ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

समस्याले जन्मिएकी उद्यमी

पुनः प्रयोग गर्ने सेनेटरी प्याडको उद्योग स्थापना गरेकी अञ्जु थापाले भविश्यमा मिन्सुरेशन पेन्टी पनि बजारमा ल्याउने योजना बनाएकी छिन् ।
२६ जेष्ठ २०८१, शनिबार
२६ जेष्ठ २०८१, शनिबार

बुटवल, २६ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ सरस्वती टोलीकी अञ्जु थापा महिनावारी हुँदा प्रयोग गर्ने प्लाष्टिकको सेनेटरी प्याड प्रयोग गर्दा विभिन्न समस्या झेल्नु पयो । महिनावारी हुँदा बजारमा पाइने विभिन्न प्रकृतिका प्याड प्रयोग गर्दा उनमा एलर्जी हुने, फोका आउने लगायगतका समस्या आयो । त्यसको विकल्पमा उनले कपडाको प्रयोग गर्न थालिन् । एक दिन उनले कपडाबाट नै बनेको प्याड किन नबनाउने भनेर योजना बनाईन् । जसलाई उनले मुर्तरूप समेत दिईन । उनले आफ्नै घरको खाली स्थानमा टहरो बनाएर उनले प्याड उद्योग नै स्थापना गरिन् । अहिले उनको उद्योगमा रियुजएवल (पुनः प्रयोग गर्न मिल्ने) प्याड उत्पादन हुँदै आएका छन् ।

महिला भएपछि महिनावारी समान्य कुरा हो, उनी भन्छीन्, “महिनावारी भएको बेलामा बजारमा रहेका विभिन्न प्लाष्टिक जन्य प्याडको प्रयोगबाट मलाई एलर्जी भयो । बजारका प्लाष्टिक जन्य प्याड प्रयोग गर्न नसक्ने भएपछि मैले आफ्नो लागि नै विकल्प खोजे । अब आफ्नो लागि कपडाको प्याड बनाउँछु ।” सोही सोँच अनुसार पहिला आफ्नो लागिबाट सुरुवात भएको प्याड अहिले उद्योगको रूपमा रहेको छ ।
आफ्नो घरमा रहेको सानो जग्गामा उद्योग स्थापना गरेर सुरुवात भएको उद्योगको सुरुवात लागत जम्मा १३ हजार रूपैयाँ हो । उनले २०७६ साल बैशाख ८ गते देखि उद्योग सुरु गरेकी थिईन ।

अहिले ‘अन्जु रि युजेबल’ प्याड बजारमा पाउँछ । सुरुवातमा हातले चलाउने मेसिनबाट प्याडमा प्रयोग हुने कपडा ल्याएर सुरुवात भएकोका अहिले उद्योगको रूप लिएको छ । अहिले विद्युटबाट चल्ने मसिनबाट पूर्णरूपमा हाईजीन मेन्टेन गरी हामीले पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गरी बिक्रि वितरतण गर्दै आएका आएका हुन उनको यो अभियानमा श्रीमानले पनि साथ दिएका छन् । दुबै जना मिलेर उद्योग चलाउँदै आएका छन् ।

खागरी बजारमा पाईने विभिन्न प्रकृतिका प्याडहरूको प्लाष्टिक जन्य बस्तुबाट बनेको कारण बातावारण समेत प्रदुषण हुने, प्रयोग कर्ता महिलाहरूको लागि लागत समेत बढी हुने भएको कारण हामीले यो एक पटक किनेपछि पुनः धुएर ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने गरी बजारमा ल्याएको सञ्चालक अन्जु थापा को भनाई छ । बजारमा आएको पुनः प्रयोग गर्न मिल्ने प्याड जम्मा २ सय ५० रूपैयाँ पर्दछ । अहिले नेपाल भर हाम्रो बिक्री भैरहेको यसमा प्याडमा प्रयोग हुने पूर्ण हाईजीनिक कपडाको प्रयोग हुँदै आएको छ ।

महिलाको स्वाथ्य बढि संबेदनशिल भएको कारण हामीले यसमा कुनै पनि प्रकृतिको त्रुटि गरेका हुदैन । उत्पादन एक पटकमा २ सय ५० रूपैयाँमा किनेपछि ३ वर्षसम्म किन्नु परेन, अन्य बजारमा भएको भन्दा यो पूर्ण सुरक्षित र प्लाष्टिक रहित रहेको उनको भनाई छ ।
उद्योगबाट अहिले दैनिक ३०० पिस प्याड उत्पादन हुँदै आएको छ । २ जना हामी श्रीमान् श्रीमती, ३ जना अन्य कमदार र एक जना कटिङ्गको बेलामा आउछन् ।

आगमी दिनमो प्याड समेत एट्याज भएको पेन्टी बजारमा ल्याँउदै गरेको सञ्चालक थापाको भनाई छ । उनि भन्छिन् –“जसमा महिला महिनावारी भएको बेलामा प्याड र पेन्टी अलग–अलग लाउनुपर्ने हुँदै । यसलाई हामी महिनावारी पेन्टी नामकारण गरेका छौं । जुन निकट भविष्यमा उत्पादन हुँदैछ ।” उद्योगमा अहिले २५ देखि ३० लाख जति लगानी भएको छ । दैनिक ३ सय बढि प्याड हामीले उत्पादन गर्दै आएकी छिन् ।
उत्कृष्ट उद्यमी बनेर १ लाख पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाएकी थापा तिलोत्तमा नरपालिकाकै उत्कृष्ठ महिला उद्यमीको रूपमा १ लाख पुरस्कर सहित पुरस्कृत भएकी छिन् । तिलोत्तमामा उत्कृष्ट (द्रुतिकृत महिला उद्यमी छनौट)मा उनले उत्कृष्ट हुन्दै १ लाख नगद पुरस्कार समेत पाएकी छिन् । विहिबार तिलोत्तममा आयोजना गरिएको एक कार्यक्रममा बीच सम्मान २०८०/०८१ को अवसरमा नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देवी चौधरी, दायित्वका कार्यकारी निर्देशक शुशित ढकाल लगायतले पुरस्कार प्रदान गरेका हुन् । तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रममा उनलाई उत्कृष्ठ उद्यमकीको रूपमा सम्मान गरिएको हो । दायित्वले तिलोत्तमा नगरपालिका संगको सहकार्यमा चौथो संस्करणमा ८० महिलाहरूबाट २०–२० महिला उद्यमीबाट सबल १० महिला उद्यमी चयन गरेको थियो ।

अन्तर्गत महिला उद्यमीहरूलाई विभिन्न विधामा सक्षमिकरण गर्दै व्यवसायिक योजना, वित्तिय पहुंच, बजारीकरण, प्राविधिक साझेदारी र उद्यम बृद्धिका लागि महत्वपूर्ण आयामहरूमा काम गर्दै छनोट भएका ९ महिला उद्यमीले उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम प्रस्तुत गरेका थिए । जसबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको हो । उत्कृष्ठ भएकी थापाले १ लाख पुरस्कार पाएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?