ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

‘विदेशमा देखें, यहाँ गर्दैछु’

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

बुटवल, २७ असार । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी मिना बेल्बासे ९ वर्षसम्म रसियामा बसेर नेपाल आएकी हुन् । उनले अहिले योगीकुटीमा तिनाउ कटेज सञ्चालन गरिरहेकी छन् । लामो समयसम्म विदेशी भूमिमा काम गरेको अनुभवले उनलाई व्यवसायी बनाएको हो । मिना भन्छिन् यहाँ त महिलाहरू घरकै मात्रै काम गर्नुपर्छ भन्ने छ ।
विदेशमा महिलाले पनि ठूला ठूला व्यापार व्यवसाय गरेको देखँे । मलाई नि त्यसरी काम गर्ने रहर जाग्यो । त्यहाँबाट देखेर नै मैले आफुलाई व्यवसायीको रूपमा स्थापित गर्ने कोसिस गरेकी छु । गएको ६ वर्षदेखि मैलै यो होटल सञ्चालन गरेकी हुँ । रामैै्र चलेको छ । १० जना कर्मचारी छन् उनीहरूले काम गरेका छन् । न्यूनतम १० हजार देखि २५ हजार सम्म तलव दिएको छु । मिना भन्छिन् मैले होटलमा सबै काम गर्छु पकाउने देखि व्यवस्थापनको जिम्मा पनि मेरो छ । यहाँ श्रीमानको पनि साथ सहयोग छ तर पनि धेरै जिम्मेवारी म माथि छ । यहाँ आउने ग्राहकहरूलाई मैले चाइनिज, नेपाली, भारतिय सबै प्रकारका खानेकुरा खुवाउने गरेको छु । मेरोमा पारिवारिक ग्राहकहरू धेरै हुनुहुन्छ । होटलमा म साहु हुँु भन्नै नै लाग्दैन । म पनि कामदारसँगै काम गर्छु र सफल भएको छु । यसरी काम गर्न मैले विदेशमा विदेशीले गरेको देखेर सिकेको हँु । यहाँ हाम्रोमा त साहुले केहि गर्न हुन्न भन्ने मान्यताले नै धेरैको व्यवसाय फस्टाउन नसकेको हो ।
बुटवल १३ की सिता आचार्य केआरएस आईक्रिम उद्योगकी सञ्चालक हुन् । उनले पनि आफनै पौरखमा उद्योग सञ्चालन गरेकी छन् । खुल्ला बजारमा बेच्ने धेरै कामदार छन् उनीहरूले जति बेचे त्यति पैसा कमाउन सक्छन् ।
त्यो बाहेक अरू काम म आफैले गनर्’ पर्छ । यो विशेष गरी सिर्जनको व्यवसाय हो यसबाट वर्ष दिनभरीको कमाईलाई यो सिर्जनमा नै आफनो सबै आम्दानी निकाल्नु पर्छ । सिता भन्छिन्–आजभोली त विवाह पार्टीहरूमा पनि आईक्रिमको माग बढी छ यसले पनि व्यवसायलाई राम्रो गरेको अनुभव छ उनीसँग । विगत ६ वर्ष देखि यो उद्योग चलाईरहेकी सिताको एक छोरा छन् । विहे गरेको छोटो समयमा नै श्रीमानको मृत्यु भएपछि छोराको लालन पालन र भविष्य खोज्दै उनी विदेशी भूमिमा पुगेकी थिईन । त्यहाँ गरेको कडा परिश्रमले नै उनलाई आज उद्योगी बनाएको हो । उद्योग सञ्चालन गर्नु भन्दा अगाडी दुबईमा लामो समय सम्म काम गरेको अनुभव र विदेशको काम प्रति मोह, लगाब देखेर नै आफूले पनि केही गर्न सक्छु भन्ने हिम्मत निकालेको उनी बताउँछिन् ।

