ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

आलु गाउँको पहिचान बनाउँदै टाहाटिम

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत व्यवसायिक रूपमा आलु उत्पादन गरिँदै आएको छ । यहाँका ६० घर परिवार आलु खेतीमा सहभागी छन् । उनीहरूले पाँच हेक्टर जमिनमा आलु खेती गरेर वार्षिक ९० मेट्रिकटन भन्दा बढी आलु उत्पादन गर्दै आएका छन् ।
२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

गुल्मी, २८ चैत । गुल्मीका किसानहरू यतिबेला व्यवसायिक रूपमा आलुखेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालीका गाउँपालिकाका किसानहरू व्यवसायिक रूपमा आलु उत्पादनमा आत्मनिर्भर बनेका छन ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ स्थीत बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत व्यवसायिक रूपमा आलु उत्पादन गरिँदै आएको छ । त्यस क्षेत्रमा ६० घर परिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध बनेका छन ।

यहाँका किसानहरूले पाँच हेक्टर जमिनमा आलु खेती गरेर वार्षिक ९० मेट्रिकटन भन्दमा बढी आलु उत्पादन गर्दै आएको स्थानीय कृषक मेघराज गिरीले जानकारी दिएका छन । बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनी क्षेत्रफलमा आलु खेती गरेकी छन । गिरीको खेत र बारीमा गरेर यस पटक २० क्वीन्टल भन्दा बढी आलु फलेको छ । आलुसँगै उनले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्दै आएकी छन । टाहाटिमका कृषकहरू यतिबेला खेतमा आलु खन्न व्यस्त छन । गत वर्षको तुलनामा यस पटक आलुले राम्रै बजार पाएको स्थानीय कृषक मेघलाल गिरीले बताए । टाहाटिममा अहिले स्थानीय बजारमा प्रतिकिलो ४० रूपैंयाँमा धमाधम आलु बिक्री भैरहेको छ ।
लुम्बिनी प्रदेश सरकार मार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भैरहेको छ । बम्घाको टाहाटिममा दुई बर्ष अघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेत नारायण श्रेष्ठले जानकारी दिए । कृषि ज्ञान केन्द्रले बीउ, मल, बिषादी, मेसिन, सिँचाइ र वीउ संकलन केन्द्रसम्म पुराउन ढुवानी लगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

बम्घाको टाहाटिमका कृषकहरू पुर्खौदेखि आलु खेति गर्दै आईरहेका छन । आलु खेतीका लागि उर्वर भूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्ये रूपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक कृषकहरूलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ । बम्घामा भने कमिलो भन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताईएको छ ।
कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका १ अन्तर्गत भर्माचौर, सत्यबती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र बनाई व्यवसायिक रूपमा आलु र आलुको बीऊ उत्पादन गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?