ट्रेंडिंग:

>> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प >> सुनचाँदीको मुल्य घट्यो >> कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

बुटवलको विकासमा ‘गेमचेन्जर’ आयोजना

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १२ तले अत्याधुनिक भवनको शनिवार औपचारिकरूपमा शिलान्यास गरिएपछि बुटवलबासीका लागि एउटा खुसी थपिएको छ । प्रदेश राजधानी दाङ सर्दा बुटवलबासी जति दुःखी थिए, प्रादेशिक अस्पताल १२ सय शैयामा विस्तार हुँदैछ भन्ने सुन्दा बुटवलबासीका लागि राजधानी सर्दाको पीडामाथि मल्हम लगाउने प्रयास भएको छ । बुटवलका उद्योगी व्यवसायीले अव बुटवलको खस्केको व्यापारमा सुधार आउने अपेक्षा गरेका छन् । स्थायी राजधानी दाङ कायम भएपछि खस्केको बुटवलको व्यवसाय दिगोरूपमा चलायमान र गुल्जार बनाउन यो अस्पताल ‘गेमचेन्जर’ प्रोजेक्ट हुने उद्योगी व्यवसायीहरूको विश्वास छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको उपचार मात्रै गर्ने छैन, खस्केको बुटवलको व्यापार व्यवसायलाई बचाउन समेत योगदान गर्ने विश्वास गरिएको छ । एक सय १४ वर्ष पुरानो यो अस्पताललाई १२ सय शैयामा विस्तार गर्ने योजना अनुसार सुविधा सम्पन्न १२ तले भवनको अर्थमन्त्री बिष्णु पौडेलले शनिवार शिलान्यास गरेपछि बुटवलका लागि त खुसीको कुरा छँदैछ, समग्र लुम्बिनी प्रदेशका आम प्रदेशबासी नागरिकमा समेत खुसीको लहर सिर्जना गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिलेपनि प्रदेशका १२ वटै जिल्लाका विरामीले सेवा लिदै आएका छन् । जेहोस यो अस्पतालले बुटवलको मुहार त फेर्ने नै छ, साथमा रूपन्देहीलाई अव आर्थिक हबको रूपमा समेत विकास गर्न महत्वपूर्ण कोसेढुंगा सावित हुने आम विश्वास छ । ६ अर्ब १८ करोड ७५ लाख रुपियाँको लागतमा निर्माण हुने अस्पताल नेपालकै सवैभन्दा ठूलो अस्पतालको रूपमा विकास हुनेछ ।

अव अस्पतालको पूर्वाधार विस्तारमा सरकारले ध्यान दिनु जरुरी छ । अस्पतालको भवनमात्रै बनेर हुँदैन, जबसम्म त्यहाँबाट दिने सेवा छिटो, छरितो र गुणस्तरीय हुँदैन तबसम्म यो अस्पतालप्रति आम नागरिकको विश्वास र भरोसामा बृद्धि हुँदैन । अर्को दुःखको कुरा के छ भने अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराउन विरामीले निकै सास्ती खेप्नु परेको छ । अनलाईन टिकटको व्यवस्था गरिएपनि विरामीले डाक्टर फेला पार्न करिव दुई तीन घण्टा सास्ती पाउनुपर्दछ । जेनतेन डाक्टर भेटिएपनि विरामीको बढ्दो भीडका कारण विरामीले आफ्नो समस्या भन्न नभ्याउँदै डाक्टरले प्रेस्किप्सन लेख्न हतार गर्नुपर्ने बाध्यता छ । अस्पतालको यो रोग जहिलेसम्म अन्त्य हुँदैन तबसम्म अस्पताल जति नै भौतिकरूपमा सम्पन्न भएपनि त्यसले आम विरामीमा दिने भरोसा र विश्वास कायम राख्न सक्दैन् । संघीय अस्पतालमा आपिडी सेवा दुई सिफ्टमा संचालन गर्ने व्यवस्था गरिएजस्तै यो अस्पतालमा पनि अव ओपिडी सेवा विस्तारमा सरकारको ध्यान जाओस् । दैनिक दुई हजार विरामीले उपचार सेवा लिदै आएको यो अस्पतालमा सेवा लिन सास्ती पाउने अवस्थाको अन्त्य गर्न तत्काल पहल गरियोस् । अर्को चिन्ताको कुरा के छ भने अस्पतालमा अपरेशनका लागि विरामीलाई दुई बर्षसम्मको म्याद थमाउने गरिएको छ । तत्काल अपरेशन गर्नुपर्ने विरामीलाई दुई बर्षपछि आउनु भन्दा त्यो विरामीको अवस्था के होला ? अस्पतालले प्रशासनले यो अवस्थाको तत्काल अन्त्य गर्ने पहल गरोस् । यसका लागि संघीय र प्रदेश सरकारले जनशक्ति थप गर्नेतर्फ पहल गर्नु जरुरी छ । जेहोस यो अस्पताल लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । अव यो अस्पताल प्रदेशको ‘गेमचेञ्जर’ को रूपमा विकास हुने अपेक्षा गरिएको छ । तर, त्यसका लागि सवैले होस्टेमा हैंसे गरेमात्र यो अस्पताल आम जनताको भरोसाको रूपमा विकास हुनेछ ।

शनिवार शिलान्यास भएको अस्पताल भवन २०८५ साल पुससम्ममा तयार हुनुपर्ने छ । त्यसका लागि भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले समयमै काम सक्ने प्रतिवद्धता जनाएको छ । यो खुसीको कुरा हो । यो अस्पताल आम नागरिकको सम्पत्ति हो । तसर्थ यो आयोजना सम्पन्न गर्ने दौरानमा यसमा जनस्तरबाट पनि निगरानी गर्नुपर्ने आवश्यकता छ । अर्थमन्त्री विष्णु पौडेलले १२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा अबको दिनमा ध्यान दिनुपर्ने बताएका छन । पौडेलले भनेजस्तै यो अस्पतालको जनशक्ति व्यवस्थापन अवको प्राथमिकता बन्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?