ट्रेंडिंग:

>> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

बिष बनाएर बेचिँदै फलको राजा आँप

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल ।

आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आआफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विषेशता र यो फल खाएर पाईने सन्तुष्टी कै कारण यसलाई फलको राजा भानिन्छ ।

प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टी पाईन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृतिम रूपमा पकाएको आँप मानव स्वास्थको लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मुकदर्शक बनेको छ ।

आँपको इतिहास:

हजारौँ बर्ष अगाडि पूर्वोत्तर भारत, म्यान्मार र बांग्लादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र-फल’ राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाईन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ । दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा ‘आम-काय’ राखिएको छ । जुन बोलचालको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम  बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको ईतिहास छ ।

आँप र बुद्धको बीचको सम्बन्ध:

समय परिवर्तन हुँदै गयो, तर आप प्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समय कालमा आपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको  उदयसंगै, आप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आमलाई एउटा उपहारको रूपमा आदान-प्रदान गर्न शुरू गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आप फल मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।

समृद्धिको प्रतीक आँप:

प्राचीन भारतका शुरुआती लेखक-यात्री मेगस्थनीज र ह्सियुन-त्सांगले लेखेका छन- कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसको अलावा उनीहरूले आप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसको कारण आप भारतभन्दा बाहर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासिहरु र स्वामी चक्रधरको दत्तराय संप्रदायले पनी यस फललाई प्राचीन भारतको  जन-जनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

मुगल कालको अलाउद्दीन खिलजी आपको पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग-अलग किसिमको आपको अलावा केही पनि थिएन । यसको अलावा आपको एउटा छुट्टै कथा छ, जुन आपप्रति मुगलहरुको प्रेम दर्शाउछ । भनिन्छ उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आपको रुख थियो ।

तोतापुरी, रटौल र केसरसहित महंगो जातको आपको  शुरुआत त्यहीँबाट भएको मानिन्छ । यसको अलावा प्राचीनकाल भारतीय शासकहरूसंग जोडिएको आँपको अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।

अंग्रेजहरुले कम गरे आँपको वर्चस्व

यूरोपीयनहरू भारतमा आएपछि आँपको वर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाठ पनी बस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनऊ, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक बर्ष मैंगो फेस्टिवल मनाईन्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा तर को पहिचान गराउन मद्दत गर्छ ।

यस्तो ईतिहाँस बोकेको फलको राजा आँपलाई अतिज्वलनशिल पदार्थ कार्वाईड प्रयोग गरी पलाएर मन्द बिषको रुपमा बनाई रहँदा राज्य मुकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताको कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्वाईड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुर्या अस्पताल वीरगन्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन ।

विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ । त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगन्जका अर्का डा. अशोक दासले बताएका छन । ‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा. दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँपहरु केमिकल राखेर जेठ असारमै सकाई रहेका छन् । यसरी मानव स्वास्थसँग प्रत्यक्ष रूपमा खेलवाड भईरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरु बताछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?