© २०२३
नवलपरासी, ०४ भदौ ।
संघ र प्रदेश साँसदद्वारा आश्वासनमा सीमित भएपछि जिल्लाको सरावल गाउँपालिकाले डुबान क्षेत्रमा डुबान रोक्न अग्रसरता देखाएको छ । पालिकास्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर अग्रसरता देखाएको हो ।
विगत तीन दशक देखि डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरूको आश्वासन मै सीमित छ । जिल्लाको सरावल गाउँपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेपछि आफ्नै स्रोतले गाउँपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउँपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । संघ र प्रदेशसँग डुबान क्षेत्रका काम गर्ने आश गर्न सकिन्छ,उनले भन्ने तर भरोस गर्न सकिन्न । डुबानको बेला संघिय साँसद र प्रदेश साँसद लगायत मुख्यमन्त्री र मन्त्रीहरूले समेत आश्वासन दिन पछि पर्दैनन्,तर त्यो आश्वासन जनताको आँखामा छारो हाल्ने मात्रै देखियो । गाउँपालिका जनताको सबै भन्दा नजिकको सरकार हो,उनले भने,तर साधन स्रोत न्यून भएको सरकार पनि हो । जनताको समस्यालाई थोरै थोरै भए पनि सम्बोधन गर्दै लैजाने सोच अनुसार अहिले काम थालिएको उनको भनाई थियो ।
खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो । संघ र प्रदेश सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउपालकाको भनाई छ । यस क्षेत्रको भ्रमण प्रदेशसभा सदस्य देखी संघीय साँसद र पूर्व मन्त्रीहरूले समेत स्थलगत अवलोकन गर्न आउने र अगामी बर्षमा यसको निकास निकल्ने आश्वासन दिँदै आएको पुनरावृति यस बर्ष पनि भएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुनासो गरे । गाउपालिकाको सिमिति बजेटले सो डुबान नियन्त्रण गर्ने कार्य सम्भवन छैन्,उनले भने,प्रदेश र संघले बजेट छुट्टयाई दिईदैन् । वास्तविक लागत र काम गर्नको लागि यथार्थ मार्गचित्रका लागि गाउँपालिकाले डिपिआरसम्म गराई दिइएको छ, उनले थपे,सो डिपिआर प्रदेश र संघ दुबै प्रदेशका साँसदलाई उपलब्ध गराइएको छ ।
तर विगत तिन दशक देखि उपेक्षामा रहेको उक्त डुबान क्षेत्र यस बर्ष पनि उपेक्षामै परेको देखियो । यसले डुबान क्षेत्रका जनतालाई निराश बनाएको छ ।
विगत तिन दशक देखि धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानीयले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको छैन्,गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाइएको थियो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पु¥याउने थियो ।
सरावल गाउँपालिकालाई दुई वटा संघीय निर्वाचन क्षेत्र जोडेको हुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रूपमा सरावलका जनताले मतदान गरेका छन् । संघिय सरकारबाट बजेट ल्याउनका लागि दुबै जना साँसदले पहल गर्नु पर्ने हो । दुई जना प्रदेश साँसदले पनि पहल गर्नु पर्ने हो,तर त्यहाँबाट पनि धनेवा खोला ब्यवस्थापनका लागि पहल हुन सकेको छैन् । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए । त्यसै गरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउँपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद देवकरण कलवार पनि छन् ।
उनका अनुसार धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ । धनेवा खोलाको अधिकाँस भाग सरावल गाउँपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उद्गम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ ।
विगत बर्षमा खुल्ला रूपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरूको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ती साईफनहरू बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुँदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।