© २०२३
‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, आजै र राती के देखेँ सपना, फूलको थुङ्गा बगेर गयो, झमझम पानी प¥यो असारको रात’ राष्ट्रकवि माधवप्रसाद घिमिरेका कालजयी कविता र गीत आजपनि नेपालको जनजनमा झुण्डिएको छ । यिनै कालजयी गीत लगायत सयौं गीत र कविताका रचनाकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्ती भदौ २ गते थियो तर लाग्छ नेपालले उहाँलाई विर्सिदै गएको छ । नेपाल सरकारले दिएको राष्ट्रकविको उपाधी नेपाल सरकारले नै बिर्सिदै गएको छ । राष्ट्रकवि घिमिरेको जन्मजयन्ती मनाउने बिषयमा कतै चर्चा समेत भएको नसुनिँदा दुःख लाग्नु स्वाभाविक छ । अझै साहित्यानुरागीहरूले समेत राष्ट्रकविको सम्झनासम्म गरेनन् । यो चिन्ताको बिषय हो । नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधवप्रसाद घिमिरेको आईतवार चौश्रो स्मृति दिवस परेको थियो । हरेक बर्ष स्मृति दिवसको अवसरमा राष्ट्रकविलाई स्मरण गर्ने गरिएको छ ।
उनले नेपालको साहित्य, गीत, संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्ने गरिएको छ । तर, यो बर्ष न त सरकार र न त साहित्यानुरागीहरूले सम्झनासम्म नगरेको अवस्था देखियो । विक्रमसम्बत १९७६ साल असोज ७ गते जन्मनुभएका घिमिरेको १०१ वर्षको उमेरमा २०७७ साल भदौ २ गते निधन भएको थियो । खासगरी काब्यजगतलाई आफ्नो साधना र सिर्जना वनाएका घिमिरे नेपाली साहित्याकासमा एक फरक श्रष्टाको रूपमा प्रस्तुत हुन सफल भएका थिए । राष्ट्रियताले ओतप्रोत कवितादेखि प्रेम, जीवन र दर्शनमा उत्तिकै ओतप्रोत भावसिर्जना पस्कन सक्ने घिमिरेको देहावसानले राष्ट्रले ठूलो क्षति व्यहोरेको छ । काब्य सिर्जना नै राष्ट्रकवि घिमिरेको ऐतिहासिक सम्पत्ति हो । उनले नेपाली साहित्याकासलाई सुम्पेको सयौं गीत, कविता, खण्डकाब्य र लेखनकै क्रममा रहेको महाकाब्य साहित्यका अमूल्य सम्पत्ति हुन । उनको अवसानबाट राष्ट्रले अमूल्य साधक र सर्जक गुमाएको हो ।
वि.सं. १९९४ मा आफ्नो पहिलो कृति नवमञ्जरी खण्डकाब्यमार्फत नेपाली साहित्याकासमा उदाएका घिमिरे त्यसपछि कहिल्यै पछि फर्कनु परेन । उनका प्रेम, वियोग र जीवन दर्शनप्रति अभिप्रेरित रचनाले नेपालीहरूलाई मन्त्रमुग्ध मात्र वनाएन त्यसवाट पाठ सिकेर अघि बढ्न प्रेरणा समेत दियो । महाकवि लक्ष्मीप्रसाद देवकोटापछिको सर्वाधिक लोकप्रिय साहित्यकारका रूपमा घिमिरेको नै नाम आउँछ । उनले धेरै ठूला ठूला काब्य र महाकाब्य रचना गरेनन् तर फुटकर रचनाले उनलाई महाकाब्यभन्दा धेरै माथि पु¥यायो । उनको गौरी, शकुन्तला, मालती मंगले जस्ता शोककाब्य नेपाली साहित्याकासको मुनामदन हाराहारीको रचना हुन । राष्ट्रकवि उनको कालजयी चिनारी हो । धेरै साहित्यकारले कुनै एउटा कालखण्डको नेतृत्व गरे तर राष्ट्रकवि माधव घिमिरेले अन्तिमसम्म लगभग सवै कालखण्डको नेतृत्व गरेको भन्दा अतिसयोक्ति हुँदैन ।
उनी बाँचुञ्जेल जीवनपर्यन्त नै काब्य जगतको नेतृत्व गरेको सुन्दा साहित्यमा आस्था भएकाहरूका लागि गर्बको कुरा हो । विडम्वना उनले जीवनको अन्तिम समयमा रचना गर्दै गरेको ‘ऋतुम्भरा’ महाकाब्य पूरा हुन पाएन । राष्ट्रकवि घिमिरेको अवसानले नेपाली साहित्यलाई अपूरणीय क्षति पुगेको महसुस आम नेपाली जनताले गरिरहेका छन । अर्को बिडम्वना के भने राष्ट्रकविको स्मृतिमा सरकारले समेत बृह्द कार्यक्रम गरेर उनको योगदानको चर्चा समेत गरेन् । देशमा धेरै साहित्यिक मञ्च र क्लवहरू छन् । अनेकौ पुस्तकालय छन तर कहीँपनि राष्ट्रकविको स्मरण नहुनु अघिल्लो पुस्ताको योगदानलाई बिर्सनु हो । राष्ट्रकविलाई नै विर्सने परम्परा राम्रो होइन । जेहोस अव अर्को बर्ष राष्ट्रकविको स्मृतिमा कार्यक्रम भएको र उनले नेपाली साहित्याकाशमा पु¥याएको योगदानको चर्चा सुन्न पाएमात्रैपनि उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी