ट्रेंडिंग:

>> पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने >> जब भारतीय मन्त्रीले बस पल्टेको देखे….. >> आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने >> भुटानी नरेश स्वदेश फिर्ता >> ब्राजिलियन मोडलले फेरि कुमारी बन्न १६ लाख खर्च गर्ने >> मेक्सिकोमा बिषाक्त झोलाका कारण १३ बालबालिकाको मृत्यु >> सर्वोच्च अदालतले ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य >> नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन >> पत्रकार महासंघमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता >> लुम्बिनी लायन्सले १७१ रनको लक्ष्य तय गर्दै पोखरा एभेन्जर्ससँग भिड्दै >> छत्रेश्वरीबारे थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग >> नर्वेले अफगानिस्तानसँग सम्बन्ध घटायो, राजदूतलाई मान्यता नदिने निर्णय >> पाल्पामा दोस्रो सुन्तला महोत्सव, दुई पालिकाले स्थानीय बिदा घोषणा >> सुनको मूल्यमा सामान्य गिरावट >> पुष्पा २ ले गर्यो भारतीय बक्स अफिसमा ऐतिहासिक ओपनिङ  >> पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु >> कर्णाली याक्सले ६ विकेटले चितवनलाई पराजित >> भुटानका राजाले गरे स्वयम्भूमा पूजापाठ (तस्वीरहरू) >> धनुषामा महिलाको विभत्स हत्या, टाउको नहरमा भेटियो >> नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी पदका लागि भर्ना खुला >> सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गर्यो >> भुटानी राजा जिग्मे वाङचुकको नेपाल भ्रमण >> एउटा यस्तो देश, जहाँ पाइन्छ भाडामा ‘ब्वाय फ्रेन्ड’ >> चीनका बिधालय र विश्रविधालयमा अब ‘लभ र रोमान्स पढाइने, कारण जान्नुहोस् >> अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु >> बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई >> समय घर्केपछिको औचित्यहीन चिन्ता >> पशु किसानको दैलोमा डोर टु डोर कार्यक्रम >> वाईडबडी भ्रष्टाचारमा विशेष अदालतले अख्तियारलाई भन्योः प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू >> जीतगढीमा मगर साहित्य महोत्सव >> नदि नतर्ने पुल >> विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौ फर्किने इजरायली राजदूतको भनाइ >> आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव >> वाइडबडी भ्रष्टाचारमा पूर्वसचिव अधिकारी र सुगतरत्न कंसाकारसहित चारजना नेपाली दोषी ठहर >> शान्ति नमुनामा बृहद् पुनर्मिलन कार्यक्रमको तयारी तीव्र >> अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम आयोजना >> प्राधिकरण बिल देओस्, उद्योगी महसुल तिरुन् >> तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम >> भोलिदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव >> बढे सम्बन्ध विच्छेदका मुद्दा >> साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन >> सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, भोलीका पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै >> कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत >> नेप्सेमा आज दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड बढीको कारोबार >> चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री >> आश्रम बनाउन भोलीदेखि सुर्खेतमा महायज्ञ >> त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन बोलायो >> रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण >> पत्रकारमाथि धम्की र कुटपिट, पत्रकार महासंघको भर्त्सना >> भैरहवामा एक महिनामा ५ हजार यात्रु, जजिरा एयरवेजको प्रमुख सेवा

बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती

११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

नेपालगञ्ज, ११ जेठ ।

बाँकेको कोहलपुर नगरपालिका ७ सल्यानी टोलका ७० बर्षीय सिताराम थारुको दैनिकी अहिले बाँदर धपाउनमै बित्ने गरेको छ । उनी बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म घर छेउँमा करिब एक कठ्ठा जमिनमा रोपेको मकै बाँदरबाट जोगाउन पहरा दिँदै आएका छन् । बाँदर धपाउन सितारामकी ६८ बर्षीया श्रीमती गुलीया थारुले पनि साथ दिँदै आएकी छिन् । सिताराम भन्छन्, ‘एक्लै सम्भव छैन, एकछिन पानी खान र शौचालय जाँदा पनि बाँदरहरु मकै बारीमा छिरिसक्छन् ।’ थोरै संख्यामा आउँदा बाँदरलाई गुलेलीले धपाउने गरेको तर एकैचोटी धेरै संख्यामा आउँदा धपाउन मुस्किल हुनेगरेको सिताराम दम्पती बताउँछन् । सिताराम भन्छन् –‘बिहानदेखि बेलुका सम्म बाँदरसँग लुकामारी खेलेर दिन बित्छ, बेलुका ७ बजे अँध्यारो हुन थालेपछि बाँदरहरु बास बस्न जंगल भित्र जान्छन् अनि हामी घर जान्छौं ।’

