© २०२३
बुटवल ।
सामान्य पोसाकमा असामान्य व्यक्ती भैरहवामा हिजो देखा परे । उनलाई भेट्न र तस्बिर खिचाउनेहरूको लर्को लागिरहेको थियो। टाउकोमा एउटा क्याप टोपि, सामान्य टिसर्ट पाइन्ट र खुट्टामा चप्पल लगाई भैरहवाको देवकोटा चोकमा थिए उनि । ९४ दिनको निरन्तर यात्रा, फुटेका खुट्टा, भौतिक रूपले थकित शरिर थाकेका आँखा तर आँखा भित्र बाचिरहेका एक थान सपना । यी व्यक्ति थिए महाविर पुन यो नाम नसुनेको कम नै होलान्। यिनै पुन यतिबेला आफ्नो पुस्तक “महाविर” विक्री गर्न पूर्वको मेची देखी पश्चिम महाकाली सम्मको यात्रा गरिरहेका छन् । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा भैरहवा आईपुगेका हुन् ।
भैरहवाको मिलनचोकमा मानिसहरुको भिडभाड थियो । मानिसहरु उनि सँग तस्बिर खिचाउन उत्सुक देखीन्थे ।
यसै बिच महाविर पुनले भने,”पुस्तक विक्री गरेको रकमले वर्षौ देखी बन्द रहेको कृषि उद्योग सञ्चालन ल्याउनु र मेरो संघर्षको कथाले आम युवाले देशमै पनि संघर्ष गर्न सकिन्छ भन्ने प्रेरणा दिनु हो” । उनले थपे, “राज्यले केहि गरेको भए आज यसरी हिड्नु पर्ने थिएन् धन्न धरपकड गरेको छैन यसैमा खुसी मनाउनु पर्छ “।
पुस्तक अध्यापन गरीसकेका स्थानिय सुर्य श्रेष्ठका अनुसार युवाले सफलताको कथा मात्र पढे, संघर्षको कथा संग्रह महाविर पुनको पुस्तक रहेको बताए।
त्यस्तै पुस्तक किन्न युवाहरूको जमात पनि राम्रै थियो रिनै मध्येकी एक सफलता गुरूङले भनिन,” उहाँ वैज्ञानीक हुनुहुन्छ तर कति सामान्य युवाले उहाँबाट सिक्नुपर्छ, किताब किनेर उहाँलाई सहयोग त हुन्छ नै त्यो सँगै ज्ञान पनि बढेर जानेछ ।
त्यस्तै सिम्रन खड्काका अनुसार, महाविर पुनलाई विश्वका कुनै पनि देश पुग्न केहि अफ्ठ्यारो छैन जसरी युवाहरू अहिले विदेशी रहेका छन्, युवालाई रोक्न राज्यलौ गर्नु पर्ने काम हो तर एउटा व्यक्तिले गरेको कारण सहयोग गरेकी हुन् ।
स्थानीय नारायण आचार्यले पुस्तकमा खर्चिएको रकम कहिल्यै फजुल खर्च नहुने त्यसमा पनि महाविर पुनको विचारलाई समर्थन गर्दै पुस्तक खरिद गर्न नेपली जनतालाई अनुरोध गरे । महाविर पुनले हाल ७८ हजार भन्दा बढी पुस्तक विक्री गरीसकेका छन्। पुस्तक बिक्री गरेर करिब ५ करोडको आम्दानी गरेको उनि बताउँछन्।
भैरहवामा पुन मेडिकल कलेज, बुद्ध चोक, सिद्धार्थ उद्योग वाणिज्य संघ, जेसीज, शान्ति गुम्बा लगायतका स्थानमा पुस्तक विक्री गर्दै आफ्ना यात्रा पश्चिम तिर लाग्नेछन्।
एलिना आचार्य, भैरहवा