ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पाल्पा–बुटवल खण्डमा फस्टाउँदो सडक व्यापार

२६ जेष्ठ २०८१, शनिबार
२६ जेष्ठ २०८१, शनिबार

पाल्पा, २६ जेठ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डका किनारामा संचालित होटलहरुले उत्तरी हिमालदेखि दक्षिण समथर भूभाग सम्मका यात्रुहरुको भोक र तिर्खा मेटाउँदै आएका छन् । चिसो हावापानी अनि होटलमा राखिएका बास्नादार परिकारले कसको पो मन लोभ्याउँदैन र । भोकै नलागे पनि खाउँखाउँ जस्तो लाग्छ । यही सडक किनारामा होटल व्यवसाय गर्नेहरुको व्यापार राम्रो संग फस्टाएको छ । बुटवल–पाल्पा सडक खण्डमा दैनिक गुड्ने यात्रु बाहक, मालबाहक सवारीका साधनहरुको राजमार्गका होटलहरुमा दैनिक बिश्राम गर्ने थलो नै बनेको छ ।

तिनाउ गाउँपालिकाभित्र पर्ने यस खण्डमा साना ठुला गरेर झण्डै एक सयको संख्यामा होटलहरु संचालित भएका छन् । यहाँ सुस्ताउने यात्रुहरुले खाजा तथा नास्ताको रुपमा आलु प्याज र बन्दाको पकौडा, चुकाउनी, बटुक, चाउमिन जस्ता नास्ता तथा खाजाहरु खाने गर्छन् । घर फर्कने तथा गन्तव्यमा जानेहरु कसैले बटुक, पकौडा, कोसेली स्वरुपबोक्ने गरेको यहाँका व्यवसायीहरु बताउँछन् ।

२०६२ –०६३ को जनआन्दोलनपछि माथि गाउँबाट तल झरी साना साना अस्थायी टहरा निर्माण गरी होटल संचालन गर्ने अभियान चलेको व्यवसायीहरु बताउँछन् । माथिको बस्तीबाट सडक किनारामा बसेका व्यवसायीहरुले व्यवसाय संगसँगै रोजगारीको राम्रो अवसर पाएको स्थानीय राजेन्द्र थापा बताउँछन् । “गाउँ बस्तीमा वन्यजन्तुले खेति सखापै पार्ने भयो बाँच्नका लागि केही त गर्नु प¥यो भनेर तल झरियो । दैनिक ८ देखि १० हजार सम्मको व्यापार भएको र यसैबाट ७ जना परिवारको पालिन पर्ने भएकाले ग्राहकको माग अनुसार खाना तयार गरिन्छ”– उनले भने ।

प्रारम्भिक समयमा सडक कार्यालयले सौता पसे जस्तै व्यवहार ग¥यो । सडक मापदण्ड कहीकतै मिचियो होला तर अधिकांश होटलका टहराहरु मापदण्ड बाहिर नै अस्थायी रुपमा टहरा बनाएर व्यवसाय संचालन गरेका छन् । होटल व्यवसायले सडकको सुरक्षा सम्म गरेका छन् ।

सानो लगानीबाट राम्रो आम्दानी गर्न सफल भएका व्यवसायीहरु राजमार्गको किनारामा पहिले केराबारीमा मात्र थियो । केराबारीमा खाना खाने मात्र व्यवस्था हुन्थ्यो । दिउँसो बिहानको खाजानास्ता कही कतै थिएन । त्यसपछि जोरधारामा सुरु भयो । अहिले त डुुम्रे सम्मै खाजा नास्ताको व्यवस्था भएको होटल संचालक सुन्दर गाहा बताउँछन् । राजमार्गको यस्ता होटलमा निर्मित वस्तु सबै जनजनको जिब्रोमा झुण्डिएको छ । बुटवल देवीनगरबाट गृह जिल्ला आएकी अम्बिका भन्छिन् । हरेक पटक पाल्पाबाट बुटवल फर्किदा आफ्नो घर परिवारको लागि मात्र नभई इष्टमित्रको लागि पनि बटुक पकौडा लैजाने गरेको उनी बताउँछिन् ।

राजमार्ग किनारामा होटल व्यवसाय मात्र होइन कृषि उपज पनि राम्रोसँगै व्यापार हुने गरेको छ । स्थानीय उत्पादनको बजारीकरणको लागि खोज्न नपर्ने भएको छ । तिनाउ गाउँपालिकाको मस्याम, दोभान, कोलडाँडा, तानसेन नगरको तेल्घाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु राजमार्गको किनारामा बिक्री गरेको त्यहाँका कृषकहरुको भनाई रहेको छ । कृषिउपजको राम्रो व्यापार भएको छ ।

मौसमी तथा बेमौसमी तरकारी फलफुल, पाल्पा, गुल्मी, स्याङजाबाट बुटवल तथा राजमार्गमा यात्रा गर्नेहरुले यहाँको तरकारी रोजाइमा पर्ने गरेको व्यावसायी बालकुमारी दर्लामी बताउँछिन् । वर परका घरमा उत्पादन भएका कृषिउपजको व्यापार व्यवसाय राम्रो भएको उनी बताउँछिन् । पाल्पामा उत्पादन भएका कृषि उपजको राम्रो पहिचान भएको छ । ताजाताजा तरकारी भनेपछि सबैलाई हुरुक्कै हुन्छ । यिनै तरकारीहरु तराईदेखि हिमाल सम्म पुग्ने गरेको व्यवसायी दिलकुमारी दर्लामी बताउँछिन् ।

यस सडक खण्ड भएर साना ठुला निजी सार्वजनिक मालवाहक यात्रुबाहक सवारीका साधनहरु दैनिक ४ सय भन्दा बढी गुड्ने गर्छन् । यस्ता सवारीका साधनहरुमा यात्रा गर्नेहरु मध्ये ८० प्रतिशतले यहाँको पकौडा, बटुक ताजा तरकारी फलफुललिने गरेको स्थानीय व्यवसायीहरु बताउँछन् । राजमार्गको किनारामा अस्थायी टहराहरु निर्माण गरेर व्यापार व्यवसाय गरेका व्यवसायीहरु भन्छन्, “राम्रो चलेका होटलहरुमा त वैदेशिक रोजगारीको भन्दा दोब्बर हुन्छ नै ।”

भोलिका दिनहरुमा डिभिजन सडक कार्यालयले सडक बिस्तार गर्ने क्रममा सबै संरचनाहरु हटाउनु पर्दछ । अस्थायी संरचनाहरु हुन प्mयाँकिदिने दिन आउनु भन्दा पहिले खाली जमिनमा व्यापार व्यावसाय गर्दा स्थानीय प्रशासनको टाउको दुखाईको विषय भएको थियो । पछिल्ला दिनहरुमा राम्रो रोजगारीसंगै आयआर्जनको राम्रो माध्यम बनेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?