ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

खुमबहादुरको विरासत जोगाउन मत माग्दै छोरा अनुराग

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

लमही,३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन पछि उनको विरासत थाम्नका लागि उत्तराधिकारीका रुपमा छोरा अनुराग खड्का राजनीतिको फ्रन्ट लाइनमा उभिएका छन । नेपाली राजनीतिमा छुट्टै छवि बनाएका नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुराग यतिबेला बाबुको सपना सकार पार्न भन्दै आसन्न प्रदेश सभा सदस्यको निर्वाचनमा दाङ – १ ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवा रबनेका छन् । उनले नेकपा एमालेका प्रत्यासी कुलबहादुर केसीसंग प्रतिस्पर्धा गर्दैछन् ।
खुमबहादुर पक्षधरको उनका छोरालाई दोस्रो खुमबहादुरका रुपमा देख्न चाहेको जिल्लामा चर्चा छ । छोरा अनुराग पनि बाबु जस्तै साहसी, तुरुन्तै डिसिजन गर्न सक्ने र चतुर बनोस भन्ने शुभ चिन्तकहरुको चाहना छ ।
योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, सुशिला चौधरी र अनुराग खड्का प्रतिनिधि सभा सदस्य तर्फ दाङ – १ बाट सिफारिसमा परेका थिए । दाङ – १ मा प्रतिनिधि सभा सदस्य तर्फको भागबण्डा एकीकृत समाजवादीलाई परेपछि योगेन्द्र चौधरीले समानुपातिक रोजे, अनुरागले प्रदेशमा झर्ने मनस्थिति बनाएपछि उनि निकट नेताहरुले प्रदेशको लागि लविङ्ग गरेका थिए भने अन्य नेताहरु पछि हटेका थिए ।
दाङ– १ कांग्रेसका स्वर्र्गीय नेता खुमबहादुर खड्काले प्रायः चुनाव जित्दै आएको क्षेत्र हो । अहिले यो क्षेत्र एकीकृत समाजवादीलाई परेको छ ।
कुनै बेला नेपाली राजनीतिमा प्रभाव जमाएका कुशल राजनीतिज्ञ खुमबहादुरको बिरासत जोगाउने अभिभारा यतिबेला छोरा अनुरागको भागमा परेको छ । थारु र यादव समुदायको बाक्लो बस्ती रहेको दाङ – १ मा खुमबहादुर नरहे पनि उनका पक्षधर अनुरागले टिकट पाएपछि खुसी देखिन्छन । त्यसो त खुमबहादुरमाथि विपक्षीहरुले भ्रष्ट र सत्ताको आडमा गुण्डागर्दी र आतंक मच्चाउने नेताका रुपमा आरोप लगाउने पनि गर्दथे ।
अनुराग बाबुको निधन पछि नेपाल फर्किएर राजनीतिमा इन्ट्री गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?