ट्रेंडिंग:

>> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी

कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…!

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

पाल्पा, ३० चैत ।

झण्डै साढे दुई दशक अगाडि हालको स्याङ्जा जिल्ला चापकोटमा जन्मिएका प्रेम सिह ठाकुरको सानो उमेरदेखि नै भारतीय सेनामा भर्ना हुने रहर थियो । तर विडम्वना उनलाई प्रकृतिले नै ठगेपछि सेनामा भर्ना हुने रहर मेटियो ।

सेनामा भर्ना हुँदा आवश्यक उचाई नै पूरा नभएपछि सेनामा जागिर खाने रहर पनि मेटिएको उनी बताउँछन् । यतिखेर उनी पुर्वी पाल्पाको मुख्य व्यापारिक केन्द्र रामपुर नजिकै कफीको अभियान्ता मात्र बनेका छैनन् सफल व्यापारिक उद्यमी समेत बनेका छन् । भविष्यमा कफीको अभियान्ता बनुँला भने कल्पना समेत नगरेको उनको भनाई छ ।

भारतीय सेनामा जागिर खान नपाएपछि पठन पाठनमा समेत उनको रुची कम हँुदै गएकाले उनमा वैदेशीक रोजगारीका लागि कोरिया जाने रहर पलाउँदै गयो । आफ्ना दौतरीहरुले कोरिया जानको लागि राहदानी बनाएर भाषा शिक्षा अध्ययन गरेको देख्दा आफ्नो मन थामिन नसकेको ठकुरी बताउँछन् । “१९ वर्षकै उमेरमा कोरिया पुगेको सपना देख्न लागियो”–उनी भन्छन् ।

भारतीय सेनामा जागिरे आफ्ना बाबुको रहर भने छोरोलाई पढाएर सरकारी जागिर गराउने रहर थियो । बाबुको इच्छालाई समेत चटक्कै छाडेर बुटबलको बजारमा कार्यालय भएका कम्पनी मार्फत कोरिया जाने तयारी नै गरेका ठकुरी विद्यार्थी भिषामा पो कोरिया पुगेछन् । त्यतिखेर भाषाको राम्रो ज्ञान नहँुदा राम्रोसंग ठगिएछन् । पहिला प्रकृतिले नै ठग्यो त्यसपछिका दिनमा मेन पावर कम्पनीले ठग्यो । कोरिया पुगेपछि टेक्साइल कम्पनीमा काम त पाइयो तर दिन र रात नभनी काम गरिरहनु प¥यो । कठोर रुपमा काम गर्दा वधुवा मजदुर जस्तो हुनु प¥यो । राहदानी साहुले राख्यो भने जति तलब पनि नदिने जस्ता धेरै समस्याहरु भोग्नु प¥यो । “अन्ततः हामीले पेशागत सुरक्षाका लागि मजदुरहरुको आन्दोलन नै गर्नु प¥यो । मजदुर आन्दोलनपछि हामीलाई राहत नै भयो । जसो तसो तीन वर्ष काटियो पछिल्ला दिनहरुमा समय बितेको पत्तै भएन । भिषाको अवधि पनि सकियो”–उनले भने ।

घर त फर्कियो तर घरमा काम केही पनि भएन । कोरियाकै सपनाले बेला बेलामा झस्काउन लाग्यो । सन २०११ को समयमा पुनः भाषा परीक्षा दिए । त्यतिबेला धेरै व्यवस्थित भएको रहेछ पहिला भन्दा पछिल्लो समयमा जान्ने बुझ्ने भएकाले समस्या भएन ।

“पछिल्लो पटक कामदारका रुपमा कोरिया पुग्यौं, त्यहाँ हामीले काम गर्ने पसलमा गुल्मीमा उत्पादन भएको कफी भेटियो । त्यसैले नै मेरो मनै मोडिदियो । मेरो आफ्नै घर आँगनमा लटरम्म दाना लागेका कफीका बोटहरुको सम्झना आयो । कोरियाको बसाइ सकेपछि त्यस पछि कोरिया बस्न मनै लागेन । मेरो ध्यान कफीको बोट तर्फ लाग्यो गाउँमा बसेर कफीको बिस्तार तर्फ लागें”–उनले स्मरण गरे । यसो गर्दा घर परिवार आफन्त तथा छिमेकीको आलोचनाको पात्र मात्र बन्न पुगे उनी । गाउँमा फलेका कफीका दाना खरिद गरेर त्यसलाई प्रशोधन गरी प्याकेजिङ गरी झोलामा बोकेर वालिङ, पुलती बजारका सबै पसल पसल आफु पुगेको अनुभवहरु उनले धेरै बटुलेका छन् । “हाम्रो मुलुकमा अर्गानिक बस्तु खोज्न र खानेको सख्या अत्यन्तै कम हुँदो रहेछ । कफी भन्नसाथ विदेशी उत्पादन मात्र बुझ्ने गलत मानसिकता हुँदो रहेछ हाम्री नेपालीहरुको । यो विषयमा बुझाउन नसक्नु फेरि हाम्रो पनि कमजोरी हो । विदेशमा हाम्रो उत्पादन खोज्दा रहेछन हामी भने विदेशी उत्पादन प्रवद्धन गर्न तर्फ लाग्यौ । सरकारले जति चिया उत्पादनमा लागनी गरेको छ त्यसको १० प्रतिशत पनि कफीमा लगानी गरेको भए आज पैसा कोरियामा होइन खोरीयामा हुँदो रहेछ”–उनी भन्छन् ।

स्याङ्जाको बसाईलाई त्यतिकै राखेर पूर्णरुपमा व्यावसायिक बन्ने सपना राखेर रामपुर झरेका प्रेम बहादुर ठकुरी भन्छन्, “रामपुरका जनतालाई कफी भन्ने के हो ? भन्ने बुझाए र ग्राहकको अगाडि कसरी प्रशोधन गर्ने, खेतिको प्रविधि सम्म सिकाएँ । पछि बल्ल तालिमको अवसर आयो २०७८ सालमा घरेलु कार्यालयमा हाम्रो कफी नामको फर्म दर्ता समेत भयो ।” लुम्बिनी प्रदेश सरकारको इतिहासमा आफ्नो फर्म पहिलो भएको दावी गर्दै आएका ठकुरीले कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष १ हजार कफीका विरुवा निःशुल्क वितरण गरेका थिए । यतिखेर आफ्नो जन्म गाउँमा झण्डै ३ सय कृषकले उत्पादन गरेको कफी उचित मूल्यमा खरिद गर्ने गरेको र यसरी आफु संग धेरैले रोजगारी पाएको र गतवर्ष १० लाख रुपैयाँको कारोवार गरेको उनी बताउँछन् । २ वटा बाल बच्चाका बाबु बनी सकेका ठकुरी भन्छन्, “कफी खेतिको लागि पहाडी भु–वनोट अत्यन्तै उपयोगी रहेको छ । यसलाई तीन तहका सरकारले उपयोग गरेको खण्डमा विदेशी मुद्राको आर्जन गर्ने बलियो माध्यम बन्ने थियो, विडम्वना सरकारमा पुगेका व्यक्तिले नै स्वदेशी उत्पादनलाई भन्दा विदेशी उत्पादनलाई बढी महत्व दिदा समस्या भएको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission