।

यता, रूपन्देही व्यापार संघले भने अस्पतालले सम्झौता तोडेको आरोप लगाएको छ । “ब्लड बैंक सञ्चालनका लागि गरिएको सम्झौता अस्पतालले नै एकतर्फी रूपमा तोडेको हो”–संघका अध्यक्ष दीपक अधिकारीले भने । तीन वर्षअघि भएको सम्झौतामा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकका लागि भौतिक संरचना अस्पतालले बनाउने र त्यसलाई आबश्यक पर्ने उपकरण रूपन्देही ब्यापार संघले उपलब्ध गराउने सम्झौता उल्लेख थियो ।