ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अघि बढ्यो कर्णालीको दोस्रो पञ्चवर्षीय योजनाको काम

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

सुर्खेत, ३ भदौ ।

नयाँ पदाधिकारी पाएसँगै कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षिय योजना निर्माणको कामलाई अगाडि बढाएको छ । आयोगमा पदाधिकारी नहुँदा योजनाको काम अगाडि बढ्न सकेको थिएन ।

कर्णालीको प्रथम पञ्चवर्षीय योजनाको समयाअवधि असारमा सकिएको छ । साउनदेखि दोस्रो पञ्चवर्षिय योजना लागु हुनुपर्ने थियो तर पदाधिकारी नहुँदा योजना नै बन्न सकेको थिएन । सरकारले २०७६÷०७७ देखि २०८०÷०८१ सम्म कार्यान्वयन गर्ने गरी प्रथम पञ्चवर्षिय योजना ल्याएको थियो । साउन महिनादेखि दोस्रो पञ्चपर्षीय योजना लागू गर्नुपर्नेमा अहिलेसम्म पञ्चवर्षीय योजना निर्माण हुन सकेको छैन । समय–समयमा भइरहने सरकार फेरबदलले पञ्चवर्षीय योजना निर्माणमा प्रभाव परेको देखिन्छ ।

२०८० चैत महिनादेखि रिक्त रहेको आयोगको उपाध्यक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त भएका छन् । सदस्यमा डम्बरबहादुर रावल र अशोकनाथ योगीलाई नियुक्त गरिएको छ । साउन २४ गते नियुक्त भएका पदाधिकारीले योजना निर्माणको काम अगाडि बढाएका छन् ।

नवनियुक्त उपाध्यक्ष योगीले दोस्रो पञ्चवर्षिय योजनालाई पूर्णता दिने काम भइरहेको बताए । अबको दुईमहिनाभित्र दोस्रो पञ्चवर्षीय योजना लागू गरिने बताए । उनले कृषि र उत्पादनलाई जोड दिँदै रोजगारी सिर्जना पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । ‘योजनाको ड्राफ्ट जिरोमा छोडिएको रहेछ, त्यसलाई पूर्णता दिने काम भइरहेको छ’ उपाध्यक्ष योगीले भने, ‘हामीले कामको जिम्मेवारी बाँडफाड गरि काम अगाडि बढाएका छौ र सरोकारवाला निकायसँगको भेटघाट तथा तथ्यांक संकलनको काम भइरहेको छ ।’ यस अघि निर्माण भएको ड्राफ्टमा धेरै विषयहरु छुटेको र त्यसलाई पूर्णता दिनको लागि काम भइरहेको उनले जनाए ।

‘दोस्रो पञ्चवर्षीय योजनाको बारेमा बुझ्दै छु, त्यसमा भएका राम्रा कुरालाई अँगाल्ने र केही थपघट गर्नुपर्ने भए गरिने छ,’ उपाध्यक्ष योगीले भने, ‘अबको दुई महिनामा दोस्रो पञ्चवर्षीय योजना लागू हुन्छ ।’ उनले पर्यटन, कृषि र जलस्रोत मुख्य प्राथमिकताका विषय रहने बताए । यस्तै, सामाजिक क्षेत्र, विद्युतीय सेवा, उद्योग, शिक्षा, स्वास्थ्यलाई आत्मसाथ गर्दै करको दायरा बढ्ने क्षेत्र पहिचान गरी नागरिकलाई प्रत्यक्ष लाभान्वित पुग्ने र राज्यसँग दिगो अर्थतन्त्रलाई मद्दत पुग्ने गरी योजना ल्याइने योगीको भनाइ छ । निजी क्षेत्रसँग छलफल गरेर उनीहरूका महत्वपूर्ण कुरा समेत समेट्ने पनि उनले जनाए ।त् यसैगरी पर्यटनमा नयाँ सम्भावना खोज्ने, कृषिलाई उत्पादनमा जोड्ने, विकास निर्माणका कार्यक्रम उत्पादनसँग जोड्ने गरी योजना तय गर्ने उनले बताए ।

यस्तै योगीले लगानी सम्मेलन आफ्नै कार्यकालभित्र हुने बताएका छन् । २०७६ सालदेखि नै तयारी थालेको लगानी सम्मेलन बेला बेलामा सरकार परिवर्तन भइरहदा अहिलेसम्म हुन सकेको छैन । गएको वैशाख तेस्रो सातातिर गर्ने तयारी भइरहेको अवस्थामा केन्द्रमा राजनीतिक समीकरण बदलिएपछि स्थगित भएको हो । चैत महिनामै पदाधिकारीहरू बाहिरिएपछि आयोगको काम अघि बढ्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?