ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

किसानको नाममा नेताको रजाईंः अनुदानको ७५ लाख हात पारे देवदहका पूर्वमेयर केसीले

२६ जेष्ठ २०८१, शनिबार
२६ जेष्ठ २०८१, शनिबार

बुटवल, २६ जेठ ।

सरकारका विभिन्न निकायबाट किसानलाई प्रदान गरिने अनुदान रकम वा विभिन्न उपकरणहरु वास्तविक किसानसम्म नपुगेको गुनासो धेरै ठाउँमा सुनिन्छ । वास्तविक किसानसम्म नपुगेको केवल पहुँचवाला र सम्पन्न ब्यक्तिले पाउने गरेको गुनासो बढेपछि नेपाल सरकारले त्यस्ता कैयौं परियोजनाहरु खारेज पनि गरेको छ ।

यसैबर्ष नेपाल सरकारले कृषि फर्महरुलाई दिंदै आएको सहुलियतको ब्याज अनुदान कार्यक्रम समेत हटाएको छ भने कैयौं परियोजनाहरु खारेज गर्ने तयारीमा छ । राजनीतिक शक्ति र पहुँचको भरमा किसानलाई दिइने निःशर्त अनुदानको ७५ लाख रकम रुपन्देहीका एक पूर्व मेयरले पनि हात पारेका छन् । नेपाल सरकारले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने किसानलाई अनुदान दिन विश्व वैंकबाट लिएको सहुलियतपूर्ण ऋण रकम पहुुँचवाला नेता कार्यकर्ता समक्ष पुगेको एउटा उदाहरण रुपन्देहीको देवदहमा भेटिएको हो ।

नेपाल सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत संचालित नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) परियोजनाले वितरण गरेको ७५ लाख रुपियाँ निःशर्त (फिर्ता गर्न नपर्ने) अनुदान रकम रुपन्देहीको देवदहस्थित देवदह नगरपालिकाका पूर्व नगरप्रमुख, नेपाली काँग्रेसका नेता हिराबहादुर खत्री (केसी) ले हात पारेका हुन् । देवदहको भलुहीमा शिवगंगा डेरी उद्योग संचालन गर्दै आएका नेता केसीले उक्त परियोजनाको बुटवल इकाई कार्यालयबाट आर्थिक बर्ष २०७६÷०७७ सालमा आफू नगरप्रमुख भएकै समयमा राजनीतिक पहँुचका भरमा हात पारेका थिए । नेता केसी स्थानीय तहको पहिलो निर्वाचनबाट देवदह नगरपालिकाकोे नगरप्रमुखमा निर्वाचित भएका थिए ।

नेता केसीले उक्त एनएलएसआईपी परियोजनाको बुटवल इकाइ कार्यालयका तत्कालीन कार्यालय प्रमुख गान्धीराज उपाध्यायसंग साढे दुई करोडको उपआयोजनाको प्रस्ताव गरेर ७५ लाख अनुदान रकम प्राप्त गरेका हुन् । परियोजनाले लगानीको पचास प्रतिशत मात्र अनुदान रकम दिने गरेको छ । उपआयोजनाको २० प्रतिशत सम्बन्धित किसान आफैै वा समूहले र ३० प्रतिशत बैंकिङ कर्जा देखाउनुपर्ने प्रावधान छ ।

सरकारी अनुदानको रकम वास्तविक किसानको पहुँचमा नभएको चर्चा चलिरहंदा पहुँचवाला नेता कार्यकर्ताले नै यस्तो रकम प्रयोग गरिरहेको तथ्य फेला परेको हो । गत विहीबार परियोजनाको केन्द्रीय कार्यालयबाट अनुगमनमा आएका परियोजनाका कर्मचारी तथा पत्रकारहरुसंग प्रतिक्रिया दिदै पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका हिराबहादुर खत्री (केसी) ले परियोजनाको अनुदान रकमबाट एउटा दुई तले पक्की भवन बनाएको र केही उपकरणहरु खरिद गरेकोे बताए ।

उनले अनुदान रकम प्राप्त गरेकोमा खुसी पनि ब्यक्त गरे । प्राप्त अनुदानले आफ्नो ब्यवसाय विस्तार गर्न सहज भएको उनको भनाई थियो । शिवगंगा डेरी उद्योगबाट दैनिक करिब ७ हजार लिटर दुध संकलन तथा प्याकेजीङ गरी बिक्री बितरण गर्दै आएको पनि उनले जानकारी दिए । अहिले यस उद्योगबाट दुध, दही, मोही, घिउ, कुरौनी, खोवा लगायतको उत्पादन भएको उनले बताए । यस उद्योगबाट दुधका विभिन्न परिकारहरु उत्पादन गरी बजारमा पठाउने गरिएको उनको भनाइ छ । दुधबाट छुर्पी बनाउने तयारी समेत गरिएको उनले उल्लेख गरे ।

अनुगमनमा आएका परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत इश्वरीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७६÷७७ सालमा परियोजना छनौट गरी उक्त रकम केसीको डेरी उद्योगलाई प्रदान गरिएको उल्लेख गरे ।

पहुँचवाला नेता कार्यकर्ताले लाखौं, करोडौं रकम किसानको नाममा प्राप्त गर्ने गरेको तर आफ्नै मेहनतले कृषि गरिरहेका वास्तविक किसानले पाउन नसकेको अनुभव देवदहका स्थानीय कृषक निमकान्त बस्यालले सुनाए । एनएलएसआईपी परियोजना लुम्बिनी प्रदेशका विभिन्न सात जिल्लामा साढे ४५ करोड रकम अनुदान स्वरुप वितरण गरेको जनाइएको छ । यो परियोजना पनि नेपाल सरकारले आगामी असार मसान्तदेखि खारेज गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?