सन्जु थापा दुई सन्तानकी आमा हुन् । सडक दुघटनामा श्रीमानको मृत्यु भए पछि छोराछोरीलाई कसरी हुर्काउने भन्ने पिरलोले उनलाई साईप्रस पु¥याएको हो । तर त्यहाँ आफूले सोंच जस्तो नभए पछि छोटा समयमा नै नेपाल फर्किएर होटल गरेर छोराछोरासँगै घर परिवार धानेको सन्जुको अनुभव छ । विदेशमा गर्ने काम यहि गर्न सके आम्दानी गर्न सकिन्छ भनेर म घर आए यहाँ आएपछि आफ्ना सन्तासँग बस्न पाईन ।
अहिले सन्जुले लुम्बिनी सिटी कलेज नयाँगाँउमा कलेज भित्र क्यान्टिङ्ग सञ्चालन गरिरहेकी छन् । त्योसँगै उनले विभिन्न प्रकारका रोटी तयरा गर्ने प्याकेटिङ्ग गरेर अनलाई व्यवसाय गर्ने गरेकी छन् । विहे पुजाहरूमा आवश्यकता अनुसार अडर आउँछन् म तयार पारेर पठाउने काम पनि गरेको छु । यो चाडपर्वका बेलामा निकै धेरै व्यापार हुने गर्छ ।
शान्ता अधिकारीले बुटवल ८ मा मंगलदीप हर्बल अस्टसुगन्दीत धुप उद्योग सञ्चालन गरेकी छन् । विगत दुई वर्ष देखि उनले यो व्यवसाय सञ्चालन गरेकी हुन् । दैनिक रूपमा एक सय प्याकेट धुप निर्माण गर्ने र एक सय रुपियाँमा एक प्याकेट बिक्रि भईरहेको छ । उनी भन्छिन् मेरोमा धेरै कामदारहरू महिला त्यसमा पनि एकल छन् । यहाँहरूले आफनो घरको काम सके पछि जति धुप बनाउनु हुन्छ त्यति पैसा लिन्छन् । यसरी काम गर्ने अहिले ५ जना काम दार छन् । अधिकारीले विगत ३ वर्ष दुबईको एक फ्याक्ट्रीमा काम गरेको अनुभवले नै नेपालमा आएर काम गर्ने हिम्मत आएको बताईन । अन्जु स्वाँर श्रीमानको मृत्यु पछि सन्तानको भविष्य खोज्दै कुवेत पुगेको बताईन । उनले अर्काको देशमा काम गर्न असाध्यै गाह्रो तर पनि बाध्यता थियो । साना बालबच्चा उनीहरूको पेटका लागि पनि ६ वर्ष विदेशमा बिताए । तयस पछि अलि अलि पैसा पनि भयो आफनै देशमा केहि गरेर पनि बाच्न सकिन्छ भन्ने लाग्यो र म नेपालमा आएर होटल गर्दे थिए लकडाउन भयो समयले साथ दिएन । त्यस पछि होटल छाडेर सिंङगारका सामग्रीहरू बेच्न थाले । यसबाट राम्रै भएको छ र घर व्यवहार चलेको छ । अन्जुले अहिले हिना टेड्रर्स बुटवलको तिनकुनेमा सञ्चालन गरिरहेकी छन् ।

विदेशी भुमीमा बगाएको परिश्रमलाई आफनै देशमा पनि बगाउन सकिन्छ र आर्थिक रूपमा सबल बन्नका लागि महेनत आवश्यक छ भन्ने उदाहरण बनेका यी महिलाहरू साँच्चै नै मन देखि नै खुशी देखिन्छन् । आफनै कमाईमा रमाएकाहरूले स्वभिमानी जिवन बिताएका छन् । तर यी र यसरी व्यवसाय गरेका महिलाहरूलाई प्रोत्साहन गर्न स्थानिय, प्रदेश र संघ सरकारले गलिता कार्यक्रमहरू ल्याउन जरुरी छ । बुधवार बुटवलमा पौरखी नेपालले आयोजना गरेको उद्यमीशीलताको सम्बन्धमा उद्यमी महिलाहरूको व्यवसाय प्रर्वद्धनका लागि क्षमता अधिवृद्धि कार्यक्रममा रूपन्देही जिल्लालाई कार्यथलो बनाएर उद्यम गरिरहेका करिव २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विदेशी भुमीमा सिकेको ज्ञान सीपलाई प्रगोग गरेरआर्थिक आर्यआर्जनसँग जोडिनु असाधयै राम्रो पक्ष रहेको पौरखी नेपालका कार्यक्रम अधिकृत मनिष केसीले बताए । कार्यक्रममा बुटव उपमहानगरपािलका वरिष्ठ अधिकृत दामोदर ज्ञवालीले उद्योगलाई स्थानिय तह सँग जोडेर काम गर्न आग्रह गरे उनले महिलाहरूलाई अगाडी बढाउने धेरै कार्यक्रमहरू नगरमा भएकाले नगरपािलका महिला उद्यमीहरूलाई खोजिरहेको बताए । कार्यक्रममा पौरखी नेपाल रूपन्देहीका कोषध्यक्ष जानकी घिमिरेले महिलाहरूले अतयन्त रामा्र कामहरू गरे पनि प्रचार नहुँदा ओझेलमा परेको बताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?