ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नसर्ने रोगले थलिए ग्रामीण महिलाहरु

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

पाल्पा ।

मित्याल गाउँपालिकाकी मनमाया सुनारी आङ खस्ने समस्या बोकेर हिंडिरहेकी छन् । सानो उमेरमै विवाह र विवाहको केही समयमै तीन सन्तानकी आमा बन्नु प¥यो । आराम गर्नुपर्ने समयमा कामको बोझसंगै पोषिलो खानाको अभावका कारण आङ खस्ने समस्याले थलिएको उनी बताउँछिन् ।

सुनारीसंगै पार्वती सोती पनि विगत १४ वर्षदेखि आङ खस्ने समस्याले थलिएकी छिन् । स्वायत्त भनिने स्थानीय, प्रदेश सरकारको स्वास्थ्य क्षेत्र, प्रदेश सरकारको स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा नपदा जनचेतनाका कारण यस्ता रोगबाट ग्रसित भएका हुन् ।

संविधानमा मौलिक हकका रुपमा राखिएको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा समुदायमा आधारित स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा महिलाहरु आङ खस्ने समस्याले ग्रसित भएका हुन् । माथागढी गाउँपालिका बहादुरपुरकी ३८ वर्षीय शोभा बाह्रघरे भन्छिन् “समुदायमा आधारित स्वास्थ्य शिक्षा कार्यक्रम नै लागु भएको छैन ।”

स्थानीय सरकारका प्रमुख वा संघीय सरकारका प्रमुखहरु स्वास्थ्य क्षेत्रमा आएपनि समस्या समाधान भएन । माथागढी गाउँपालिकाका प्रमुख र उपप्रमुख पनि स्वास्थ्य क्षेत्रबाट आएका भएपनि समस्या प्रतिदिन जटिलतातर्फ धकेलिएको स्थानीयहरु बताउँछन् । रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी ५७ वर्षीय सुभद्रा खनाल पनि आङ खस्ने समस्याले लामो समयदेखि पिडा बोकेको बताउँछिन् । आफ्नो समस्या यस्तो भयो भनेर कसलाई सुनाउनी पहिला पहिला लाज लागेर कसैलाई भन्नै सकिएन । २० वर्ष सम्म आङ खस्ने समस्याले कसलाई सुनाउनी सुनाए । सुनाए पनि रोग आफै भित्र रहने हो । पछि परिवार नियोजनले ग्रामीण बस्तीमा संचालन गरेको शिविरमा गरेको स्वास्थ्य परीक्षण गरेपछि नसर्ने रोगबाट ग्रसित महिलाको अवस्था खुलेको हो ।

रिब्दिकोट गाउँपालिकाको फेककी बिष्णु कुमारी दर्जी समेत कलिलो उमेरमा वैवाहिक सम्बन्धमा बाँधिएकी महिला हुन् । सानो उमेरमा विवाह कलिलै उमेरमा बच्चाको आमा त्यसपछि गाउँको परिवेश मेलापात, पेटभरी खानाको पनि अभावका कारण आज आङ खसेर हिंड्न बाध्य भएको बताइन् । यो पनि एक प्रकारको रोग नै हो ।

यो समस्याबाट महिलाहरु जोगिनको लागि सावधानीका विषयमा कही कतैबाट जानकारीमुलक शिक्षा नहुँदा आफु जस्ता थुप्रै दिदीबिहीनीहरु यस्तो रोग पालेर बस्न बाध्य भएको उनी बताउँछिन् ।

यस्तो समस्या आउनुमा महिलाको सानो उमेरमै विवाह हुनु, अशिक्षा, आर्थिक अभाव साथै सुत्केरी अवस्थामा आराम कम गर्नु, पोसिलो खाना नखानु लामो समय सम्म प्रश्रव व्यथा लाग्नु जस्ता हुन् ।

पछिल्लो समयमा यस्तो रोग तथा व्यथाले महिलाहरुलाई आक्रान्त पारेको परिवार नियोजन संघका शाखा प्रवन्धक शोभाकान्त न्यौपाने बताउँछन् । केहीदिन अगाडि वगनासकाली गाउँपालिकामा संचालित शिविरमा १८९२ जना महिलाहरुको पाठेघर परिक्षण गर्दा ३ सय ५० जना यौनाङ्गमा संक्रमण भेटिएको शाखा प्रवन्धक न्यौपानेले बताए । पछिल्ला दिनहरुमा आङ खस्ने समस्या सबै स्थानीय तहमा उत्तिकै समस्याका रुपमा रहेको छ । नेपालमा ५६ प्रतिशत महिला पाठेघर संक्रमणबाट ग्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?