ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

भड्किलो नबनोस् यो बर्षको तीज

९ भाद्र २०८१, आईतवार
९ भाद्र २०८१, आईतवार

पार्टी प्यालेस, होटल तथा रेष्टुराँहरूमा यो बर्षको तीजको रौनक सुरु भैसकेको छ । अचेल रातीसम्म तीजको दर खाने र नाचगान गर्ने नाममा हुने जमघटले पार्टी प्यालेस, रेष्टुरन्ट र बारहरू भरिभराउ हुन थालेका छन् । तीजको अवसरमा बजारमा चहलपहल बढ्दै छ । तीज लगायतका चाडपर्व आउँदा हरेक नेपाली महिलामा खुसी र उमंग छाउनु स्वाभाविक हो । चाडपर्वमा रमाउने नेपाली परम्परा हो । चाडपर्वले खुसी नै लिएर आउँछन । अहिले बजारमा तीजकै लागि भन्दै विभिन्न कलाकारले तीज गीत सार्वजनिक गरेका छन । तर ती तीज गीत सवैका लागि प्रिय छैनन् । उच्छृंखल तीज गतिले मौलिक तीज गीत लोप हुने अवस्था उत्पन्न भएको छ ।

पछिल्लोसमय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । संस्कृति र परम्परा अनुसार मनाइने तीज लोप हुँदै गएको छ । मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परामाथि नै धब्बा लागिरहेको छ । तीज मनाउन भेला भएका महिलाहरू बियरको चुस्कीमा समेत रमाउने गरेको सुन्दा तीजले साँच्चै आफ्नो मौलिकता गुमाउँदै गएको हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक छ । तीज आउनु महिना दिन अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा उच्छृंखल गीतले बजारमा ध्वनी प्रदुषण गर्दै आएका छन् । वास्तवमा तीजको मौलिक मर्म बोकेका गीत लोप हुँदै गएका छन । यो चिन्ताको बिषय हो ।

तीजका गीतमा चेलीको मर्म, दुःख, सुख, खुशी, उमंग र दिदी बहिनीहरूको पीडा र बेदना अभिब्यक्त हुनुपर्दछ । तर, अहिले घर परिवारले संगै बसेर सुन्न पनि नसकिने तीजका गीत सार्वजनिक भएका छन् । तीजको नाममा एक अर्काको देखासिकीले पनि विकृति बढेको छ । गीतमा शिष्टता नै छैन, नारीको बेदना पनि छैन । तीजले मौलिकता जोगाउनु पर्दछ । अर्कोतर्फ तीजको नाममा भड्किलो फेसन प्रस्तुती र गरगहना प्रदर्शन किमार्थ सुहाउने बिषय होइन् । यस प्रकारका गतिविधिले तीजको मर्म र भावनामाथि ठेस पु¥याएको छ । धेरै पहिले सधै काममा ब्यस्त हुने महिलाहरूले यही बेलामा आफ्ना कथा व्यथा पोख्ने गर्दथे । अहिले समय परिवर्तन भएको छ । दिदी बहिनीहरू अहिलेपनि सामूहिक रूपमा जम्मा त हुन्छन् । तीजका गीत पनि गाउँछन तर ती गीतमा मौलिकता छैनन् । दुःख सुखको जीवन्तता छैन् । तीज मनाउने शैलीमा समय अनुसार परिवर्तन आउनु स्वाभाविक हो तर समाजले पचाउनै नसक्ने गरि तीजले मौलिकता गुमाउँदै जानु दुःखद कुरा हो । अर्को चिन्ताको कुरा के हो भने तीजकै लागि महिला दिदी बहिनीहरू किनमेलमा ब्यस्त हुँदैछन् । तर, हरेक बर्ष तीज आउँदै गर्दा उपभोक्ताको ढाडै सेकिने गरि महंगीले पनि सिमा पार गर्ने गरेको छ । ठिक यही बेला हरेक बर्ष महंगीले आफ्नो रूप देखाउने गरेको छ ।

महिला दिदी बहिनीहरूले आफूलाई चाहिने सरसामान किन्नै नसकिने अवस्था आउँछ । ब्यवसायीहरूले पनि यस्तै बेलामा महंगी बढाउँछन् । महंगीका कारण बजार जानै नसक्ने अवस्थाको अन्त्य गर्ने बिषयमा सरकारको ध्यान जानु जरुरी छ । चाडपर्व नेपालीजनका लागि खुसी बनून । नेपाली महिला दिदी बहिनीहरूमाझ तिजको रौनक सुरु भैसकेको बेला यो चाडले खुसी लिएर आओस् । महिला दिदी बहिनीहरूको आँखामा आँशु होइन, हाँसो भरियोस् । यो बर्षको तीज भड्किलो होइन उमंगमय बनोस् । अनेक दुःख, बेदना र पीडा भुलेर केही दिनका लागि भएपनि हाँसो खुसीमा रमाउने बाताबरण बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?