ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

अतिक्रमण रोक्न वन क्षेत्रको रेखांकन

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

कपिलवस्तु, २२ असार । कपिलवस्तु जिल्लाको सबैभन्दा बढि वन अतिक्रमण भएको क्षेत्र पटनामा आवादी क्षेत्र र वन क्षेत्र बिचको रेखाङ्कन कार्यलाई तीव्रता दिईएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको अगुवाईमा यस बर्ष पनि पटनामा वन क्षेत्रको रेखाङ्कन शुरु गरिएको हो । रेखाङ्कनका क्रममा आवादी क्षेत्र र वन क्षेत्रको साँधमा ट्रेन्च (खाल्डो) खन्ने कार्य गरिएको हो । तयार पारिएको ट्रेन्चका कारण भएको अतिक्रमण हट्ने तथा थप अतिक्रमण हुन नपाउने वातावरण बन्ने छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा बरवाबाट शुरु भएको रेखाङ्कन यस आर्थिक बर्षमा बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाको ठेकही देखी दानापुर, करैलिया हँुदै मेचकुरी डाँडा सम्म गरिने छ ।

यस बर्ष ६ किलोमिटर क्षेत्रमा आवादी र वनको बिचमा २ मिटर चौडाईको टे«न्च बनाएर रेखाङ्कन गर्न थालिएको हो । यस बर्षको रेखाङ्कनले ५ सय हेक्टर वन क्षेत्रको अतिक्रमण हटेर अतिक्रमण नियन्त्रणमा आउने जनाईएको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा बरवा क्षेत्रमा ४ किलोमिटर वन क्षेत्रमा रेखाङ्कन गरिएको थियो । सो रेखाङ्कनबाट १ सय हेक्टर अतिक्रमित वन क्षेत्र नियन्त्रणमा आएको थियो । त्यसैगरि गत आर्थिक बर्षमा बरवा देखि जनमव्यर्थी सामुदायिक वन उपभोक्ता समूहको ढेकही सम्म २ किलोमिटर र भेलरहिया, गोगापुर, बहादुरपुर हुदै गलही सम्मको ८ किलोमिटरमा रेखाङ्कन पुरा भएको थियो । जसका कारण सो क्षेत्रमा ४ सय हेक्टर वन क्षेत्र संरक्षित भएको थियो । सो रेखाङ्कन भएको क्षेत्रको १० हेक्टर क्षेत्रमा यस बर्ष बृक्षरोपण गरिँदै छ ।

गत आर्थिक बर्षमा अतिक्रमण गरेका स्थानीयले टेन्च बनाउने क्रममा वन कर्मचारी र सुरक्षा निकाय माथि आक्रमण गरेका थिए । त्यसैले यस बर्ष वन कर्मचारी, वन समूहका प्रतिनिधि, वनका सुरक्षाकर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली रेखाङ्कनमा सुरक्षाका लागि खटाईएको छ । वन क्षेत्रको रेखाङ्कन गर्न ५ वटा एक्साभेटर र जेसिवी प्रयोग गरिएको छ । अतिक्रमण नियन्त्रणको पहिलो चरण अन्र्तगत रेखाङ्कन गरिने र सो पश्चात अतिक्रमित वन क्षेत्रमा बृक्षरोपण गरिने मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवालले जानकारी दिए । “वन अतिक्रमण रोकथाममा हामी सदैव प्रयासरत छौं । गत बर्ष १० किलोमिटर क्षेत्रमा, अघिल्लो बर्ष ४ किलोमिटरमा र यस बर्ष बर्ष ६ किलोमिटर क्षेत्रमा रेखाङ्कन पुरा गर्दै छौं । रेखाङ्कन पहिलो स्टेप हो । यस पछि बृक्षारोपण सहित वन क्षेत्र संरक्षणका कार्यलाई प्राथमिकता दिन्छौं ।” अध्यक्ष जयसवालले भने । उनले अतिक्रमण हटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा डिभिजन वन अधिकृत बिजयराज सुवेदीको प्रशंसा गरे । जिल्लामा सबैभन्दा बढि वन अतिक्रमणमा परेको पटनामा मायादेवी साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा सबै भन्दा बढि अतिक्रमण छ । त्यसैगरि जनमव्यर्थी सामुदायिक वन, कालिका सामुदायिक वन, बुद्ध सामुदायिक वन र राजापानी सामुदायिक वनको क्षेत्रमा वन अतिक्रमण भएका छन । रेखाङ्कन पश्चात अतिक्रमण रोक्ने कार्यले वन संरक्षण र व्यवस्थापनमा टेवा पुग्ने देखिन्छ । डिभिजनल वन अधिकृत बिजयराज सुवेदीको अगुवाईमा वन अतिक्रमण नियन्त्रणका लागि चलाईएको नमुना अभियानले उपभोक्ताको हित र वनको संरक्षणमा सहयोग पुग्ने साझेदारी वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सह–अध्यक्ष जयप्रकाश पाण्डेयले बिश्वास जनाए । रेखाङ्कन गर्न थालिएको पटना क्षेत्रमा रुखको बोक्रा ताछेर रुख सुकाउने मात्रै नभई जंगलमुनी नै खेतीपाती गर्ने अनौठो अतिक्रमण छ ।

पछिल्ला ३ बर्ष यताको आवादी र वन क्षेत्र बिचको रेखाङ्कन र सो पश्चात गरिने बृक्षारोपणले पटना क्षेत्रमा १ हजार हेक्टर वन अतिक्रमण मुक्त हुने डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले दावी गरे । “अनौठो अतिक्रमणले आवादी क्षेत्र र वन क्षेत्र छुट्याउनै समस्या पा¥यो । त्यसैले रेखाङ्कन गरि वन संरक्षण गर्ने कार्यलाई अगाडी बढाएका हौं” सुवेदीले भने ।

यस बर्ष रेखाङ्कन र सिमाङ्कन गरिएका क्षेत्रमा आगामी बर्षबाट अतिक्रमण नियन्त्रण गरिने उनले स्पष्ट पारे ।डिभिजन वन कार्यालय कपिलवस्तुको रेकर्डमा सो डिभिजन अन्तर्गत १ हजार ५ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्यांक छ । तर जंगलमुनी गरिएको खेतीपातीको तथ्याकं जोड्ने हो भने सो डिभिजनल वनको क्षेत्रमै ३ हजार हेक्टर वन अतिक्रमणमा परेको प्रमुख सुवेदीको बुझाई छ । यस बर्ष पटना सहित गौतम बुद्ध साझेदारी वन क्षेत्रमा ३ हेक्टर वन क्षेत्रमा अतिक्रमण हटाएर बृक्षरोपण गरिएको छ । त्यसै गरि पृथ्वी सामुदायिक वनमा ६ हेक्टरको वन अतिक्रमण हटाई बृक्षारोपणको तयारी हुदै गरेको, जनज्योती सामुदायिक वनमा ७ हेक्टरको अतिक्रमण हटाई बृक्षारोपण भएको र देवीस्थान सामुदायिक वनको ७ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाउने तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । जिल्लाको अतिक्रमित वन क्षेत्रलाई व्यवस्थित गर्न आफूहरू प्रतिबद्ध रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?