ट्रेंडिंग:

>> ‘सामाजिक सञ्जाल नियमन गरौं’ >> मालपोतको ५ हजार घुस, लेखन्दासले पारे फास्फुस ! >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणः दैनिक २१० जना कामदार काममा >> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप

स्थानीय सामग्रीबाट ‘विद्यालयमा सीप’

सामाजिक विषयको परियोजना अन्तर्गत विद्यार्थीहरू स्थानीय उपलब्ध बाँस, निगालो, अम्रिसोको प्रयोग गरेर डोको (ढाकर) कुचो, मूडा र टोकरी बनाईरहेका छन् । पालिकाले प्लाष्टिकजन्य सामान प्रयोगमा निरुत्साहित गर्ने योजनालाई सफल पार्न विद्यालयले यस्तो सीप सिकाएको हो ।
२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ । पाल्पाको माथागढी गाउँपालिका वडा नं.७ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरू सीप सिकिरहेका छन् । उनीहरूले स्थानीयस्तरमा पाईने कच्चा सामग्री प्रयोग गरेर कक्षा ९, १० र ११ का विद्यार्थीहरूले सीप सिकिरहेका छन् । सामाजिक विषयको परियोजना अन्तर्गतको कार्यक्रममा विद्यार्थीहरू स्थानीय रूपमा उपलब्ध रहेका बाँस, निगालो, अम्रिसोको प्रयोग गरेर डोको (ढाकर) कुचो, टोकरी बनाईरहेका छन् । गाउँपालिकाको प्लाष्टिकका सामान प्रयोगमा निरुत्साहित गर्ने योजनालाई सफल पार्न विद्यालयले यस्तो सीप सिकाएको विद्यालय सहायक प्रधानाध्यापक लिलबहादुर रानाले बताए ।

उनले भने यो सिकाईले स्थानीयस्तरमा प्रसस्त पाईने बाँसलाई प्रयोगमा कसरी ल्याउने भन्ने ज्ञान विद्यार्थीलाई भएको छ । त्यसैगरी बारीका कान्लामा भएको अम्रिसोलाई बुनेर कुचो बनाउन सिकेका छन् । यसको दैनिक रूपमा घरमा प्रयोग हुने भएकाले पनि बजार माग राम्रो हुन सक्ने अपेक्षा विद्यालयले गरेको छ । विद्यालयले विद्यार्थीलाई स्थानीय सीप सिकाएर आत्मनिर्भर गराउने उद्देश्य लिएको छ । त्यसैगरी प्लाटिकजन्य सामग्रीहरू हटाउन सहयोग हुने अपेक्षा गरिएको छ ।

विद्यालयले विद्यार्थीहरूलाई स्थानीय बाँस र निगालोको प्रयोग गरेर स्थानीय घर गाउँमा प्रयोग गर्ने डोको, डाकर, टोकरी र कुचो बनाउन सिकाएको छ । यी घरमा बस्तु दैनिक रूपमा प्रयोग हुँदै आएका छन् । विद्यार्थीलाई यस्ता सीपले दैनिक आम्दानी गर्न पनि सहज हुने विद्यालयका सहायक प्रधानाध्यापक रानाले बताए । उनले अब शिक्षालाई सौद्धान्तिक मात्र नभएर व्यवहारी ज्ञानसँगै अध्यापन गराउन आवश्यक भएको उनको भनाइ छ ।

विद्यालयले अब गाउँटोलमा प्रयोग हुने डस्बीनका रूपमा विद्यार्थी निर्माण गरेका टोकरी प्रयोग गर्ने अभियान सञ्चालन गर्ने बताए । यसले गर्दा गाउँपालिकाले प्लाटिष्क प्रयोग नगर्ने अभियानलाई सहयोग पुग्ने बताए । उनले विद्यार्थी कुचो बनाउँदा पनि बाँसको चोया प्रयोग गरेर प्लाष्टिकको डारी प्रयोग नगरेको बताए । यसले स्थानीयस्तरका कच्चा पदार्थलाई प्रयोग र सदुपयोगमा सहयोग हुने र किसानलाई पनि आर्थिकसँग जोड्ने माध्यम बन्ने अपेक्षा विद्यालयले लिएको छ । विद्यालयको यो सामाजिक परियोजना अन्तर्गतको कार्यक्रम हो । यसमा गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।

स्थानीय कच्चा पदार्थको प्रयोगबाट निर्माण गरिएका सामग्रीलाई बजारसम्म पु¥याउन सके आर्थिक उपार्जनमा समेत टेवा पुग्ने शिक्षक रानाको भनाइ छ । त्यसका लागि विद्यालयले योजना बनाएर काम गरिरहेको छ । बजार सम्म पु¥याउन स्थानीय सरकार, संघसंस्था जनप्रतिनिधि लगायत सबैको सहयोग आवश्यक रहेको छ ।

माथागढी गाँउपालिकाका सुचना अधिकारी नित्यानन्द खनालले विद्यालयले विद्यार्थी सीप सिकाउनु असाध्यै राम्रो काम भएको बताए । उनले स्थानिय कच्चा पदार्थलाई प्रयोग गरेर साम्रगी बनाउनु र त्यसलाई प्रयोगका ल्याउ सक्नु भनेको गाँउपालिका कै लागि नमुना काम भएको बताए । उनले भने–‘विद्यालयका विद्यार्थी बनाएका कुचो डोको डाकर टोकरीले कतै पनि प्लाष्टिकलाई छुदैन । हामीले प्लाष्टिक जन्य बस्तु प्रयोग नगर्न भनिरहदा विद्यालयले डस्बीनका रूपमा टोकरी बनाएर हाम्रो अभियानलाई सार्थक बनाईदिएको छ ।’

यसका लागि विद्यालय परिवार विद्यार्थी भाईबहिनीहरू धन्यवादका पात्र छन् । हामी यस्तो कामका लागि गाँउपालिका सधै विद्यालयले गरेका राम्रा काममा साथमा छौ सुचना अधिकारी खनालले भने । पालिकाका शिक्षा संयोजक प्रेमबहादुर बाह्घरेले पालिका का कक्षा ६ भन्दा माथि चलेका १७ वटा आधारभूत र माध्यमिक विद्यालयमा स्थानीय सीप सिकाइएको जानकारी दिए ।

फरक फरक विद्यालयले कतै एउटै त कतै फरक खालका सीप सिकाउने गरेका छन् । उनका अनुसार पालिकाले उक्त कार्यक्रम गत चैत्र महिनादेखि शुरु गरेको हो । उक्त सीप स्थानीय सीप जानेका व्यक्तिबाट सिकाउने गरिएको छ । कार्यक्रममा पालिकाका कक्षा ६, ७, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीले सिकिरहेका छन् । चालु आवको लागि एक विद्यालयलाई ४० हजार पालिकाले उपलब्ध गराएको छ । पालिकामा ४१ सामुदायिक र ४ संस्थागत गरी जम्मा ४५ वटा विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?