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कम्दी जैविक मार्ग क्षेत्र आसपासका बासिन्दाहरु बाँदरका कारण मकै बाली र बगैचाको फलफूल जोगाउन निकै समस्या भईरहेको बताउँछन् । भाँचेर घरमा राखेको मकै समेत आँखा छलेर बाँदरले लैजाने गरेको सल्यानी टोलकै विनिता कुमारी वि.कले बताईन् । ‘खेतबारीमा पहरा दिएर जोगाएको अन्नबाली घरमा पनि सुरक्षित नभएपछि हामीले के खाएर बाँच्ने हो ?,बाँदरको आतंकबारे गुनासो गर्दै उनले भनिन् – ‘बोटमा पाक्न लागेको मेवा र केरा पनि बाँदरका कारण कसैले चोखो खान पाउँदैनौं ।’

विकल्पमा बेसार खेती

बाँदर र बँदेलले बाली नाली नोक्सान गर्न थालेपछि कम्दि जैविक मार्ग क्षेत्रका केही किसानहरुले वैकल्पिक खेतीका रुपमा बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर–७ सल्यानी टोलका १८ जना महिलाले मकै रोप्ने खेतबारीमा बेसार खेती गरेर आफै बेसार उत्पादन गरिरहेका छन् । आस्था सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले बेसार खेतीसँगै उत्पादन सुरु गरेको उपभोक्ता समूहका सदस्य पूर्णकला गिरीले बताईन् । खेतबारीमा रोपेको अन्न बाली बाँदर र अन्य वन्यजन्तुका कारण घरमा भित्र्याउन नपाएपछि त्यसको बिकल्पमा बेसार खेती सुरु गरेको उनले बताईन् । गिरीले भनिन् ‘अन्नबालीको उत्पादन लिन नसकेका म जस्ता किसानहरुले बेसार खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका छौं ।’

तालबाट किसानलाई बेसार पिस्ने मिल अनुदान

बेसार खेती सुरु गरेपछि सामुदायिक वनमा आवद्ध उपभोक्ताहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू–परिधि कार्यक्रम (ताल) ले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिम दिएपछि अझ राहत मिलेको समूहका अर्का सदस्य गिता सार्कीले बताईन् । किसानहरुले आफ्नै खेतबारीमा उत्पादन गरेको बेसारलाई बजारीकरण गर्न सहज होस् भन्ने उद्देश्यले बेसार खेतीबारे विभिन्न तालिमसँगै १ लाख १० हजारको बेसार पिस्ने मिल र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराईएको तराई भू–परिधि कार्यक्रम(ताल) का फिल्ड सुपरभाइजर तिलक राम चौधरीले जानकारी दिए । बेसारलाई ब्राण्ड बनाउनको लागि कम्दी जैविक बेसार नाम समेत दिइएको छ । वन्यजन्तुले धान मकै गहुँ लगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् ।

बेसार उत्पादन गर्न थालेपछि बेसारको माग पनि बढ्दै गएको उपभोक्ता समूहका महिलाहरु बताउँछन् । एक देखि १५ कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष थप जग्गामा बेसार रोप्ने योजना रहेको समूहकी अर्का सदस्य सुधा सुनारले बताईन् । शुद्ध बेसार उत्पादन गरिरहेकाले बाँके बाहिरबाट समेत माग आउन थालेको उनले सुनाईन् । उनले भनिन् ‘पहिलो बर्ष नै माग धन्न धौ–धौ भयो, काँचो बेसार खरिद गरेर पनि उत्पादन गरेर उपभोक्ताको माग पूरा गर्ने प्रयासमा छौं ।’ कम्दि जैविक बेसार नाम दिएर बेसार उत्पादन गरेको बेसारबाट वार्षिक ४ लाख सम्म आम्दानी गरिरहेको उपभोक्ता समूहका महिलाहरुको भनाई छ ।

समूहका महिलाहरुले उत्पादन गरेको बेसार प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । अहिले समूहका महिलाहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको र घरमै आएर बेसार लैजाने गरेको समूहका सदस्य पूर्णकला गिरीले बताईन् । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र जैविक क्षेत्रका किसानका लागि बेसार खेती उपयुक्त भएको र बाँके जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?