ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

‘विशेष रक्तदान’ संस्कृति बढ्दै

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ । रूपन्देही सहित देशका हरेक क्षेत्रमा माग हुने रगतको अभाव थेग्ने थलो बनेको बुटवल । यहाँ गरिने विशेष रक्तदान अभियान यो सफलताको कारण हो । रूपन्देहीमा विभिन्न सामाजिक संघसंस्थाहरूले आफनो स्थापना, ब्यक्ति विशेषको जन्मदिन, शुभविवाह उत्सवमा रक्तदान कार्यक्रम नै राख्ने लहर बढेको छ । बुधबार नेपाल स्वयंसेवी रक्तदान समाज रूपन्देहीकी कोषाध्यक्ष तुल्सा न्यौपाने सिहले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रम गरि मनाईन ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र बुटवलमा उनले आफ्नो जन्मदिनलाई सामाजिक कार्य गरि मनाएको बताईन । ‘जन्मदिनमा रक्तदान गरि सानो योगदान दिन पाउदा धेरै खुशी छु,’—उनले भने । ट्राफिक चोकमा भएको वृहत रक्तदान कार्यक्रममा पहिलोपटक सहभागी भएको उनी स्मरण गर्छिन । त्यसपछि उनी निरन्तर रक्तदान गर्दै आएकी छिन । आफ्नो नातेदार, साथीभाईलाई समेटेर कार्यक्रम गर्दा रक्तदानको बारेमा उनीहरू पनि बुझने अवसर पाउने गर्दा दोहोरो फाईदा मिल्ने उनको दाबी छ ।

समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले यो क्षेत्रमा ‘विशेष रक्तदान’ को कल्चर बिकास भएको बताउछन । ‘रक्तदानको कल्चर विकास गरिदा रगत संकलन प्रभावकारी भएको छ,’—उनले भने । समाजका सदस्य तथा रक्तदाताहरूको जन्मदिनमा रक्तदान र केक काट्दै आएकोमा पछिल्लोसमय धेरै जना विशेष कार्यक्रम नै गरेर मनाउने प्रचलनलाई जोड दिन थालेको उनले बताए । न्यूनतम ७–१० हजार रूपैयामा खर्च हुने गर्छ । शुभकार्यमा गरिने सानो खर्चमा ठूलो खुशीसंगै समाजमा महŒवपुर्ण योगदान पुग्ने उनले बताए । समाजकै पदाधिकारी, सदस्यबाट शुरु भएको अभियान अहिले दाताहरूमा छाएको उनले बताए । दुर्लभ र विभिन्न अभाव हुने समूहका रगत उपलब्धतालाई सहज गराउन कार्यक्रमले मदत मिलेको छ ।

तिलोत्तमा नगरपालिकाका नारायण बरालले जेठ ८ गते आफ्नो जन्मदिनमा वृहत रक्तदान गरे । ब्यवसायी समेत रहेका उनि दुघर्टना परेर खुट्टा गुमाएका उनि नियमित रक्तदान गर्दै आएका छन । तिलोत्तमा योगिकुटी निवासी उनी सामाजिक काममा समेत अग्रसर छन । अपांगता भएपनि समाजमा योगदान दिन सकिन्छ भन्ने उदाहरण दिन उनी सफल भएका छन । कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।
यतिमात्र होईन यस क्षेत्रका पत्रकार, ब्यवसायी, उद्योगी, सामाजिक ब्यक्तिहरूलाई चौहानले जन्मदिनमा रक्तदान गर्न प्रोत्साहन दिँदै आएका छन ।

यता दुर्लभ रक्तदाता ईश्वरी गौतम र सम्झना नेपालको जोडीले आफनो वैवाहिक वर्षगाठमा रक्तदान गरे । वैशाख १७ गते १९ औं वर्षगाँठ रक्तदान गरि मनाए । परिवारमा छोरी पनि रक्तदान गर्न लागेको उनी बताउँछन । ३—३ महिनामा खेर जाने रगत दान गर्दा बिरामीको ज्यान बचाउन सकिने हँुदा पनि रक्तदानको महव रहेको उनी बताउँछन । समाजमा सरोकारवालाहरू रक्तदानको महŒव बुझाउन टोलटोलमा पुग्न जरुरी रहेको उनको सुझाव छ ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रका सदस्य सचिव राधा शर्माले दैनिक ८० देखि ९० युनिट रगत खपत हुदै आएको बताईन । यो हिसाबमा यहाँ मासिक २५०० युनिट रगत आवश्यक हुने र यो मागलाई विभिन्न स्वयंसेवी रक्तदाताहरूको सहयोग भैरहेको उनी बताउँछिन । केन्द्रमा एबि पोजिटिभ र बि पोजिटिभ बढी जसो अभाव देखिने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?