ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बाँझोपनाको उपाय खोज्न पशुमा भिडियो एक्सरे

आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन् क्षमता ह्रास आउने अनि पशुमा बाँझोपन देखिने गर्छ । पशुमा गर्भाधानपछि विभिन्न कारणले भु्रणको राम्रोसँग विकास हुन नसक्दा पशुमा गर्भ तुहिने समस्या देखिने गरेको छ ।
२ भाद्र २०८१, आईतवार
२ भाद्र २०८१, आईतवार

बुटवल, ०२ भाद्र । रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ मा एक पशु फार्ममा पालेका ७ वटा उन्नत नश्लका गाईमा पटक पटक कृत्रिम गर्भाधन गराएपनि गर्भ बस्न सकेन । गाईमा सबैमा यस्तो समस्या आएपछि किसानले उक्त गाई न बेच्नु, न छाडा छाड्नु उनलाई घाँडो भयो ।

पटक पटक यो विषयमा पशु चिकित्ससँग सल्लाह गरेपनि सबै गाईमा नै बाँझोपनाको उपचार संभव भएन । अन्त्यमा किसानले ति गाई यत्तीकै छाडा छोडी दिए । धेरै दूध दिने भनि भारतबाट आयात गरिएका ती सबै गाईमा समस्या आएको पिडीत किसानको भनाई छ ।

यसरी पशुचौपायमा बाँझोपना बढ्दै गएपछि प्रदेश सरकारले युजीसी (भिडियो एक्सरे) सहितको बाँझोपना पत्ता लगाउने गरी डोर टु डोर कार्यक्रम सञ्चालन अभियान जारी राखेको छ । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका अनुसार किसानले पालेका पशु चौपायमा बाँझोपना लगायतका समस्या पत्ता लाउनको लागि स्थानी जिल्ला स्थिति भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको समन्वयमा स्थानीय पालिकाका पशु सेवा प्राविधिको सहयोगमा घर गोठमा नै गएर बाँझोपना पत्ता लगाउने अभियान नै जारी राखेको हो ।

गत बर्ष प्रदेशले डोर टु डोर कार्यक्रम अन्तर्गत २ हजार २ सय १६ पशु चौपायमा यो सेवा प्रदान गरेको छ । किसानको घर गोठमा नै गएर उपचार गरेको छ । एक बर्षमा १ हजार ८६ जना किसानको २ हजार २ सय १६ वटा चौपायामा यो सेवा प्रवाह गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त महादिर्नेशक डा. प्रवेश सिंह कुँवर बताउँछन् । उनका अनुसार सबैभन्दा बढि रूपन्देहीमा ३ सय ४१ वटा चौपायमा बाँझोपना निवारणको लागि उपचार सेवा प्रदान गरिएको छ भने प्रदेशमा सबैभन्दा कम प्यूठानमा १ सय २ वटा चौपायमा सेवा प्रदान गरिएको हो ।

पटक पटक कृत्रिम गर्भाधान गराउँदा वा भाले मार्फत प्राकृतिक गर्भाधान गराउँदा समेत चौपायमा गर्भ नबस्ने समस्या आएपछि पशुचिकित्सक सहितको प्राविधिक टोलीले भिडियो एक्सरे मिसिन सहित उपस्थित भएर पशु चौपायको चेकजाँच गरी औषधी उपचार गर्दै आइएको नि.महानिर्देशक कुँवरको भनाई रहेको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सरकारले ४९ पटक पशु स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । जसमा साना पशु ४३ हजार १ सय ५९ वटा, ठुला पशु १२ हजार ६७ वटा र पंक्षी २८ हजार ८ सय ५७ र मत्स्य २ सय २ वटा मा उपचार शिविर सञ्चालन गरिएको थियो । सोही अवधीमा २ हजार ३ सय २३ वटा छाडा चौपायको स्थायी बन्ध्याकरण समेत गरिएको छ ।

यस्तै पशु स्वास्थ्य उपचार सेवाहरूमा मेडिकल उपचार, मेजर सर्जिकल उपचार, सर्जिकल उपचार, गाईनोक्लोजीकल उपचार, बन्ध्याकरण, अन्तरिक परजीवी नियन्त्रण, बाह्य परजीविको समेत उपचार गरेको छ । जसबाट १ लाख ९२ हजार मेडिकल उपचार, ८४४ को मेजर सर्जिकल, सर्जिकल ५ हजार ७७८, गाईनो ४९००, बन्याकरण १ लाख ११ हजार १ सय २२, अन्तरिक परजीवि १ लाख ५२ हजार ८ सय ४७ जनामा उपचा गरिएको छ । यस्तै बाह्य परजीविमा ७० हजार ६ सय २८ को उपचार गरिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक लोकराज भुषाल बताउँछन् ।
निर्देशनालयले संघीय सरकारले खरिद गरेर उपलब्ध गराएको खोप कार्यक्रम समेत निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।

बाँझोपनको समस्याले नेपाली किसानले वार्षिक अर्बौं रुपियाँको क्षति बेहोरिरहेका छन । देशव्यापी २० प्रतिशत पशुमा बाँझोपनको समस्या देखिने गरेको छ । यो भनेको प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या हुनु हो सन्तुलित खाना र औषधि खुवाउन सके बाँझोपनको समस्या कम हुन सक्छ । पटक–पटक राँगो र गोरु खोजिरहने, गर्भ तुहिने, ब्याउन नसक्ने जस्ता समस्या पछिल्लो समयमा बढिरहेको छ ।

बरिष्ठ पशु चिकित्स भुषलका अनुसार नेपालमा अधिकांश पशुका गोठ राम्रा नभएको र कृषकले सरसफाइमा ध्यान नदिँदासमेत पशुमा सङ्क्रामक रोग लाग्ने गरेको छ । यही कारणले हरेक वर्ष भैँसी आयात बढिरहेको छ । पशुले भाले खोजेको समयमै कृत्रिम गर्भधारण वा प्राकृतिक गर्भधारण गराउँदा कृत्रिममा ६५ र प्राकृतिकमा ८५ प्रतिशतसम्म गर्भ रहने सम्भावना रहन्छ ।

पशुमा बाँझोपन हुनुमा वंशाणुगत, वातावरणीय र विभिन्न रोगको सङ्क्रमण, पोषण तत्वको कमी, गोठको व्यवस्थापनमा हुने कमजोरी प्रमुख कारण हुन । दुधालु पशुले उचित दानापानी नपाएमा पशुको शरीरको तौल कम हुने, प्रजनन अङ्ग राम्रोसँग विकास नहुने, प्रजननका लागि आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन क्षमता ह्रास आउने अनि पशुमा बाँझोपन देखिने गर्छ । पशुमा गर्भाधानपछि विभिन्न कारणले भ्रूणको राम्रोसँग विकास हुन नसक्दा पशुमा गर्भ तुहिने समस्या देखिने गरेको छ ।

गाई, भैँसीको उत्पादनशील उमेर तीनदेखि आठ वर्ष हुने भएकाले त्यस समयमा पशुको विशेष ख्याल गर्नुपर्छ । प्रजननसँग सम्बन्धित समस्या भएमा उपचार पनि महँगो हुने र कहिलेकाहीँ उपचारले पनि काम नगर्ने हुँदा पशुलाई बथानबाटै हटाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?