ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

पहिलो लैङ्गिकमैत्री नगर बन्ला तिलोत्तमा ?

नेपालमा पहिलो पटक लैङ्गिकमैत्री नगरपालिका तिलोत्तमा हुने तयारी गरिरहेको छ । त्यसका लागि तिलोत्तमाले छलफल, बहस र पैरवीको काम अगाडि बढाइरहेको छ ।
१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार

बुटवल, १४ जेठ । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक निर्माण गरी सोही अनुसारको सूचकलाई आधारमानेर मूल्यांकन गरी लैङ्गिकमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरिएको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार ११ वटा सूचक निर्माण गरी यो विषयमा विभिन्न सरोकारवाला निकाय, महिला क्षेत्रका विज्ञ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लगायतको विषयमा छलफल गरिएको जानकारी दिए ।

नेपालमा पहिलो पटक लैङ्गिकमैत्री नगरपालिका तिलोत्तमा हुने तयारीमा रहेको जानकारी दिँदै नगर प्रमुख खाँणले यसको लागि अन्य छलफल, बहस र पैरवीको काम अगाडि बढाइएको जानकारी दिए । जनप्रतिनिधहरूसँगको छलफल, बहसबाट लैङ्गिकमैत्री नगरपालिका निर्माणको लागि सूचक निर्माण गरिएको र सोही अनुसार सूचक अन्तिम चरणमा लगेपछि सूचक अनुसारको फारम निर्माण गरी जसको ठाउँ ठाउँमा फारम भरेर सोही अनुसार भए वा नभएको विषयमा एकिन गरेर मात्रै लैङ्गिक मैत्री नगरपालिका घोषणा गरिने नगर प्रमुख खाँणले जानकारी दिए ।

देशमा नमुना नगरपालिकाको रूपमा पहिचान स्थापनाको लागि ग्रीन तिलोत्तमा क्लीन तिलोत्तमा, बालमैत्री नगरपालिका सहित अब लैङ्गिकमैत्री नगरपालिकाको अवधारणा अगाडि बढाइएको नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले जानकारी दिइन् । उनले लैङ्गिकमैत्री अवधारणाको नीति वा सूचकहरू अन्य कुनैपनि निकायले हालसम्म पनि निर्माण नगरेको कारण यो विषयमा काम गर्न केही अफ्ठारो भएपनि सोही अनुसार काम अगाडि बढाइएको जानकारी दिईन । सूचक निर्माण गरी अगाडि बढेमा नेपालकै पहिलो लैङ्गिकमैत्री नगरपालिका तिलोत्तमा हुने उनको भनाइ रहेको छ । उनले भनिन्–‘ लैङ्गिक मैत्री नगरपालिका निर्माणको लागि अन्य कुनै पनि पालिका वा निकायले यो काम नगरेको कारण सूचक निर्माण देखि लिएर आधारभूत काम नै गर्नुपर्दा केही समय लागेको हो, हामी निकट भविष्यमा सबै पुरा गरेर घोषणा गर्ने छौं ।’

नगरपालिका महिला बालबालिका तथा सामाजिक कल्याण उपशाखा प्रमुख सम्झना भण्डारी भुषालले लैङ्गिक संवेदनशिल नीति, कानून रणनीति, कार्यविधि, कार्यक्रम र बजेट, लैङ्गिकमैत्री परिवार र समुदाय, लैंङ्गिक मैत्री परिवार र समुदाय संस्थागत (शिक्षा, स्वास्थ्य) संरचना, लैंङ्गिकमैत्री सार्वजनिक नीजि भौतिक संरचना, लैङ्गिकमैत्री भूमि आयोग र निर्माण, लैङ्गिकमैत्री संवेदनशीलता, लैङ्गिक मैत्री सार्वजनिक यातायात, लैङ्गिकमैत्री सुरक्षा प्रणाली, लैङ्गिकमैत्री पर्यटन, लैंङ्गिकमैत्री खेलकुद, लैंङ्गिकमैत्री मिडिया र सञ्चार, लैंङ्गिक मैत्री खेलकुद, लैंङ्गिक मैत्री हिंसा शुन्य सहिष्णुता लगायतका ११ वटा सूचक राखिएको जानकारी दिईन । जसअनुसार ती सूचकको उपसुचक अनुसार मूल्यांकन गरी लैंङ्गिक मैत्री नगरपालिका घोषणा गरिने अधिकृत भण्डारी भुषालको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?