ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

आचार्यलाई वनमन्त्री बादशाह महङ्गो !

मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाहलाई गत ९ साउनमा मन्त्री नियुक्त गरेका उनी अहिले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री छन् । ०७८ मा सरकारले गठन गरेको छानबिन समितिले नै कुर्मी अपहरण तथा बेपत्ता प्रकरणमा बादशाहको भूमिका शंकास्पद देखिएको उल्लेख छ । बादशाहलाई मन्त्री बनाएपछि अधिकारकर्मीहरू माइतीघर पुगेका छन् ।
२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

बुटवल, २६ साउन ।
संविधानको मर्म र भावना विपरित महिलाका मुद्दाहरूलाई कुल्चिने काम अहिलेको सरकारले गरेको भन्दै बाँकेकी निर्मल कुर्मीको न्यायको लागि शुक्रबारदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन सुरु भएको छ । अहिलेको सरकारले पीडितलाई अझै पीडा दिएर अपराधीको संरक्षण गर्दै राज्य सञ्चालनको जिम्मा दिएर संविधानको धज्जी उठाएको अधिकर्मी रुवि खान बताउँछिन् ।

लोकतन्त्रको भावना र संविधानको मर्म विपरित सरकारको असंवेदनशील कदम विरुद्ध नेपालको संविधान हातमा बोकी पाँचौ चरणको शान्तिपूर्ण अन्दोलन सुरु गरेको उनले बताईन् । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि आफूहरूलाई कमजोर बनाउन खोज्दै मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाहलाई ९ साउनमा बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट सरकारमा गएका उनी वन तथा वातावरणमन्त्री छन् । २०७८ असोजमा उनीहरू नेपालगञ्जबाट १९ दिन पैदलै हिँडेर काठमाडौंसँग न्याय माग्न आएका थिए । ०७८ मा सरकारले गृहमन्त्रालयका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले नै कुर्मी अपहरण तथा बेपत्ता प्रकरणमा बादशाहको भूमिका शंकास्पद देखिएको उल्लेख छ । उनमाथि अनुसन्धान गर्नुको साटो मन्त्री बनाएपछि अधिकारकर्मीहरू चौथो पटक माइतीघर आइपुगेका छन् ।

कांग्रेसले २०७९ मंसिरमा प्रदेश सभाको टिकट दिएपछि उनी बाँके ३ (ख) बाट निर्वाचित भए । सहमति बमोजिम अनुसन्धान प्रक्रिया बढाउनुको साटो कुर्मीलाई प्रदेश सांसद चुनिएपछि आन्दोलन टोली ०७९ पुसमा काठमाडौं आएका थिए ।
तीन बुँदे माग राख्दै उनीहरूले शुक्रबारदेखि पाँचौ चरणको आन्दोलन सुरु गरेका हुन् । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाईयोस्, कुर्मी हत्या मुद्दा तत्काल अदालत पु¥याइयोस् आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरियोस् भन्दै उनीहरूले आन्दोलन पुनः सुरु गरेका हुन् ।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा शरिर बन्धक, कर्तव्य ज्यान मुद्धा र सम्पत्ति हिनामिनामा संलग्न रहेको भनिएका बादशाह कुर्मीले साउन ९ गते लुम्बिनी प्रदेशको मन्त्रीको रूपमा सपथ लिएका हुन् । अहिले उनले वन मन्त्रीको जिम्मा पनि पाइसकेका छन् ।
को हुन् निर्मला कुर्मी ?

०६२ सालमा श्रीमानको मृत्यु भएपछि नेपालगञ्जकी निर्मला कुर्मी २ छोरासँग बस्दै आएकी थिइन् । तर, ०६६ सालमा दुवै छोराको केवल १० दिनको फरकमा शंकास्पद मृत्यु भएपछि त्यसको छानबिन हुनुपर्ने माग उठाउँदै आएकी थिइन् ।
२ छोराको मृत्युमा बादशाह कुर्मी संलग्न रहेको र बेलाबेलामा ज्यान मार्ने धम्कीसमेत दिँदै आएको बताउँदै कुर्मीले प्रशासन पनि गुहारेकी थिइन् । तर, उनले कुनै सहयोग नपाएपछि आफूहरूको सम्पर्कमा आएको रुबीको दाबी छ । उनी ०६६ माघमा महिला अधिकार मञ्च, बाँकेका आफूले न्याय नपाएको गुनासो लिएर पुगेकी थिइन् ।

श्रीमान र २ छोरा गुमाएपछि निर्मला एक्लै भएकी थिइन । माइती र घर सबैतिर कमजोर भएपछि उनको सम्पत्तिमाथि आँखा लगाएका थिए । अधिकारकर्मी खान भन्छिन्, ‘बादशाहले नै विष खुवाएर मारेको भन्ने उहाँको भनाइ थियो । कति सत्य हो, त्यो अनुसन्धान त हुनुप¥यो ।’
दुई छोराको शंकास्पद मृत्यु भएपछि लामो समयदेखि अनुसन्धान माग गर्दै आएकी निर्मला ०७५ सालमा बेपत्ता भइन् । त्यतिबेला उनको नाममा रहेको करिब ४ बिघा १० कट्ठा जमिन भूमाफियाको कब्जामा परेर विभिन्न व्यक्तिको नाममा दर्ता भइसकेको थियो । त्यसपछि ०७८ कात्तिकमा कुर्मीको भारतमा मृत्यु भएको बाहिरिएको थियो ।

घटनाका प्रमाण सरकारकै प्रतिवेदन भएको र आफुहरूसँग भएका सहमति हुँदाहुँदै पनि सरकार पिच्छे न्याय मार्ने काम भइरहेको रुवी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?